राम कुमार महावीर प्रसाद ‘केडिया आँखा अस्पताल’ ५० औ वर्ष प्रवेश गरेको छ । गएको २०८० फागुन १२ गते यो अस्पतालले ४९ औं बार्षिकोत्वस पूरा गर्दै केडिया आँखा अस्पताल ५० औं वर्ष प्रवेश गरेको हो ।
५० औं वर्ष प्रवेशको अवसरमा केडिया आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष राजेश केडियाले यो वर्ष भरी अस्पताले गर्ने विभिन्न कार्यक्रम सार्वजनिक गरेका थिए । सो क्रममा रुङ्गटा वेलफेयर सोसाईटीका अध्यक्ष, मारवाडी सेवा ट्रष्ट वीरगंजका उपाध्यक्ष मूरलीधर रुङ्गटा, परवानीपुर गाउँपालिकाका अध्यक्ष रामक्षेत्री पटेल, वीरगंज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष प्रदिप केडिया, लायन्स कल्बका पूर्व मल्टीपल चेयरमैन डा. रमेश कुमार अग्रवालका साथै केडिया परिवारका जिम्मेवार व्यक्तिहरु, अस्पतालका चिकित्सक, कर्मचारी र त्यहाँ पुगेका बिरामीका कुरुवाहरुको समेत सहभागीता रहेको अस्पताल प्रशासनले जनाएको छ ।
कार्यक्रम पश्चात अस्पतालका पूर्व अध्यक्ष स्व. हीरालाल केडियाको नामले आँखाका क्षेत्रमा उत्कृष्ट कार्य गर्ने व्यक्तिलाई वर्षे पिच्छे पूरस्कृत गर्ने गरी पूरस्कारको समेत घोषणा गरिएको केडिया आँखा अस्पतालका प्रवन्धक प्रकाश कुमार वर्माले बताए । अस्पताल अहिलेसम्म विशुद्ध सामाजिक सेवाको भावनाले अभिपे्ररित भई लोक कल्याणका लागी लागि परिरहेको उनको भनाइ छ । स्व.महावीर प्रसाद केडिया एवम् बृजलाल केडिया, रामकूमार महावीर प्रसाद केडियाले आफ्ना पिता स्व. सून्दरमलका आँखा कमउमेरमा नै विग्रेर भोग्न परेको पीडा बोध गरी अन्यले यस्तो पीडा भोग्न नपरोस् भन्ने निष्कर्ष सहित आँखा अस्पतालको स्थापना गरेको प्रवन्धक वर्माले खुलासा गरे । आँखा रोगीको आर्त, पीडा नजिकैबाट देखेका केडिया परिवारका सदस्यले अन्यले यो कष्ट भोग्न नपरोस् भनी आँखाको उपचारलाई प्राथमिकता राखेको केडिया परिवारका अग्रजहरुको भनाई उदृत गर्दै उनले विस्तृतमा बताएका हुन् ।
पवित्र उद्देश्यबाट प्रेरित भई परिकल्पना गरिए अनूसार आजभन्दा ४९ वर्षअधि तराई क्षेत्रका सम्पूर्ण आँखा रोगीहरुलाई भारतको सितापुर लगायतका ठाउँमा पुगी आँखाको उपचार गराउन पर्ने बाध्यता टरेकोे पनि खुलेको छ । केडिया परिवारले विभिन्न सामाजिक कार्यसंगै यस आँखा अस्पतालको माध्यमबाट आँखाको क्षेत्रमा निकै ठूलो फड्को मारेको नेत्र ज्योति संघका बरिष्ठ उपाध्यक्ष श्यामकुमार पोख्रेलले बताए । केडिया परिवारको विषेश पहलमा वीरगंजको लोहार पट्टिमा आँखा उपचारको लागी ई.स. १९७५ को फेब्रुअरी महिनाको २४ तारिख (वि.स. २०३१ फाल्गून १२ गते) का दिन मानवीय सेवाभाव र परोपकारी संस्थाको रुपमा रामकुमार महावीर प्रसाद केडिया आँखा अस्पतालको सुरुवात गरिएको आफूलाई थाहा भएको उनको भनाइ छ । पछि नारायणी अंचलमा नै पहिलो आँखा स्वास्थ्य सेवाको शूरुवात गरिएको पनि केडिया परिवारलाई नजिकबाट चिन्ने नेत्र ज्योति संघका बरिष्ठ उपाध्यक्ष पोख्रेलको भनाइ छ ।
स्थापना पछि नै यो अस्पताल नेपाल नेत्रज्योति संघको छाता अन्तरर्गत संचालित रहेकोले संघ कै निगरानी, सहयोग, समन्वय र मार्ग निर्देशनले हालको अवस्थासम्म पनि पुग्न सफल भएको संघका बरिष्ठ उपाध्यक्ष पोख्रेलले बताए ।
