एल.एस. न्युरो एन्ड जेनेरल हस्पिटलले सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजना गरेको बृहत् रक्तदान कार्यक्रममा ५२ जनाले रक्तदान गरेका छन्। बिरगञ्जमा बढ्दो गर्मीका कारण ब्लड बैंकमा सिर्जित रक्त अभावलाई सम्बोधन गर्न शुक्रबार हस्पिटल परिसरमै कार्यक्रम सञ्चालन गरिएको थियो।
कार्यक्रममा युवादेखि वृद्धसम्म र महिलाहरूको समेत उल्लेखनीय सहभागिता रहनु विशेष आकर्षण रहेको थियो। अस्पतालका प्रबन्ध निर्देशक रामप्रवेश प्रसाद कुर्मीले यस्तो कार्यक्रमले समस्या समाधान मात्र नभई रक्तदानप्रति समुदायमा जनचेतना अभिवृद्धि गर्ने लक्ष्य राखेको बताए।

रक्तदान गर्नेहरूमध्ये डा. अर्जुन पटेल, नन्देश सिंह, सुमिन्त्रा कुमारी, गोविन्द साह, विक्रम चौधरी, सुनिल कुमार, दीपक साह, सरगम साह, अनुषा कर्की, करुणा कार्की, डा. ओम गुप्ता, ऐशा सुनार, सन्दीप कुमारलगायत सहभागी थिए।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी, रक्तसञ्चार केन्द्र वीरगञ्जका प्राविधिक मनिष गुप्ता र समीर आलमको टोलीले प्राविधिक सहयोग गरेका थिए।
कार्यक्रमका प्रमुख अतिथि परवानीपुर गाउँपालिकाका अध्यक्ष रामक्षत्री पटेल थिए भने अध्यक्षता हस्पिटलका प्रबन्ध निर्देशक रामप्रवेश प्रसाद कुर्मीले गरे। नेपाल रेडक्रस सोसाइटी वीरगञ्ज शाखाका सभापति ब्रिज किशोर पटेल, रेशमकोठी उपशाखाका युवा संयोजक अभिलाष गुप्ता, र गण्डक प्रहरी बाराका इन्स्पेक्टर टुपेन्द्र श्रेष्ठले रक्तको पोका हस्तान्तरण गर्दै कार्यक्रमको उद्घाटन गरेका थिए।

हस्पिटल प्रशासनका अनुसार यस्ता कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तरता दिइनेछ र अझ बृहत् रुपमा सञ्चालन गरिनेछ।
रक्तदानजस्ता मानवीय कार्यले स्वस्थ समाज निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने सहभागीहरूको भनाइ थियो। उनीहरूले सबैलाई नियमित रक्तदान गर्न प्रेरित गर्ने आग्रह पनि गरेका छन्।
तस्वीरहरूः



