वीरगंज बचत तथा ऋण सहकारी संस्था (विस्को) लिमिटेडको २७ औं वार्षिक उत्सव कार्यक्रम सम्पन्न भएको छ । वार्षिक उत्सवको अवसरमा संस्थाले रक्तदान कार्यक्रम पनि गरेको छ ।

बिहिबार बिस्को भवनमा सम्पन्न रक्तदान कार्यक्रममा ७ जना महिला सहित ४० जनाले रक्तदान गरेका थिए । उक्त कार्यक्रममा वीरगंज बचत तथा ऋण सहकारी संस्था (विस्को) लिमिटेडका अध्यक्ष डिल्ली विक्रम कार्कीको अध्यक्षतामा कार्यक्रम सञ्चालन भएको थियो । कार्यक्रमको उद्घाटन प्रमुख अतिथि प्रहरी उपरिक्षक गौतम मिश्रले गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि प्रहरी उपरिक्षक गौतम मिश्र, अतिथि राष्ट्रिय सहकारी बंैकका प्रमुख संजय कुमार महत्तो, जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष हरेराम पटेल, मध्य नेपाल मिडियाको सम्पादक कबिता खड्का,जय गणेश बचत तथा ऋण सहकारी संस्थाको प्रबन्धक रामबाबु चौधरी, लालिगुँरास बचत तथा ऋण सहकारी संस्थाको श्रीकान्त पटेल, गृहलक्ष्मी बचतका कार्यकारी प्रबन्ध निर्देशक रविभुषण श्रीवास्ताव नेपाल पत्रकार महासंघको पूर्व उपाध्यक्ष युवराज खड्का, पत्रकार जगत राईको उपस्तिथि थियो । कार्यक्रममा वीरगंज बचत तथा ऋण सहकारी संस्था (विस्को) का असल कारोबारकर्ता सदस्यहरु २९ जनालाई सम्मानित गरेको छ ।
कार्यक्रममा प्रहरी उपरिक्षक गौतम मिश्रले मन्तव्य दिदै राम्रो काम गर्दै २७ औं वर्षमा पुग्न सफल भएकोमा वीरगंज बचत तथा ऋण सहकारी संस्था (विस्को) लिमिटेड परिवारलाई हार्दिक बधाइ तथा शुभकामना व्यक्त गरे । खराब सहकारी सदस्यका कारण राम्रो कारोबार गर्ने सहकारी पनि पीडित भएको मिश्रले बताए । नराम्रा सहकारीको बदमासीको कारण राम्रो काम गर्ने सहकारीलाई असर परेको मिश्रको भनाई छ । सहकारी संस्थाहरुले आफ्नो छवी उच्च राख्न जवाफदेही भएर काम गर्नु पर्ने उनले सुझाव दिए ।
वीरगंज बचत तथा ऋण सहकारी संस्था (विस्को) लिमिटेडका अध्यक्ष डिल्ली विक्रम कार्कीले मन्तव्य राख्दै घण्टाघरमा रेडक्रसको २ कोठे भाडाको घरबाट सुरु गरेको सहकारीले आज आफ्नै ५५ लाखको भवनबाट सेवा प्रदान गर्न सकेको बताए । ५ लाख १० हजार पूँजीबाट सुरु गरेको सहकारीको हाल पूँजी २ करोड ११ लाख पुगेको संस्थाका अध्यक्ष कार्कीले बताए ।
वीरगंज बचत तथा ऋण सहकारी संस्था (विस्को) लिमिटेडले ५१ जना शेयर सदस्यबाट सुरु गरेको सहकारी हाल ३ हजार ८ सय सदस्य पुगेको छ । भने हाल २६ करोडको कारोबार गर्न सक्षम भएको बताए । कार्यक्रमको सहजिकरण वीरगंज बचत तथा ऋण सहकारी संस्था (विस्को) लिमिटेडका सचिव गोविन्द श्रेष्ठले गरेका थिए ।
तस्वीरहरुः









