सामाजिक सञ्जाल फेसबुकले नेपालको १० हजार स्थानमा फ्रि वाइफाइ दिने भएको छ ।
विकासोन्मुख देशहरुमा पनि इन्टरनेटको पहँुच बढाउने उदेश्यले समाजिक सञ्जाल फेसबुकले नेपालको १० हजार सार्वजनिक स्थानमा निःशुल्क इनटरनेटको सुबिधा दिने उदेश्यले फेसबुकले एक्सपं्रेसवाईफाई परियोजना सञ्चालन गर्न लागेको छ ।
नेपाललाई फेसबुक भित्र्याउन वर्ल्डलिंक कम्युनिकेसनले सहकार्य गरेको छ । फेसबुकले वर्ल्डलिंक कम्युनिकेसनसँगको सहकार्यमा नेपालको १० हजार सार्वजनिक स्थानमा निःशुल्क वाइफाई उपलब्ध गराउनेछ ।
परियोजना अन्तर्गत १० हजार स्थानमा निःशुल्क वाइफाइ हटस्पट जडान गरिसकेको वर्ल्डलिंकका सञ्चालक दीलिप अग्रवालले जानकारी दिनुभयो ।