गृह मन्त्रालयले ११ जना प्रहरी उपरीक्षक (एसपी)लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा गर्न सिफारिस गरेको छ।
सोमबार बसेको बढुवा समितिको बैठकले उनीहरूलाई एसएसपीमा बढुवा गर्न सिफारिस गरेको मन्त्रालयले जानकारी दिएको छ।
बढुवा सिफारिसमा परेकामध्ये गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराका तुलबहादुर कार्की, कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरका राकेश सिंह र कर्णाली प्रदेश प्रहरी कार्यालय, सुर्खेतका राजीवबहादुर बस्नेत छन्।
यस्तै नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालका कमल थापा, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रविण धिताल, प्रधान कार्यालयको प्रवन्ध शाखाका प्रकाश रानाभाट, कार्य विभाग सुरक्षा सेवा व्यवस्थापन महाशाखाका ज्ञानेन्द्रप्रसाद फुयाल र कोशी प्रदेश प्रहरी कार्यालयका दीपक पोखरेल पनि सिफारिसमा परेका छन्।
त्यसैगरी नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल, काठमाडौंका दयानिधि ज्ञवाली, जिल्ला प्रहरी कार्यालय, धादिङका दीपेन्द्र शाही र जिल्ला प्रहरी कार्यालय, बर्दियाका केदार खनाल पनि एसएसपीमा बढुवा सिफारिस भएका छन्।