स्थापना समयमा आखा उपचार सेवाबाट मात्र शूरुगरी केडिया परिवारबाट नै बारा जिल्लाको लिपनीमाल गाउँ पंचायतमा सामाजिक सेवाकोलागी स्थापना गरिएको महावीर प्रसाद वृजलाल केडिया सेवा ट्रष्टको जग्गामा ५ वेडको अस्पताल भवनबाट शूरु भएको वि.स.२०४२ साल माघ २ गते नव निर्मित भवनको निरिक्षण तत्कालिन श्री ५ महाराजाधिराज वीरेन्द्र वीरविक्रम शाह देव र श्री ५ बडामहारानी ऐश्वर्य राज्यलक्ष्मी शाह देवबाट भएको पनि केडिया परिवारले जनाएको छ ।
ऐतिहासिक अध्यायको शूरुवात भएपछि पनि अस्पतालले अहिले अझ सेवा विस्तारलाई जोड दिइरहेको अस्पताल प्रशासनले जनाएको छ । नेपाल नेत्रज्योति संघका तत्कालिन अध्यक्ष, नेपालका प्रख्यात नेत्र विषेशज्ञ र आखा बा ले परिचित डा. रामप्रसाद पोखरेलको प्रयासले जापानबाट आएको २४ आवर टेलिभिजन च्यारीट मार्फत आएको आओका aoca (associatioc For ophthalmic co-opeation to asia ) परियोजनाको सहयोगमा १०० वेडको वार्ड निर्माण भएको पनि जनाइएको छ । यता ई.स. १९९१ मा लायन्स क्लवका इन्टरनेशनल प्रेसिडेन्टको भ्रमण पछि लायन्स क्ल्बको आर्थिक सहयोगमा बिरामीहरुको कूरुवाहरुका लागी लायन्स रेष्ट हाउस, स्थानिय लायन्स क्लब, वीरगंजका व्यापारीहरु र केडिया परिवारका साथै विभिन्न दाताहरुको सहयोगमा ५० वेडको कैम्प वार्ड भवन निर्माण गर्दै अहिलेको आकारमा सेवा चलिरहेको पनि अस्पताल प्रशासनले जनाएको छ ।
विभिन्न समयमा AOCA को विषेश सहयोगका साथै विभिन्न दात्री निकायको अर्थिक एवम उपकरुण सहयोगले ५ वेड बाट शुरु भएको अस्पताल हाल २ सय वेड क्षमतामा संचालित रहेको अस्पतालका प्रवन्धक वर्माले बताए । यस अस्पताललाई केडिया परिवारको अभिभावकत्व, अगाध माया, सहयोग र स्थापना कालदेखि कार्यरत नेत्र विषेशज्ञ तथा कर्मचारीहरुको अथक मेहिनतले यो आकार र उपलब्धीसम्म पूग्न सम्भव भएको अस्पताल प्रशासनको भनाइ छ । लगातार ३५ वर्षसम्म मोतिविन्दूको मात्र सेवा दिदै आएको अस्पतालले मोतिविन्दू सेवाकोलागी नेपालमा मात्र नभई भारतको विहार र उत्तर प्रदेशसम्मका बिरामीलाई सेवा दिइरहेको जनाएको छ । संयक्त राज्य अमेरिकाको सहयोगमा नारायणी अंचल कै प्रथम बाल मैत्रीबाल नेत्र परिक्षण विभागको साथै बालबालिकाको आँखा शल्यक्रिया सेवाको स्थापना भई संचालित यो आँखा अस्पतालमा अन्र्तराष्ट्रिय दाता सेवा फाउण्डेसनले पनि ई.स.२०१६ को जूलाईदेखि विभिन्न शिर्षकमा सहयोग गर्दै आएको खुलेको छ । त्यसै गरी ई.स. २०१८ मा लायन्स कल्ब आफ वीरगंज आदर्शनगर मार्फत लायन्स क्लव इन्टरनेशनलको आर्थिक सहयोगमा आँखा सेवामा अति सम्वेदनशिल र आवश्यक मानिने रेटिना सेवा संचालन गरिएको पनि अस्पतालले जनाएको छ ।
ई.स. २०२० देखि अस्पतालमा जलविन्दू (कालो मोतिविन्द) र कोर्निया (आँखाको नानी) सेवाको छूटै विभाग स्थापना गरी अझ सेवालाई परिस्कृत बनाइएको अस्पतालको भनाइ छ । विगत कोभिड महामारीको कारणले गर्दा कोर्निया सेवा बन्द भए पनि चाडै पूनः शूरु गर्ने अस्पतालको प्रतिबद्धता छ । हालसम्म यस अस्पतालले स्वदेशी तथा विदेशी गरी १२ जान भन्दा बढिलाई sics शल्यक्रियाको तालिम, ४ जनालाई Phaco शल्यक्रियाको तालिम, ६ जानलाईblock आँखामा सूई लगाउने तथा ६ जना mD ophthalogy अध्यन गर्ने चिकित्सकलाई