तिहार र छठ पर्वमा माटोको सामग्रीको निकै महत्व हुन्छ । तराई विशेष भक्तिभावपूर्वक मनाइने छठमा यी सामग्रीको विशेष महत्व हुन्छ । कृषि संस्कृतिसँग जोडिएको यो पर्वमा माटोबाट बनाइएका पूजन सामग्रीको माग हुनेमा पछिल्ला केही वर्षयता माटोबाट बनेका दियो, कलश, करुवा, ढकनी, हात्तीलगायतका सामग्रीको माग घटेको अनुभव यस्ता पूजन सामग्री बनाउने व्यवसायमा आवद्ध समुदायको छ । तराई क्षेत्रमा यस्ता सामग्री बनाउने कुम्हाल समुदाय यस्तै अवस्था रहेमा पेशा नै लोप हुने चिन्तामा छन् । माटोका सामग्री बनाउने र बिक्रीमा आवद्ध व्यवसायीसँग मध्य नेपालले गरेको कुराकानीको सम्पादित अंश:
निरन्जन प्रजापति
सुरजाहा, पकाहामैनपुर गाउँपालिका, पर्सावर्षमा १ महिना बेचेर केही हँुदैन
माटोका सामग्री बनाउने र बेच्ने भनेको हाम्रो पुख्र्यौलीपेशा हो । हाम्रो पुख्र्यौलीपेशा हो भनेर सानै उमेरदेखि बुवा र दाईले बनाएको देखेको छु । त्यसैमा मैले पनि बनाउन सिकेको हो । यो माटोको सामग्री वर्षमा १ महिना बेचेर केही हँुदैन । यो हाम्रो पेशा भएको कारणले मात्र हामीले गरिराखेका छौं । तिहार आउनुभन्दा ३ महिनाअघिदेखि नै हामीले माटोको सामग्रीे बनाउन थाल्छौं । हामीहरूले १० वर्षअगाडि पोखरीबाट निःशुल्क शुद्ध माटो ल्याएर सामग्रीहरू बनाउने गथ्र्यौं । अहिले त्यही माटो हामीले एक टिपको ४ हजार खर्च गरेर किनिरहेका छांै । हामीले ३ महिनासम्म आफ्नो पढाई र घरको काम सबै छोडेर यो माटोको सामग्रीे बनाउनमा जुडेका छौं । यति मिहिनेत गर्दा पनि हामीले धेरै नाफा कमाउन सक्दैनौं । मान्छेहरूले तामा र पित्तलको सामग्रीहरू बढी किनिरहेका छन् । त्यो एक पटक किनेपछि धेरै वर्ष काम लाग्ने कुरा हो । त्यसैले अब मान्छेहरूले सस्तो र धेरै दिन टिक्ने सामान लिएर आइरहेका छन् । पहिला तिहारमा मान्छेहरू आवश्यकताभन्दा बढी नै किनेर लग्थे । पहिला तिहार र छठ सबै माटोको सामग्रीहरू बिक्री हुन्थ्यो । अहिले दियो र कलश बिक्री हुन्छ । यस्तो अवस्था रहिरह्यो भने हामीले आफ्नो पेशा जोगाउन सक्दैनौं । मैले यो पेशासँगै आफ्नो पढाईमा पनि ध्यान दिएको छु । ठाकुरराम बहुमुखी क्याम्पसमा पढ्छौं । हामीले अब आफ्नो पेशाभन्दा पनि पढेर जागिर खाने सोच राख्नु पर्छ ।
रुपेश प्रजापति
सुरजाहा, पकाहामैनपुर गाउँपालिका, पर्सा मिहिनेत धेरै, मूल्य कम छ
