रोटर्याक्ट जिल्ला ३२९२ ले रोटर्याक्ट वर्ष २०२५–२६ को औपचारिक सुरुवात वीरगञ्जस्थित होटल भिस्वामा सम्पन्न डिस्ट्रिक्ट टिम ट्रेनिङ सेमिनार (DTTS) बाट गरेको छ। रोटर्याक्ट क्लब अफ वीरगञ्जको व्यवस्थापनमा, तथा कार्यक्रम समन्वयकर्ता रो. आयुष गुप्ताको संयोजनमा आयोजना गरिएको उक्त दुई दिने गोष्ठी मे ९ र १० गते सम्पन्न भएको हो।
गोष्ठीले नव-नियुक्त जिल्ला नेतृत्व टोलीलाई रणनीतिक योजना, टोली निर्माण तथा नेतृत्व विकासका विविध सत्रहरूमार्फत अभिप्रेरित गरेकाे छ ।
कार्यक्रमको उद्घाटन औपचारिक सत्रबाट भएको थियो, जसको अध्यक्षता जिल्ला रोटर्याक्ट प्रतिनिधि (DRR) रो. दिनेश गैरेले गर्नुभयो। कार्यक्रममा प्रमुख अतिथि रोटरी गभर्नर (DG)रोटेरियन बिनोद कोइराला, विशेष अतिथि DRCCरोटेरियन किशोर त्रिपाठी, रोटेरियन अमित गिरी, पूर्व DRR रो. रोशन कार्की, DRR-इलेक्ट रो. प्रकाश शर्मा (गैरे), रोटरी क्लब अफ बिर्गञ्जका अध्यक्ष रोटेरियन निर्मल खत्री लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।
DRR रो. दिनेश गैरेले उद्घाटन मन्तव्य दिंदै आउँदो रोटर्याक्ट वर्षप्रति उत्साह व्यक्त गर्नुभयो। साथै, उहाँले जिल्ला टोलीको रणनीतिक दृष्टिकोण, बजेटको खाका तथा प्रस्तावित नवीन परियोजनाहरू प्रस्तुत गर्दै उद्देश्ययुक्त नेतृत्व विकासमा जोड दिनुभयो।
मुख्य अतिथि DG रोटेरियन बिनोद कोइरालाले नव-निर्वाचितटोलीप्रति शुभकामना व्यक्त गर्दै उनीहरूको समर्पण र नेतृत्व क्षमताको प्रशंसा गर्नुभयो। साथै, रोटर्याक्ट र रोटरीबीचको सहकार्यलाई अझ सशक्त बनाउँदै प्रभावकारी कार्यक्रमहरू अगाडि बढाउन आग्रह गर्नुभयो।
गोष्ठीमा नेतृत्व विकाससम्बन्धी अन्तरक्रियात्मक सत्रहरू, टोलीगत अभ्यासहरू, आइसब्रेकर गतिविधिहरू तथा रमाइलो पूल पार्टीसमेत समावेश गरिएको थियो।
अन्त्यमा DRR रो. दिनेश गैरेले सम्पूर्ण सहभागीप्रति आभार व्यक्त गर्दै कार्यक्रम समापनको घोषणा गर्नुभयो। साथै, उहाँले जिल्ला नेतृत्वलाई उद्देश्य, एकता र नवीनताका साथ अघि बढ्ने प्रतिबद्धता पुनः दोहोर्याउनुभयो।