तालिम प्रदान गरी दक्ष बनाएको पनि दावी गरेको छ । यसका साथै भविष्यमा यस अस्पताललाई अध्ययन संस्थानको रुपमा विकाश गर्ने लक्ष्य पनि रहेको अस्पताल संचालक समितिले दावी गरेको छ । यस अस्पतालमा जाँच गराउन आउने बिरामीहरुमा ५० प्रतिशत नेपाली र ५० प्रतिशत भारतीय र शल्यक्रियाको लागी आउने बिरामीहरुमा ७० प्रतिशत भारतीय र ३० प्रतिशत नेपाली बिरामीहरु रहेको अस्पताले उपलब्ध गराएको तथ्याँकमा उल्लेख गरिएको छ । राज्यकोलागी आय आर्जन गर्ने र भारतीय मूद्रा प्राप्त गर्ने यो अस्पताल राम्रो श्रोत पनि रहेको पनि अस्पताल संचालक समितिले दावी गरेको छ । लायन्स क्लव इन्टरनेशनल फाउण्डेशनले सर्जिकल रेटिना उपकरणको लागी आर्थिक सहयोग स्वरुप रु. ८४ लाख ४५ हजार रकम सहयोग गरेको अस्पतालको भनाइ छ । नया ओ.पि.डी.भवन बनाउनको लागी सहयोग गर्ने बाचा समेत प्राप्त भएको जनाइएको छ ।
केडिया आँखा जाच एवम् शल्यक्रियाको तथ्याँक अनुसार ओ.पि.डि तर्फ २२ लाख र शल्यक्रिया तर्फ ५ लाख ३० हजार मानिसले सेवा लिइसकेको खुलेको हो । अस्पताले अहिले मोतिविन्दू शल्यक्रिया सेवा, रेटिना (आँखाको पर्दा) को उपचार एवम् शल्यक्रिया, बाल नेत्र परिक्षण एवम् शल्यक्रिया (बेहोशगरी वा नगरी), जलविन्दूको (कालो मोतिविन्दू) उपचार एवम शल्यक्रिया, कार्निया (आखाको नानी) को उपचार एवम् शल्यक्रिया, DCR. DCT को शल्यक्रिया गर्दै आएको अस्पतालले उल्लेख गरेको छ । त्यसै गरी अस्पतालले महिला स्वयम् सेविका तालिम, शिक्षक/शिक्षिका तालिम, औषधी विक्रेता तालिम, परिचारिका तालिम पनि संचालन गर्दै आएको अस्पतालको भनाइ रहेको छ ।
अस्पताल अन्तर्गत संचालित आँखा उपचार केन्द्र (समूदायमा आधारित सेवा) अन्तर्गत पनि भिष्वा आँखा उपचार केन्द्र, भिष्वा बजार (पर्सा), वीरगंज सिटी क्लिनिक, विरगंज (पर्सा), सामूदायिक आँखा उपचार केन्द्र निजगढ, निजगढ बजार (बारा), आँखा उपचार केन्द्र कोल्हवी, कोल्हवी बजार (बारा), आँखा उपचार केन्द्र बहूदरमाई, डकैला बहूअरी बजार (पर्सा), हीरालाल केडिया मेमोरियल आँखा उपचार केन्द्र कलैया (बारा), हीरालाल केडिया मेमोरियल आँखा उपचार केन्द्र कबहीगोठ सूवर्ण गा.पा. (बारा) मा पनि सेवा संचालन छ ।
यता अस्पतालले प्राविधिक ४० तथा प्रशासनिक २४, १४ सूरक्षाकर्मी र ७ जना सरसफाई गरी जम्मा ८५ जनालाई प्रत्यक्ष रोजगारी पनि दिइरहेको छ । अस्पतालको २ सय शैया क्षमतामा वार्षिक OPD तर्फ १ लाख ३५ हजार वार्षिकsurgery १७ हजार, दैनिक ओपिडी ३ सय ८० र सर्जरी पनि औषतमा ५० जनालाई सेवा दिंदै आएको जनाएको छ । अझ अस्पतालले अस्पतालको सेवा क्षेत्र भरिका आँखा रोगीहरुलाई अन्यत्र भौतारिन नपरोस्, आर्थिक अभावको कारणले कोही पनि अन्धो हुन नपरोस् भनी आधूनिक उपकरण र प्रविधिको आयातसगै सेवा विस्तारलाई पनि अझ चुस्त बनाउँदै लाने लक्ष्य लिएको अस्पतालका प्रशासन प्रमुख तथा प्रवन्धक बर्माले बताए । समय सापेक्ष विषेशज्ञहरुको परामर्श र विज्ञ चिकित्सकहरुबाट पनि सल्लाह सेवा दुवै दिने कुरामा अस्पताल नचुक्ने पनि उनको भनाइ छ । अस्पतालले अल्पकालिन र दिर्घकालिन दुवै योजना र रणनितिहरु बनाउदै थप लक्ष्य हासिल गर्न कुनै कसर बाँकी नराख्ने अस्पताल संचालक समितिले पनि दावी गरेको छ ।