तिहार र छठमा माटोको सामग्री बनाउने र बेच्ने काम हाम्रो पुर्खादेखि नै चलिआएको छ । पहिला हामीले माटोको २० देखि २५ किसिमको सामग्री बनाएर बिक्री गरिरहेका थियौं भने अहिले समय र परिस्थितिअनुसार त्यो घटेको छ । अब आएर हामीले १० किसिमको सामग्री बनाइरहेका छौं । त्यसको बिक्री गर्न पनि गाह्रो छ । पहिला हाम्रो हजुरबुवा र हजुरआमाले धेरै सामानहरू बनाउँथे । तर, अब त्यो सबै सामानहरू बनाउने तरिका पनि लोप भएको छ । हामीहरूले धेरै सामग्री बनाउन नै सिकेका छैनौं । पेशामा कुनै फाईदा नै छैन भन्ने सोच हुन थालेको छ । नयाँ पुस्ताहरूको रोजाइमा माटोको सामग्री छैन । उनीहरूले इलेक्ट्रिक सामानहरू र दियोहरू झालरबत्तीहरू मन पराएका छन् । त्यसले गर्दा हाम्रो बिक्रीमा पनि असर परेको छ । आर्थिक अवस्था कमजोर भएको कारणले पनि नयाँ पुस्ताले थोरै खर्चमा धेरै फाईदा खोजिरहेका छन् । १० वर्ष पहिला हाम्रो व्यापार धेरै राम्रो थियो । हामीले २ रुपैयाँमा एउटा दियो बेचेमा पनि मान्छेहरूले किनिरहेका थिए । तर, अब एक रुपैयाँमा एउटा दियो बेच्दा पनि मान्छेहरूले कमैमात्र किनिरहेका छन् । त्यसमा पनि महँगो भयो भनिरहेका छन् । माटोको सामग्रीे किन्दा १÷२ दिनमा नै खराब हुन्छ, फाल्नु पर्छ र स्टिल, तामा, पित्तलको किन्न राम्रो हुन्छ भन्छन् । मान्छेहरूले आफ्नो खुशीयालीको समयमा पनि एकएक रुपैयाँ जोगाएर काम गरिरहेका छन् । माटोका सामानहरू शहरभन्दा पनि गाउँघरको मान्छेहरूले किन्छन् । धेरै मान्छेहरूले गाउँगाउँमा गएर पनि यो सामानहरू बिक्री गर्छन् । माटोको सामग्री बनाउन धेरै मिहिनेत छ । पहिला हाम्रो मिहिनेतबराबरको मूल्य पनि भइहाल्थ्यो, तर अहिले छैन । मिहिनेत धेरै छ, मूल्य कम छ ।
राजकुमार पडित
पकाहामैनपुर गाउँपालिका–२, पर्साइलेक्ट्रिक सामानले बजार खायो
पर्वहरू मनाउनको लागि जनतासँग पैसा छैन । हाम्रो माटोको सामग्री नामको लागि मात्र भएको छ । इलेक्ट्रिक सामानहरू आएपछि हाम्रो व्यापार खत्तम भएको छ । यस्ता सामानले बजार खाइदिएको छ । हरेक वर्ष हामीले यो काम गछौं, तर यसमा कुनै नाफा छैन । हामीले बाध्यतामा आएर यो काम गर्नै पर्छ, किन भने हामीहरूसँग अरू कुनै पेशा छैन । सरकारले हामीलाई कुनै सुविधा वा जागिर पनि दिँदैन । हामीले यो पेशाबाट वा यो कामबाट आफ्नो जीवन चलाउन सम्भव छैन । हामीले आफ्नो पुख्र्यौली पेशालाई जीवित राख्नको लागि यो काम गरिरहेका छौं । पहिला यो सबै सामानहरू बढी प्रयोग गर्थे । अहिले पनि गर्न थाल्यो भने हाम्रो व्यापार हुन थाल्छ । नयाँ पुस्तालाई यो सबै सामानसँग केही मतलब नै छैन । उनीहरूलाई पढ्न र पैसा कमाउनबाट फुर्सद नै छैन । पहिला दशैं आउनुभन्दा अगाडिदेखि छठ पूजासम्म बिक्री हुन्थ्यो । हाम्रो संस्कृति र संस्कारहरू अहिले डिजाइनको पेशामा गएको छ । अब हामी पनि पैसा कमाउनको लागि कलशमा रंगरोगन गर्छाैं । अब मान्छेहरूले पेन्ट भएकोमात्रै मन पराउँछन् । हामी पनि दुई पैसा कमाउनको लागि पेन्ट गर्छौं । तर, पनि बिक्री कम छ ।
