मध्य तराईमा मनाइने छठ पर्व भन्ने साथ यसको महत्व र प्रचलन लामो छ । सर्वसाधारणले पर्वका समयमा प्रयोग गर्ने ढिक्की, डागरा (नाङ्लो), सुपली र माटोका सामग्री छठमा नभई नहुने सामग्री मध्येका हुन् । यी सामान कुमाल र मरिक समुदायले बनाउने यी सामग्री यो पर्वमा भने नचल्लने भन्ने कुरा हुँदैन । अरु समयमा भने यी समुदायका मानिसलाई छुवाछुत र विभेदको दृष्टिकोणले हेरिने गरेको भए पनि यो पर्वमा उनीहरुले निर्माण गरेका समग्रीले राम्रै भाउ पाउने गरेको छ ।
ती सामग्रीको प्रयोग सहित श्रद्धालु तथा भक्तजन नदी, तलाउ, पोखरी, लगायतको जलाशय र घाटमा जाने गरेका छन् । वीरगंज महानगरपालिका वडानं. १३ का मरिक समुदायलाई अहिले बासको सामग्री बनाउन भ्याइनभ्याइ छ । उनीहरुले बनाएका बाँसका सामाग्रीहरु खुबै प्रयोग हुन्छ । तर उनीहरु माथि भने अझै पनि दलित तथा तल्लो जाती भनी विभेद हुने गरेको यहाँका मरिक समुदायका अगुवाहरुले दावी गरे । डोम जातिले बनाउने सुपलीदेखि सुथनीसमेत छठ पर्वका लागि प्रयोग गरिने सामान हुन् । तर दलित ठानी उनीहरुका लागि पनि कतिपय जलाशयमा छुट्टै घाट निर्माण गरिने कुराले समाजको चेतनामा अझै परिवर्तन आवश्यक रहेको उनीहरुको पनि तर्क छ । दलितले एउटा

कुनामा ठाउँ पाउँछन् । एकै ठाउँमा बसेर छठ मनाउने छुट नरहेको डोम समुदायका आशिष मलिकले बताए । ‘हाम्रो हातबाटै बनेको डाला, चगेरा, सुपलीमा सबै जातका मानिसले छठको सामग्री सजाउँछन्,’ सुनेना मलिकले पनि भनिन्, ‘हाम्रो शरीरमा के लागेको छ र यत्तिको भेदभाव गरिन्छ ? ’‘भगवानले सबैलाई एकनास मानेको छ,’ उनी तर्क गर्छिन् । ‘मानिसले भेदभाव गरेकोमा भने उनलाई चित्त बुझेको छैन । भाषणमा समान व्यवहारको कुरा गरे पनि प्रवृत्ति पुरानै छ’ उनले थपिन् । “लोग मानी त देव आ न मानी त पत्थर ना कहल जाला ओहिङ्गे बा” बिहारी मरिक डोमले पनि भने । पहिले लागु औषध कारोवारीमा फसेर जेल जीवन बिताई छुटेपछि यहि बाँसका ( छैठी, सुथनी ) बनाउदै आएका वीरगंज–१३ का ३५ वर्षीय विहारी मरिक डोमले भने । उनी ३ वर्ष अघि लागुऔषध कारोवार अभियोगमा जेल परेका रहेछन् ।
जेल जीवनबाट बाहिर आएको सवाबर्ष जति भएका उनले बाँसका छैठी, सुपली, लगायतका सामान बनाउने र बेच्ने पुस्तेनी पेशा अंगालेको बताए । तराई क्षेत्रमा तिहार र छठमा बासको चोयाले बनेका डाली, छिटी, नाङ्लो, पङ्कख, लगायतका सामाग्रीको माग हुने गरेको छ । ती सबै सामग्री बाँसको चोयाबाट बनाइन्छ । ती सामग्री बनाउने र बेच्ने पूख्यौली पेशा अंगालेका डोम समुदायलाई अन्य समयमाभन्दा छठको समयमा भ्याइनभ्याइ हुने गरेको पनि उनले तर्क गरे । ुबाँस काटेर बनाएका सामग्री विक्री भएपछि त्यो आम्दानीले बल्ल हाम्रो घरमा पनि छठ हुन्छु उनले तर्क गरे । हाम्रो आम्दानीको श्रोत पनि यहि हो । हातमा यहि सीप छ, अर्को सीप त छैन । त्यसैले यही सीपबाट बनेका सामग्री नबिकेसम्म त हाम्रो घरमा छठ आउँछ उनले भने । हाम्रो कमाइ खाने भाडो नै यही हो । हातमा यही सिप छ त यही काम नै गर्नु पर्छ । अरु त सिप छैन । पुस्तेनी पेशा हुनुका साथै यही आफ्नो सीप भएकोले आम्दानीको बाटो यही रहेको बाँसका सामग्री बनाउँदै गरेका उनीहरुको भनाइ छ । चार दिनको मेहेनतपछि तयार भएका सामान बजार लगेर बेच्ने चटारो उतिकै रहन्छ । ५÷६ वटा दौरा ( ढाकी ) र १०÷१२ वटा सिपुली बनाउन लगभग तीन चार समय लाग्छ ।
किनभने यही सिजनको समय हो । तर अहिले बजारमा पितल र प्लाष्टिकका सामग्री छ्याप छ्याप्ती पाइन थालेपछि भने व्यापार केही खस्केको उनीहरुको तर्क छ । प्लाष्टिक, पितल, र तामाकोभन्दा पनि यही सबैभन्दा शुद्ध मानिन्छ । महंगी बढ्यो, बचत गर्न नपुगे पनि खान लाउन र सामान्य खर्चका लागि पुयाउनु परेको छ ।
एउटा बाँसबाट पाँचवटा दौरा (छैठी) दश देखि बाह्र वटा सुप्ली तयार हुन्छ । यति बन्न चार दिन लाग्छ अघिल्लो बर्षभन्दा यो बर्ष बाँस नै महँगो भएको छ । त्यसैले नयाँ निर्माण भएका सामग्रीको भाउ पनि थोरै बढेको सीपको काम गरिरहेको डोम समुदायका अगुवाहरुले बताए । पहिलेको तुलनामा सामाजिक विभेद थोरै न्यूनिकरण हुने बाटो तर्फ लागे पनि त्यो अझै व्यवहारिक भइनसकेको डोस समुदायका अगुवाहरुको तर्क छ । जमाना बदलिसक्यो तर केही मानिसको मनमा छुवाछुतको भावना छ । अब बिस्तारै न्यूनिकरण हुन्छ भन्ने अपेक्षा वाहेक केही गर्न सकिन्न ।