जङ्गली जनावरबाट बालीनाली जोगाउन पर्साको उत्तर–पश्चिम क्षेत्रका स्थानीय रातभर जाग्राम बसिरहेका छन् । पर्सा राष्ट्रिय निकुञ्ज तथा अन्य वन जङ्गलबाट आउने जनावरले दिनहुँ गहुँबाली तथा तरकारी नष्ट गर्न थालेपछि उनीहरु बालीनाली जोगाउन राति जाग्राम बस्न बाध्य भएका हुन् ।
पर्साको जिराभवानी गाउँपालिका, ठोरी गाउँपालिका, पटेर्वा सुगौली गाउँपालिका र सखुवा प्रसौनी गाउँपालिकाका विभिन्न गाउँका किसान जङ्गली जनावरबाट पीडित भएका छन् । वनजङ्गलबाट आउने चित्तल, हात्ती, हरिण, निलगाई, बँदेल, बाँदर, भालुलगायतका जङ्गली जनावरले गहुँ, मकै, आलु, तोरीलगायतका बाली सखाप पार्ने गरेकाले जोगाउनका लागि जाग्राम बस्न बाध्य भएको ठोरीका रञ्जित श्रेष्ठले जनाए । राष्ट्रिय वनमा घेरवार नहुँदा दिनहुँ जङ्गली जनावरले बालीनली नष्ट गर्ने गरेको उनको तर्क छ । जङ्गली जनावरबाट बालीनाली जोगाउन मचान बनाएर राति निगरानी गर्दैआएको जिराभवानीका शङ्कर महतो बताउँछन् । रातिको समयमा आउने हात्तीलाई धपाउन किसानले पटाका पड्काउने, टिन ठटाउने र होहल्ला गर्ने गरेको उनले जनाए ।
बर्सेनि जङ्गली जनावरले बालीनालीमा क्षति पुर्याउने गरेपनि आफूहरूको समस्या समाधानका लागि स्थानीय सरकार, डिभिजन वन कार्यालयले कुनै सुनुवाइ नगरेकोमा दुख पोखेका टन् । डिभिजन वन कार्यालय पर्साका प्रमुख सुभाषचन्द्र दासले वनजङ्गल आसपास क्षेत्रमा जङ्गली जनावरले आतङ्क मच्चाउँदै आएकाले समस्या समाधानका लागि निरन्तर पहल गरिरहेको जानकारी दिए ।
बजेट तथा आवश्यक कानुन अभावका कारण समग्र जङ्गल क्षेत्रमा घेरबार गर्न नसकिएपछि जङ्गली जनावरले बढी क्षति पुर्याउने क्षेत्रमा ठूलो खाल्डो खनेर तत्कालीन समस्या समाधान गर्न सकिने उनको तर्क छ ।
भिडियोहरु
यसरी गर्नुहोस् केरा खेती र कमाउनुहोस् लाखौँ रुपैयाँ
नेपालमा आधुनिक मसुरो खेती प्रयास, सम्भावना
नेपालमा पारवाहन सम्बन्धी ठोस निति नहुदाँ समानहरु महंगियो : उधोगी टेमानी
महिला उद्यमीहरुको प्रतिस्पर्धा महिलासँग छैन: उद्यमी साह
खानपानको सावधानीले आँखा बचाउन सकिन्छ : दृष्टि विशेषज्ञ महतो
शिक्षा दिनुको मूख्य उद्धेश्य नै शैक्षिकस्तर जर्गेना गर्नु हो : संचालिका श्रेष्ठ
जीवनस्तर माथि उठाउन महिला स्वयम् पनि जागरुक हुन पर्छ :वडाध्यक्ष स्वर्णकार
साना र मझौला उद्यम नै देशको आर्थिक मेरुदण्ड : निवर्तमान अध्यक्ष गुप्ता
तराईमा बाल विवाह
तराईमा बोक्सी प्रथा
बृहतर वीरगंज परिकल्पना