गीता गिरी
नगवा, वीरगञ्ज यसपालि बिक्री राम्रो छ
यसपालिको तिहारमा माटोका सामग्रीको बिक्री राम्रो चलिरहेको छ । धेरै महँगो सामान किन्नको लागि मान्छेहरूसँग् पैसा छैन । पर्साको मूल बजार भनेर वीरगञ्जलाई चिनिन्छ । यहाँ गाउँघरदेखि लिएर शहर र भारततिरका मान्छेहरू पनि माटोको सामग्री किन्न आउँछन् । यसपालिको बिक्री राम्रो छ । सबैले माटोका सामग्रीहरू किनिरहेका छन् । तर, हामी अब यो पेशा छोडने क्रममा छौं । वर्षमा एक पटकमात्र बनाएर केही हुनेवाला छैन । हामीहरूलाई धेरै प्रकारका सामानहरू बनाउन आउँदैन । दियो र कलश बनाउछौं र अब त्यो पनि मान्छेहरूले रेडिमेड किनेर प्रयोग गरिरहेका छन् । अहिले माटोको सामग्री बनाउने उपकरण पनि आइसकेको छ । रोजगारी गर्ने तरिका छ, तर मान्छेहरूमा चेतनाको कमी छ । कसरी आफ्नो सामानको प्रचारप्रसार गर्ने, कसरी आफ्नो पेशालाई आधुनिक रुपमा कालमा परिवर्तन गर्ने भन्ने ज्ञान छैन ।
ताराचन पडित
पकाहामैनपुर गाउँपालिका, पर्साबजारमा मान्छेहरू आइरहेका छैनन
बजारमा ग्राहक आइरहेका छैनन् । पहिला दिपावलीमा ५ दिन पहिलादेखि नै माटोको सामानहरू बिक्री हुन्थ्यो । तर, अहिले त्यस्तो छैन । बजारमा मान्छेहरूको भीड नै छैन । बजारमा सामान किन्न पनि मान्छेहरू आइरहेका छैनन् । पहिला आफ्ना पर्वहरूमा सबै घरपरिवारको मान्छेहरू एकसाथ हुन्थे । अहिले त्यस्तो छैन, जो मान्छे जहाँ छ त्यहीँ पर्व मनाइरहेको छ । अहिले मान्छेहरूलाई मात्र पैसा चाहियो, परिवार र पर्वसँग कुनै पनि मतलब छैन । पहिलाका मान्छेहरू माटोको सामग्रीलाई धेरै शुद्ध मानिरहेको थिए । सबैले माटोको सामानहरू प्रयोग गरिरहेका थिए । अहिलेको मान्छेहरू आफ्नो काममा धेरै व्यस्त भए । पूजा गर्न समय पनि छैन । दियो पनि इलेक्ट्रिक भए । अहिले मान्छेहरू दियोको धुवालाई शुद्ध मान्दैनन् । वातावरण प्रदूषण हुन्छ, बिरामी पर्छन् भन्छन् । दीपमा राखेको तेल राम्रो हुनु प¥यो, दियो माटोको हुनुप¥यो यसले स्वास्थ्य झन् राम्रो रहन्छ ।
रुपन पडित कुमहाल
बहुअरी, वीरगञ्जमाटोका सामग्रीको प्रयोग कम हुँदै गयो
यो माटोको सामग्री शुद्ध, स्वास्थ्य र खुशीको प्रतीक हो । पहिला मेरो गाउँमा सबैको घरघरमा माटोको सामग्री बनाइन्थ्यो । एकअर्काको हेरेर सिक्ने र बेच्ने गर्थे । बिहान उठेर मान्छेहरू माटोका सामग्री बनाउन जुट्थे । २÷३ महिना लगाएर सामग्री तयार गर्थे । खुशीका साथ सबैजना मिलेर बिक्री गरिन्थ्यो । अहिले हाम्रो गाउँमा दुईजनाले यो माटोको काम गर्छाैं । बिस्तारै माटोका सामग्रीको प्रयोग कम