प्रधानमन्त्री केपी शर्मा ओलीले अब रकेटको चालमा देश विकास गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
मधेशको भौतिक पूर्वाधार तथा विकास मन्त्रालयबाट प्रदेशका आठवटै जिल्लामा सञ्चालित एक निर्वाचन क्षेत्र एक सडक(दोस्रो चरण)’ को योजना अन्र्तगत ६४ वटै निर्वाचन क्षेत्रको ३२० किलोमिटर सडकको डिजिटल रुपमा शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले अब मधेशमा विकासको लहर छाउने दाबि गरेका छन् ।
'मैले आज शिलान्यास गरेको सडक निर्माणको कार्य सबैको प्रयासबाट गुणस्तरीय ढंगले सफल भई प्रदेशको विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिएको छु,’ प्रधानमन्त्री ओलीले भने, 'यो प्रदेश जागरुक प्रदेश हो । इतिहास बोकेको प्रदेश हो । रामजानकी परर्शुरामको भूमि हो । यो प्रदेश देविदेवताको भूमि हो यहाँ प्रसिद्ध तिर्थस्थलहरु छन् । तसर्थ केही समय विभिन्न एतिहासिक कारणहरुले यस भूमिको र यहाँका जनताको विकास हुन सकेन् । तर, अब बेला आएको छ यस प्रदेशको विकास अत्यन्त तिव्र गतिमा अगाडी बढ्ने छ ।’
प्रधानमन्त्री ओलीले विकासका लागि सुशासन पहिलो सर्त रहेको हुनाले सुशासन अरुले कायम गर्छ भनेर मुख ताक्नु भन्दा सबैले आ-आफ्नो तवरबाट सुशासन कायम गर्न अग्रसर हुनुपर्ने धारणा राखे । यो ज्ञानको केन्द्र हो । यहाँ अनेक कवि, साहित्यकार, विद्धाण र अनेक चिन्तक यस भूमिमा जन्मीए । प्राचिन र प्राज्ञिक भूमि हो । यस महान भूमिले पछ्यौटे हुने वास्तविक कारण थिएन् । तर, कृत्रिम कारणले हामी पछाडी पर्यौ तर, अब पछाडी पर्ने जमाना बित्यो अब हामी अगाडी बढ्नेछौं ।,’
प्रम ओलीले भने, 'यस प्रदेशमा अहिले केही समय यता, विकासका कामहरु प्रशस्तै भएका छन् । १० हजार भन्दा बढि आवास कार्यक्रमले गरिब निमुखा जनतालाई घर दिईएको छ । आकस्मीक रुपमा आएका समस्याहरुलाई पनि हामीले सम्बोधन गरेकै छौं । बाटो चौडा हुदैं छ । जनकपुरमा रेल आएको छ । त्यसलाई विस्तार गर्नुपर्छ । रेलको बाटो बर्दिबाससम्म पुर्याउने हाम्रो योजना छदैंछ । जनकपुरमा रेलको संख्या थप्नु छ । हाम्रो रेल घाटामा किन जान्छ भने हामी आफ्ना मान्छेलाई तालिम दिदैंनौं । हामी तालिमको व्यवस्था तुरुन्तैबाट गर्दैछौं । ’