सनलाईट इङ्गलिस सेकेन्ड्री स्कूल (एसईसिंटु म्यानेजमेन्ट)ले बुधवार कल्चरल फुड फेस्टिबल कार्यक्रम सम्पन्न गरेको छ ।
वीरगंज महानगरपालिका वडा नं– १६ नगवामा रहेको सो स्कूलको कक्षा ११ मा अध्ययनरत्त विद्यार्थीहरुले स्कूल परिसरमा स्टलहरु बनाई विभिन्न प्रकारका स्थानिय तथा नेपाली खाना र खाजाका परिकारहरु बनाई विक्रि वितरण गरेका थिए ।
स्कूलका प्रिन्सिपल आलोक चौरसियाको सभापतित्वमा सम्पन्न सो फेस्टिबलको प्याब्सन पर्साका अध्यक्ष पुरन प्रधानले रिबन काटेर उदघाटन गरेका थिए । सो अवसरमा जिवन ज्योति स्कूलका शिव गुप्ता, साउथजोन स्कूलका सरोज चौधरी, अशोक संग्रौला, प्याब्सन पर्साका सचिव राहुल श्रीवास्तव लगायतका अतिथिहरुले विद्यार्थीहरुले बनाएको परिकारहरु खाएर विद्यार्थीहरुको मेहनत र लगनको खुलेरै प्रशंसा गरेका थिए ।
सो फेस्टिबलमा भाजा पकौडी, पानीपुरी, चाट, सेल रोटी, चाय, घोंङ्गी, चिप्स पकौडा, नेपाली अचार, मोमो, चिकेन पिजा लगायतका करिब एक दर्जन स्टलहरु रहेको स्कूलका शिक्षक राजन चौरसियाले बताए । पढाईका साथै कसरी व्यवसाय गरेर कमाउन सकिन्छ भनि उदेश्यका साथ सो फुड फेस्टिबल आयोजना गरिएको शिक्षक चौरसियाले बताए ।
कार्यक्रममा स्कूलका बोर्ड सदस्यहरु उमेश साह, बिजय चौरसिया, दिनेश साह, धनन्जय चौरसिया, राजेश साह, मनोज प्रसाद, शिवम साह लगायत शिक्षक, शिक्षिका, अभिभावक, सञ्चारकर्मी एवं विद्यार्थीहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।
भिडियोहरु
नेपालमा आधुनिक मसुरो खेती प्रयास, सम्भावना
नेपालमा पारवाहन सम्बन्धी ठोस निति नहुदाँ समानहरु महंगियो : उधोगी टेमानी
महिला उद्यमीहरुको प्रतिस्पर्धा महिलासँग छैन: उद्यमी साह
खानपानको सावधानीले आँखा बचाउन सकिन्छ : दृष्टि विशेषज्ञ महतो
शिक्षा दिनुको मूख्य उद्धेश्य नै शैक्षिकस्तर जर्गेना गर्नु हो : संचालिका श्रेष्ठ
जीवनस्तर माथि उठाउन महिला स्वयम् पनि जागरुक हुन पर्छ :वडाध्यक्ष स्वर्णकार
साना र मझौला उद्यम नै देशको आर्थिक मेरुदण्ड : निवर्तमान अध्यक्ष गुप्ता
तराईमा बाल विवाह
तराईमा बोक्सी प्रथा
बृहतर वीरगंज परिकल्पना