हुँदै गयो र बिक्री कम भयो । ग्राहक कम भए र सामग्री बनाउने मान्छेहरू पनि यो काम छाडेर आफ्ना अर्को कामतिर लाग्न थाले । अहिले आएर यसको महत्व र बिक्री सबै कम भइसकेको छ । पहिला कम खर्चमा नै सामानहरू बन्थे । पहिला गाईको गोबरलाई सुकाएर त्यसमा माटोको सामग्री पकाउने गरिन्थ्यो । माटो पनि सस्तो थियो । तर, अहिले त्यस्तो छैन, अहिले गाईबस्तु पाल्नै छोडेका छन् र अब काठमा पकाउने गर्छन् । यसको माटो पनि धेरै टाढाबाट मगाउनु पर्छ । यो माटोको धेरै महत्व छ । यो माटो शुद्ध हुन्छ र सामग्री बनाउन पनि सजिलो हुन्छ ।
सुनिल पडित
भेलाहा– ५, बिन्दबासिनी गाउँपालिका, पर्सा टायल्स र मार्बलको काम सिकेको छु
मेरो परिवारमा पुर्खादेखि नै माटोको सामग्री बनाउने चलन छ । त्यो चलनले हामीले पनि सिक्नु परेको छ । तर, पुख्र्यौली पेशा हो सिक्नु पर्छ भन्नेमात्रै छ । यसबाट जीवन धान्न धेरै नै गाह्रो छ । मैले पनि सामग्री बनाउन सिकेको छु । तर, आफ्नो जीवन चलाउनको लागि टायल्स र मार्बलको काम पनि सिकेको छु । हामीले दिनभरि घाममा खटिएर आफ्नो हातले सामग्री बनाउने गर्छौं । तर, पनि हामीले लगाएको मिहिनेत रे समयको मूल्य नै आउँदैन । जति पैसा हामीले बाहिर गएर मजदूरी गरेर कमाउछौं, त्योभन्दा पनि कम पैसा हुन्छ । हामीजस्ता युवाले आफ्नो धर्म संस्कृति, संस्कार र पेशा जोगाउनको लागि यो काम गरिराखेका छौं । हामी आफ्नो माटोसँग जोडिनु पर्दछ । माटोको सामग्री बनाउने उपकरण उपलब्ध गराउनु पर्दछ ।
हरिनारायण पडित
पकाहामैनपुर गाउँपालिका–२, पर्साअहिले माटोको महत्व हराइरहेको छ
म ३० वर्षदेखि लगातार माटोको सामग्री बनाउने र बिक्री गर्ने काममा लागेको छु । पहिला पनि हामी घण्टाघरको बजारमा आएर सामग्री बिक्री गथ्र्यौं । पहिला इलेक्ट्रिक पसलहरू धेरै थिएनन् । इलेक्ट्रिक दियोहरू पाइँदैनथ्यो । इलेक्ट्रिक सामान भएका कारणले हाम्रो व्यापार पूरै ठप्प भएको छ । माटोको दीप जलाउनु पर्छ भनेर भनिएको छ । तर, मान्छेहरूले यो कुरालाई बुझेका छैनन् । मान्छेहरूले तेलको महँगीले कारणले दियो जलाइरहेका छैनन् । तर, लक्ष्मीपूजाको दिन त्यो तेल र दियोको धेरै महत्व हुन्छ । पहिला मान्छेहरू माटोका सामग्रीबाटै पूजा गर्थे, खाना बनाउँथे । पहिला माटोका सामग्रीमा खानाहरू बन्थ्यो । त्यो खानाबाट मान्छेहरू बिरामी हुँदैनथे । पहिला मान्छेहरूले घरको सबै बत्ती बन्द गरेर घरको चारैतिर दियोले उज्यालो गरिन्थ्यो । अहिले घरको चारैतिर झालरबत्ती लगाई उज्यालो गर्छन् । पहिला मान्छेहरूको जीउमा यति रोगहरू थिएनन्, पहिला माटोको मट्काबाट पानी खाने चलन थियो । जसको कारणले हिजो मान्छेहरू स्वस्थ्य थिए । अहिले फ्रिजको जमेको पानी खाएर मान्छेहरूको जीउमा विभिन्न रोगहरू लाग्ने गरेको छ । माटोका सामानको महत्व हाम्रो पैराणिक कथाहरूमा छन् । अहिले माटोको महत्व हराइरहेको छ ।
