आपसी सद्भाव नबिग्रीयोस् भनी स्थानीय प्रशासनले सोमबारबाट जारी गरेको कफ्र्यू मंगलबार पनि दिनभर रहेको छ । सोमबार साँझ ५ बजेबाट अनिश्चित कालका लागि भन्दै स्थानीय प्रशासनले जारी गरेको निशेधाज्ञा मंगलबार पनि दिनभर कायम रहेको हो ।
रौतहट जिल्लाको ईशनाथ नगरपालिकाको मोतिपुरमा सरस्वती पूजाको मूर्ति विर्सजनका क्रममा भएको विवाद र झडपको बिषय वीरगन्जमा पनि उठेपछि वीरगन्जमा पनि सोमबार झडप र विवाद सुरु भएको थियो । स्थितिलाई नियन्त्रणमा लिन स्थानीय प्रशासनले सर्वसाधारणको सुरक्षालाई ध्यानमा राखी निशेधाज्ञा लगाएको थियो । सम्भावित जोखिम रोक्न जारी निशेधाज्ञा स्थानीय प्रशासन ऐन २०२८ को दपा ६ क बमोजिम जारी गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले बताए । सर्वसाधारणको हितलाई ध्यानमा राखी मंगलबार बिहान ६ बजेदेखि १० बजेसम्म ४ घण्टा चाही निशेधाज्ञा खुकुलो पारिएको उनको भनाइ छ । त्यसपछि भने दिनभरी नै कफ्र्यू जारी रहेको छ ।
आपसी सद्भाव नविग्रियोस भनी जिल्ला प्रशासन कार्यालय पर्सामा सर्वदलीय बैठक समेत बसी सामाजिक सद्भाव कायम राख्न आ–आफ्नो ठाउँबाट सबैले सहयोग गर्ने लगायतका विभिन्न निर्णय पनि भएका छन् । सर्वदलीय बैठकले ‘सयौं वर्षदेखि कायम रहेको जातजाती, भाषा, धर्म, समुदाय र सम्प्रदाय बीचको एकतालाई अझ मजबुत गराई नेपाली जनताको सुसम्बन्ध एवं एकतालाई विखण्डन गर्न खोज्ने जुनसुकै दुष्प्रयासलाई निष्फल पार्न सामूहिक प्रतिवद्धता गर्ने’ निर्णय गरेको छ । एकअर्काको आस्थाको केन्द्र तथा धार्मिक स्थलहरुको सम्मान गर्दै यस्ता स्थान तथा धार्मिकस्थलहरुमा नाराबाजी, जुलुश लगायत विरोधका कार्यक्रम नगर्ने नगराउने, यस किसिमका गतिविधि गर्ने जो कोहीलाई प्रचलित कानून बमोजिम कार्वाहीको दायरामा ल्याउन प्रहरी प्रशासनलाई साथ दिने निर्णय दोस्रो नम्बरमा उल्लेख छ ।
अर्को बुँदामा जिल्ला भित्र खुल्लमखुला रुपमा डिजे र चर्को माइक बजाउने कार्य रोक्ने, लाठी, भाला, राँके जुलुश निकाल्ने लगायतका कृयाकलाप गर्ने विरुद्ध कानून बमोजिम कार्वाही गर्ने र यस अभियानमा सबैले सहयोग गर्ने तीन नम्बर बुँदामा उल्लेख छ । जिल्लाको शान्ति सुरक्षा र अमनचयनलाई खलल पार्ने किसिमका धार्मिक, सामाजिक, सांस्कृतिक सदभाव विगार्ने एवं द्वन्दलाई उक्साउने प्रकारका अवान्छित गतिविधिहरु पनि संघ, संस्था एवं समुदायले नगर्ने । यसमा सबै राजनीतिक दल, स्थानीय तह, नागरिक समाज, संघ, संस्था एवं सरोकारलालाहरुले सहयोग गर्ने भनी चार नम्बर बुँदामा उल्लेख गरिएको छ । त्यसै गरी सामाजिक संजालमा कुनै पनि जात, धर्म वा सम्प्रदाय लक्षित गरी नकारात्मक कुराहरु पोष्ट गर्ने गराउने उपर प्रशासनबाट कानून बमोजिम कडा कार्वाही गर्ने समेत पाँच नम्बर बुँदामा उल्लेख गरिएको छ ।
भिडियोहरु
नेपालमा आधुनिक मसुरो खेती प्रयास, सम्भावना
नेपालमा पारवाहन सम्बन्धी ठोस निति नहुदाँ समानहरु महंगियो : उधोगी टेमानी
महिला उद्यमीहरुको प्रतिस्पर्धा महिलासँग छैन: उद्यमी साह
खानपानको सावधानीले आँखा बचाउन सकिन्छ : दृष्टि विशेषज्ञ महतो
शिक्षा दिनुको मूख्य उद्धेश्य नै शैक्षिकस्तर जर्गेना गर्नु हो : संचालिका श्रेष्ठ
जीवनस्तर माथि उठाउन महिला स्वयम् पनि जागरुक हुन पर्छ :वडाध्यक्ष स्वर्णकार
साना र मझौला उद्यम नै देशको आर्थिक मेरुदण्ड : निवर्तमान अध्यक्ष गुप्ता
तराईमा बाल विवाह
तराईमा बोक्सी प्रथा
बृहतर वीरगंज परिकल्पना