खुला सीमा भएको मधेश प्रदेशमा चोरी पैठारी र तस्करी नियन्त्रण गर्न प्रहरी प्रशासनलाई अझ सक्रिय हुन गृहमन्त्री रमेश लेखकले निर्देशन दिएका छन् । मधेश प्रदेशको राजधानी जनकपुरमा शुक्रबार गृहमन्त्रालयद्धारा गरिएको कार्यक्रममा उनले सुरक्षा संयन्त्रलाई यस्तो निर्देशन दिएका हुन् ।
चोरी पैठारीले मुलुकलाई ठूलै घाटा भईरहेको भन्दै मधेश प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन सत्रमा उनले सुरक्षा संयन्त्रलाई अझ सकृय हुन निर्देशन दिए । ‘राजस्व घटिरहेको छ आन्तरीक व्यापार घटिरहेको छ र सीमामा अपराध समेत बढिरहेको छ । यी सबै समस्यालाई निदान गर्ने जिम्मेवारी सुरक्षा निकायको हो । त्यसैले अझ बढि सक्रियता आवश्यक छ’ उनले भने । र्
छिमेकी मित्र राष्ट्र भारतसँग सिमाना जोडिएको मधेश प्रदेशका सबै जिल्लाबाट सीमा पार आवतजावत गर्न सहज छ’ । त्यसैले पनि लागु औषध प्रयोग कर्ता र तस्करहरुका लागी मधेशको बाटो प्रयोग गरेर अपराधीक गतिवीधि बढ्न सक्छ । यसको नियन्त्रण प्रति सम्पूर्ण सुरक्षा निकायहरु सचेत र सजग हुनु पर्दछ उनले जोड दिए ।
उनले प्रहरीलाई निर्देशित दिदै थप अगाडी भर्ने लागु औषध सेवनकै कारण अन्य अपराधहरुले पनि प्रसय पाईरहेको छ । लागु औषधसंगै सडक दुर्घटना, आत्महत्या र साईबर अपराध पनि सुरक्षा चुनौतीको रुपमा रहेका छन् । यी सबैको साईनो एक अर्कासँग जुडेकोले यसको नियन्त्रणमा कडाईका साथ लाग्नु पर्दछ ।’ उनले थपे । कुनै पनि देशको लागि शान्ति सुरक्षा पहिलो प्राथमिकता हो गृहमन्त्री लेखकले भने । देशमा शान्ति र सुरक्षा छैन् भने अरु सबै कुराको सम्भावना कमजोर हुने पनि उनको भनाइ थियो ।
कार्यक्रममा बोल्दै मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहले प्रहरी समायोजनमा भईरहेको ढिलाईका कारण प्रदेशमा शान्ति सुरक्षाको व्यवस्थापन गर्न निकै असहज भएको बताए । मैले मुख्यमन्त्रीको कार्यभार सम्हालेको एक वर्षको अवधिमा यस प्रदेशमा शान्ति सुरक्षाको बहाली र अपराध नियन्त्रणका लागि सक्दो प्रयास गरेको छु । दिनरात नभनिकन मैले अवैद्य र कानुन विपरितका गतिवीधि नियन्त्रण गर्न काम गरे । तर, प्रहरी प्रशासन प्रदेश सरकार मातहत नभएकै कारण केही दिन पूर्व मात्रै बन्द गराएको अवैद्य अस्पतालहरु पुनः सञ्चालनमा आएको खबर पाएको छु । यो मेरो असफलता नभई सम्पूर्ण प्रदेशवासीकै सुरक्षा संवेदनशिलता माथिको खतरा हो,’ मुख्यमन्त्री सिंहले भने ।
यहाँका प्रहरीहरु पालमुनी बसेर काम गर्न बाध्य छन् । न्यूनतम सुविधा समेत छैन । प्रदेश सरकारसँग भएको निकै थोरै स्रोत साधनहरुबाट हामीले प्रहरीलाई सक्दो सहयोग गरेका छौं । तर, यस विषयमा संघ सरकारले विशेष ध्यान दिनु आवश्यक छ’ उनले भने । मधेश प्रदेशमा बढ्दै गएको चोरी, पैठारी र तस्करीको पछाडी प्रहरी प्रशासनको पनि मिलिभगत रहेको कुरालाई इंगित गर्दै मुख्यमन्त्री सिंहले भनेर्, सर्वसाधारण जनतालाई थाहा हुन्छ कहाँबाट तस्करीको सामान भित्रिन्छ वा कहाँबाट चोरी पैठारी हुन्छ भनेर । तर, हाम्रो प्रहरीलाई थाहा नहुनु आश्चर्यलाग्दो कुरा हो उनले उदाहरण दिंदै भने । हामी थोर बहुत लोभका कारण आफ्नै देशका जनतालाई हानी पुर्याउने काम नगरौं’ मुख्यमन्त्री सिंहले सुझाव दिए ।