शिवनारायण पडित
बिन्दबासिनी गाउँपालिका–५, पर्सापुख्र्यौली पेशा लोप हुँदै गएको छ
सानैदेखि सिकेको पेशा र परम्परा अब आएर अगाडि बढाउन सक्दैनौंजस्तो भएको छ । माटोको सामान बनाउने पुख्र्यौली पेशा लोप हुँदै गएको छ । सानैदेखि बनाउँदै आएको सामान बेच्न र जीवन चलाउन गाह्रो भएका कारणले मैले १० वर्षसम्म यो काम गर्न छोडिसकेको थिएँ । अहिले फेरि २ वर्षदेखि गर्न थालेको छु । यो काम नगर्नुको मुख्य कारण यसबाट राम्रो आम्दानी हुन सक्दैन । मिहिनेत धेरै लाग्छ । आफ्ना छोराछोरीहरूलाई यो काम सिकाउँदा सिक्दैनन् । छोराछोरी यो कामबाट केही फाईदा छैन भन्छन् । पुख्र्यौली पेशा भएर पनि उनीहरू यो काम चाहँदनन् । मेरो घरमा मपछि यो काम गर्ने मान्छे हँुदैन । यो पेशा मसँगै जान्छ । पहिलाका मान्छेहरू आफ्नो संस्कृति र संस्कार बुझिरहेका थिए । सामान ल्याएर खुशीको साथमा बेचिरहेका थिए । अहिले त्यस्तो केही छैन । पहिला मान्छेहरूले तिहारदेखि लिएर छठसम्म आफ्नो ढोकाबाहिर ठूला कलशहरू राख्थे । अहिले पनि जसको घरमा ज्येष्ठ मान्छेहरू छन्, उनीहरूले राख्न भन्छन् । तर, अहिले सानै कलश राम्रो लाग्छ भनेर सानै लग्छन र हामी पनि त्यहीअनुसार सानै निर्माण गर्न थाल्यो । माटोको सामानको शुरूवात भगवानहरूको पालाबाटै भएको मानिन्छ । श्रीकृष्णले मट्का फोर्न शुरूआत गर्नुभयो र उहाँबाट नै माटोको सामानहरूको निर्माण हुन थालेको उल्लेख छ ।
बिर्जु पडित
पकाहामैनपुर गाउँपालिका, पर्सानयाँ पुस्तामा चेतना जागृत गराउनु पर्दछ
हामी कुम्हालहरूको कर्म नै माटोको सामग्री बनाउने हो । पुर्खादेखि चल्दैआएको माटोको सामग्री बनाउने पेशा हामीले अहिले पनि जारी राखेका छौं । यो माटोले हामीलाई हाम्रो धर्मबाट जोडेर राख्छ । मान्छेहरू जति पनि आधुनिक भए पनि लक्ष्मीपूजाको दिन माटोको सामानको आवश्यकता पर्दछ । इलेक्ट्रिक सामानले घरमा जति उज्यालो गरे पनि मनमा शान्ति ल्याउन दियो बाल्नु पर्दछ । ग्राहकको आर्थिक अवस्था कमजोर भएको कारणले हाम्रो व्यापार पनि कम भएको हो । अहिले यो सामान थोरै भए पनि किनिरहेका छौं । हामीले बनाएका सबै सामान बिक्री हुन सक्दैन । जुन मान्छेले जति सकिरहेको छ, त्यति किनिरहेको छ । जुन जसलाई यो बनाउन आउँदैन त्यसले पनि अरूबाट किनेर बेचिरहेका छन् । तर, पछिल्लो पुस्ताले यो पेशा छोडिरहेको छ । उनीहरूलाई यसको महत्वबारेमा चेतना जागृत गराउनु पर्दछ ।