वीरगन्ज
परिवर्तनको क्रान्ति ल्याउने संकल्पसहित अघि बढेको प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले बताएका छन् । प्रेस सेन्टर नेपालको २० औँ स्थापना दिवस तथा राष्ट्रिय परिषद् बैठकलाई सोमबार वीरगन्जमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले बजेट र नीति तथा कार्यक्रममा परिवर्तनको क्रान्ति ल्याउने गरी तयारी गरिरहेको बताएका हुन् ।
नीति कार्यक्रम र बजेट निर्माणको प्रक्रिया जनपक्षीय तथा लोकतन्त्रको पक्षमा प्रभावकारी हुने गरी आगामी बजेट तथा नीति कार्यक्रम ल्याउने थालेको उनको भनाइ छ । अर्काे आर्थिक बर्षदेखि आम नागरिकले समेत महसुस हुने गरी यो नीति तथा कार्यक्रम आउँछ उनले भने । बजेटको सिलिङ्ग तोक्ने विषयमा देखिएका अन्यौलतालाई चिर्दै सबै मन्त्रालयसँग सामुहिक बहस गरी सामुहिक हितमा सिलिङ्ग तोक्ने र जनपक्षिय लोकतान्त्रिक हितमा बजेट बनाउने कार्यमा सरकार लागिसकेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।
नयाँ धेरै योजना थप्ने र पूराना परियोजना पूरा नगर्ने समस्या हुँदा अब सबै आयोजना र परियोजनालाई पूरा गर्ने गरी सरकारले ध्यान केन्द्रीत गरेर बजेट नीति तथा कार्यक्रम क्रान्तिकारी शैलीको ल्याउने उनको दावी छ । आगामी बजेटमा ३ करोडभन्दा तलको बजेट प्रदेश र पालिका आफैले ल्याउन मिल्ने गरी प्रावधान ल्याइने पनि प्र.म.प्रचण्डको भनाइ छ ।
‘नेपाल र बाहिरी मुलुकका विभिन्न ठाउँमा जाँदा नेपालको पहिचान धेरै माथि उठेको प्रतिकृया पाएकोले यसको पछि जनमत बनाउने कार्यमा प्रेस सेन्टरले साथ दिनपर्ने उनको भनाइ छ ।
आईटीका विशेषताहरुलाई बुझ्न डिजिटलाइज्ड सूचना प्रविधिको युगमा निकै सकृय भएर पत्रकारिता गर्नुपर्ने समय आएको भन्दै आफ्नो पार्टी निकटका पत्रकारहरुलाई सरकारले गरेका कामको समर्थन र विरोधको रक्षा गर्दै पत्रकारिता गर्न प्रधानमन्त्री प्रचण्डले सेन्टरमा आबद्ध पत्रकारहरुलाई सुझाव दिए । शान्ति, प्रगति र स्थिरताका विरुद्ध सामाजिक सञ्जालमा एउटा तत्व सक्रिय भएर विरोध गरिरहेको हुँदा त्यस्ता तत्वहरुको विरुद्ध जनतालाई सजग गराउँदै पत्रकारिता गर्न पनि उनले आफ्नो जनवर्गिय संगठनका संचाकर्मीहरुसँग आग्रह गरे ।
लामो समयको, त्याग, योगदान र लामो बैचारिक बहसपछि आएको उपलब्धी माथि प्रहार हुँदै आएको बताउँदै प्रचण्डले ‘यो उपलब्धीलाई जोगाइराख्न र सरकारले गरेका राम्रा काम जनतासम्म पु¥याउने काम अब विगतमा जनमुक्ति सेनाले खेलेको भूमिका झैं जिम्मा प्रेस सेन्टरको रहेको उनको तर्क छ । यो जिम्मेवारीलाई तपाईले पूरा त गरिरहनु भएको छ अझ सकृय भएर खरो उत्रिनु आग्रह गर्छु उनले थपे ।
प्रेस सेन्टरका केन्द्रीय उपाध्यक्ष गोविन्द देवकोटाले स्वागत मनतव्य व्यक्त गरेको कार्यक्रमको अध्यक्षता बिष्णु सापकोटा (जुगल) ले गरेका थिए । उनकोे अध्यक्षतामा भएको सेन्टरको २० औं स्थापना दिवस तथा राष्ट्रिय परिषद्को बैठकमा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख अग्नि सापकोटा, बरिष्ठ नेता लिलामणी पोख्रेल, प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्य, लगायतले आफ्ना भनाइ व्यक्ति गर्दै कार्यक्रमको सफलताको लागि शुभकामना व्यक्त गरेका थिए ।
सो कार्यक्रममा वीरगन्ज महानगरपालिकाका महानगरप्रमुख राजेशमान सिंहले प्रधानमन्त्री प्रचण्डतर्फ लक्षित गर्दै केन्द्र सरकारले समयमा नै उचित बजेट दिन र काम नगर्ने ठेकदारलाई कार्वाही गर्ने कानूनको ल्याउन सुझाव दिए । पत्रकारहरुले पनि पीत पत्रकारिता गर्नुभन्दा राम्रो काम गर्ने व्यक्तिलाई आत्मामा ठेस नपुग्ने गरी पत्रकारिता गपर्ने तर्क गरे । सो कार्यक्रममा प्रतिनीधि सभा सदस्य, मधेश प्रदेश उद्योग वाणिज्य मन्त्री सुनिता यादव, वन तथा वातावरण राज्य मन्त्री रहबर अन्सारी, प्रदेश सभा सदस्यहरु लगायत सेन्टरका देशभरीबाट आएका पत्रकार प्रतिनिधिहरुको सहभागिता रहेको थियो । सो अवसरमा विभिन्न प्रदेश जिल्लामा रहेर उत्कृष्ठ कार्य गर्ने सेन्टरआबद्ध पत्रकारहरुलाई सम्मान प िनगरिएको छ । उत्कृष्ट क्रियाशिल पत्रकारिता पुरस्कारबाट रुकुम पश्चिमका मनिष खड्का, महोत्तरीकी भाग्यरेखा ठाकुर, कोशीका नविन ढकाल लगायत सम्मानित भएका छन् । सेन्टरका उत्कृष्ठ कार्यसम्पादन गर्ने जिल्लाहरुमा आयोजक जिल्ला पर्सालाई पनि सम्मान गरिएको छ ।
भिडियोहरु
यसरी गर्नुहोस् केरा खेती र कमाउनुहोस् लाखौँ रुपैयाँ
नेपालमा आधुनिक मसुरो खेती प्रयास, सम्भावना
नेपालमा पारवाहन सम्बन्धी ठोस निति नहुदाँ समानहरु महंगियो : उधोगी टेमानी
महिला उद्यमीहरुको प्रतिस्पर्धा महिलासँग छैन: उद्यमी साह
खानपानको सावधानीले आँखा बचाउन सकिन्छ : दृष्टि विशेषज्ञ महतो
शिक्षा दिनुको मूख्य उद्धेश्य नै शैक्षिकस्तर जर्गेना गर्नु हो : संचालिका श्रेष्ठ
जीवनस्तर माथि उठाउन महिला स्वयम् पनि जागरुक हुन पर्छ :वडाध्यक्ष स्वर्णकार
साना र मझौला उद्यम नै देशको आर्थिक मेरुदण्ड : निवर्तमान अध्यक्ष गुप्ता
तराईमा बाल विवाह
तराईमा बोक्सी प्रथा
बृहतर वीरगंज परिकल्पना