वीरगंज । ५८ औँ राष्ट्रिय बाल दिवसको अवसरमा “बालमैत्री समाजको अधारः जिम्मेवार परिवार उत्तरदायी सरकार‘‘ भन्ने नारासहित पर्साको बहुदरमाई नगरपालिकास्थित एक विद्यालयमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । बुधबार बहुदरमाई नगरपालिका वडा नं. ५ भौराटारस्थित श्री नेपाल राष्ट्रिय सीताराम महतो माद्यामिक विद्यालयमा ‘‘देश विकासमा बिधार्थीको भूमिका’’ विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो ।
कक्षा ६ देखि कक्षा १० सम्मका १० जना बिद्यार्थीहरुको सहभागीमा भएको उक्त वक्तृत्वकला प्रतियोगितामा कक्षा १० का छात्र विपिन कुमार प्रथम, कक्षा ८ की छात्रा सोनी गुप्ता द्वितिय, र कक्षा नौंका छात्र संदिप कुशवाहा तृतिय भएका थिए ।
त्यस्तै बालकक्षा देखि कक्षा पाँच सम्मका बालबालिकाहरुलाई उनीहरुको रुचि अनुसार विभिन्न बालमैत्री खेल खेलाइएको र बिजेताहरुलाई पुरस्कर, सिल्ड तथा प्रमाणपत्र वितरण गरिएको विद्यालयका प्रधानाध्यापक संजय कुमार महतोले जानकारी दिए ।
बालबालिकाहरुको ब्याक्तित्व विकासका लागि आयोजना गरिएको प्रतियोगिताका निर्णायक मण्डलमा शिक्षकद्वय प्रमोद साह, रामधार यादव, गौरीशंकर महतो, मुना साह र दिनेश प्रसाद रहेका थिए ।
प्रतियोगिता कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अशोक कुशवाहाले बालबालिकाहरु कुनै बीउभित्र लुकेर रहेको भावी बिरूवा रहेको सज्ञा दिदै उक्त बिरुवालाई राम्ररी स्यवहार गर्न सके उसले फल पनि राम्रो दिने बताएका थिए ।
विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष कुशवाहाको अध्यक्षतामा भएको कार्यक्रममा बिद्यालय व्यवस्थापन समितिका सदस्य, विधालयका शिक्षक, शिक्षिका, विधार्थी लगायतको उपस्थिति रहेको थियो ।