ब्राइट +2 कलेजमा अध्ययनरत कक्षा १२ का विद्यार्थीहरूको बिदाइ कार्यक्रम टाउन हलमा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावक तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूले सहभागिता जनाएका थिए।
कार्यक्रमको अध्यक्षता कलेज प्रमुख मुकेश गुप्ताले गरेका थिए भने प्रमुख अतिथिको रूपमा साहित्यकार तथा व्यवसायी गणेश लाठको उपस्थिति रहेको थियो। लाठले विद्यार्थीहरूलाई उज्ज्वल भविष्यको शुभकामना दिँदै परिश्रम, ईमानदारी र आत्मविश्वासका साथ अघि बढ्न प्रेरणा दिए।
कार्यक्रममा शिक्षक जय साह, सानो पाइला संस्थाका विवेक कर्ण, सञ्चारकर्मी सूर्य नारायण विक, स्टडी ल्याण्डका अमन पटेल, समाजसेवी पवन कुमार गुप्तालगायत विभिन्न क्षेत्रका व्यक्तिहरूले शुभकामना र मार्गदर्शन प्रदान गरेका थिए।
विद्यार्थीहरूले प्रस्तुत गरेका गीत, कविता र नृत्यहरूले कार्यक्रमलाई सांस्कृतिकरुपमा समृद्ध तुल्याएका थिए। कलेजका शिक्षक–शिक्षिकाहरूले कक्षा १२ का विद्यार्थीहरूलाई सफलताको शुभकामना सहित बिदाइ गरेका थिए।
कार्यक्रमको अन्त्यमा कलेज प्रमुख मुकेश गुप्ताले सबै अतिथिहरू, अभिभावक, शिक्षक तथा विद्यार्थीहरूलाई धन्यवाद दिँदै कार्यक्रम सफल बनाउन योगदान गर्ने सबैप्रति आभार व्यक्त गरे।