"नेतृत्व जहाँ सिकाइको अभ्यास हुन्छ र उपलब्धि जहाँ मिहिनेतको सम्मान गरिन्छ," यस्तै भावनासहित मैस्कट एकेडेमीले आफ्नो वार्षिक पुरस्कार वितरण तथा इन्भेस्टिचर (सपथ ग्रहण) समारोह २०८२ भव्य रूपमा सम्पन्न गरेको छ।
जेठ १८ गते सम्पन्न सो समारोहमा विद्यालयले विगत वर्षको उत्कृष्ट उपलब्धि भएका विद्यार्थीहरूलाई सम्मान गर्नुका साथै नेतृत्वदायी भूमिकाका लागि क्याप्टेन, उपक्याप्टेन लगायत पदाधिकारीहरूको सपथ ग्रहण समेत गराएको हो। विद्यालय स्तरीय चुनावमार्फत कक्षा १० का प्रज्वल सिंह क्याप्टेन, विपना चौधरी उपक्याप्टेन र सभ्दा कुमार शर्मा “स्टुडेन्ट अफ द इयर २०८१” घोषित भए।

कार्यक्रमको अध्यक्षता विद्यालयका निर्देशक छेडूप लामाले गरेका थिए भने अनौठो विशेषता स्वरूप नर्सरी कक्षाका विद्यार्थी नविन खड्का मुख्य अतिथि बने।
कार्यक्रमको सुरुवात मार्च पास्ट, सांस्कृतिक प्रस्तुतिहरू र ब्याज वितरणबाट भएको थियो। शपथ ग्रहण समारोहमा क्याप्टेन, उपक्याप्टेन, प्रिफेक्ट, कक्षा मोनिटरलगायत विद्यार्थीहरूलाई सम्मान गरियो।

पछिल्लो भागमा आयोजित पुरस्कार वितरण समारोहमा विभिन्न विधामा उल्लेखनीय प्रदर्शन गरेका विद्यार्थीहरूलाई ट्रफी र सम्मानपत्र प्रदान गरियो। विशेष पुरस्कार पाउनेहरूमध्ये:
विद्यालय टपर: आयुष पाण्डित
उच्च उपस्थिति: आन्वी गुप्ता
अनुशासित विद्यार्थी: जोया खातुन र आरव राज कर्ण
हाइजेनिक अवार्ड: आयुषी श्रेष्ठ
समग्र हाउस विजेता: रेड हाउस (रनिङ सिल्ड विजेता)
कार्यक्रम विद्यालयकी प्रधानाध्यापक सरिता खड्गीको संयोजनमा सञ्चालन भएको थियो। शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उत्साहजनक उपस्थितिले समारोहलाई अझ भव्य र प्रेरणादायी बनाएको थियो।
कार्यक्रमको अन्त्यमा अध्यक्ष छेडूप लामाले सहभागी सबैलाई धन्यवाद दिँदै औपचारिक समापन गरे।
