बारागढी गाउँपालिकाका समाजसेवी स्वा. योगेन्द्र राज गौतमको शालिक अनावरण गरिएको छ ।
वडा नम्बर १ पिपराबस्तपुरस्थित योगेश्वरनाथ मन्दिर परिसरमा बारा निर्वाचन क्षेत्र नम्बर १ का सांसद अच्युत मैनालीले उनको शालिक अनावरण गरेको हो । स्वर्गीय गौतमले आफ्नो जिवनकालमा बारागढि गाउँपालिकाको वुद्धगाई माध्यमिक विधालय, पिप्रा शिव मन्दिर, जनता प्राथमिक विधालय, स्वास्थ्य चौकि, बजार, पिप्रा सुखि पथरा सडक लगायतमा आफ्नो जग्गा दान गरेर बारागढी गाँऊपालिकाको योगदान गरेवापत यहाँका समाजसेविहरूले निजको प्रतिमा अनावरण गराएका हुन् ।
शालिक अनावरण गर्दै अतिथिहरु । तस्बिर : मध्य नेपाल
२००७ सालतिर यसक्षेत्रको शिक्षाको स्तर बढाउन भारतबाट शिक्षक मगाएर आफ्नै घरमा राखेर सुरूवात गरेको शिक्षाले अहिले यसभेगका हजारौं व्यक्ति रोजगार भएका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै सांसद अच्युत मैनालीले बारागढिमा मात्रै नभई गौतम परिवारले थुप्रै स्थानमा दान पुनःकाम गरेको अधारमा उहाँको स्मरणमा शालिक अनावरण गर्न पाउनु सौभाग्यको कुरा रहेको बताएका थिए । उहिलेका समाजसेवीको योगदानको मात्रै कदर गरे सच्चा सेवक हुन सक्ने बताएका थिए । खान लाउन मुस्किल भएको बेला शिक्षा, स्वास्थ्य, सडक जस्तो पुर्वाधारका लागि दानपुन गरेर यसक्षेत्रको उदार गरेकोे सांसद मौनालिले बताएका थिए ।
कार्यक्रममा उपस्थित व्यक्तित्वहरु । तस्बिर : मध्य नेपाल
कार्यक्रममा समाजसेवी योगेन्द्र राज गौतमका छोरा माधव गौतम, सुशील गौतम, अमोदमणि दीक्षित, बारागढि गाउँपालिकाका अध्यक्ष अशोक जैसवाल, स्थानीय समाजसेवि देवेन्द्र चौधरी, प्रभु दास, कुलमनि चौधरी, राजाराम साह, अशोक साह लगायतको उपस्थिति रहेको थियोे ।
गौतम परिवार । तस्बिर : मध्य नेपाल