विपदमा स्थानीयको ज्यान जोगाउने काम स्थानीय सरकारको हो र त्यो गरीरहेका छौ । त्यसैगरी बाढी प्रभावित क्षेत्रको वातावरण दुषित हुने, पानीका मुहानहरु फोहर हुने हुँदा सवाधानी र सजगता नअपनाएर पानीजन्य हावा पानी र वातावरणबाट लाग्ने रोगहरुको बारेमा सचेतना मूलक कार्यक्रमहरु संचालन गरेमा अवश्य पनिस्वास्थ्य शाखामा ट्वाइलेटहरुको व्यवस्था सार्वजनिक मोवाइल ट्वाइलेट, स्वच्छ पिउने पानीको व्यवस्था पनि गराएका छौ । बाढीले कुन किसीमको क्षती गरेको छ । त्यहाँको अवस्था हेरेर महानगरपालिकाले सहयोग गर्ने गरेको छ ।
अहिले नेपालको तराई क्षेत्र बाढीका कारण डुवानमा परेको छ । जसका कारण सबै नागरीकहरु पिडित भएका छन् । बाढीका कारण सबै पानीका मुहानहरु र वातावरण दुषित भएका छन् । यस्तो अवस्थामा सबैले आफ्नो जीउ धनको सुरक्षाका साथसाथै स्वास्थ्यलाई पनि ध्यान दिनु पर्छ । डुवान क्षेत्रका घरमा पानी पसेका कारण पानी पिउन योग्य छैन । प्राय रोगहरु पानीको माध्यमबाटै लाग्ने भएकाले त्यस्तो पानीलाई हामीले शुद्धिकरण गरेर खानु पर्छ वा त पानीमा पियूस वाटर गार्ड जस्ता औषधीहरुको प्रयोग गरेरमात्रै प्रयोग गर्नु पर्छ । अनिमात्र झाडापखाला, आऊँ, हैजा जस्ता सरुवा रोगहरुको महामारी बाट बच्न सक्छौ । त्यसैगरी हामीले लगाउने कपडालाई राम्ररी घाममा सुकाएर मात्रै लगाउने, चर्पीलाई सफा राख्ने, चर्पीको प्रयोग पछी राम्ररी सावुन पानीले हात धुने गर्नु पर्छ । त्यसै गरी फोहोर छोए पछि राम्ररी सावुन पानीले हात धुनु पर्छ । आफ्नो घरवरीपरीको वातावरण सफा राख्नु पर्छ । अन्यथा बाढी पिडीत मात्र नभई यस्ता महामारीबाट जो कोही पनि पिडित हुन्छौ । यदि यस्ता रोगहरु लागि हालेमा स्वास्थ्य चौकी वा अस्पतालमा स्वास्थ्य परिक्षणका लागि जानुपर्छ । अनिमात्र हामी यस्ता रोगहरुबाट सुरक्षीत हुन सक्छौ ।
वर्षाको समयमा यस्ता समस्याहरु आईनै रहन्छन् । किनभने यस्तो समयमा पानीका कारण मरेका जिवजन्तुहरु र फोहरहरुका कारण नालाहरु जाम हुने गर्छ । त्यसैले गर्दा नयाँ नयाँ ब्याक्टेरीयाहरु उत्पन्न हुन्छन् । जस्ले विभिन्न प्रकारका सरुवा रोगहरु सार्ने गर्दछ । त्यसकारण हामीले पहिला आफू बसेको ठाउँको सरसफाई गर्नु पर्दछ । त्यसै गरी दैनिक सरसफई र खानपिनमा पनि विशेष ध्यान पु¥याउनु पर्छ । आफ्ना घर वरिपरी ब्याकटेरीयाहरु मार्ने किट्नासक औषधीहरुको प्रयोग गर्ने ।
अनन्त क ुमार श्रेष्ठ
वर्षायाममा बाढीका कारण पानीका मूहान तथा घर तथा वरपरको वातावरण फोहर हुने गर्दछन् । जसका कारण विभिन्न किसीमका रोगहरु देखा पर्दछन् । जस्तै टाईफईड, हैजा, आँखा पाक्ने, झाडापखाला आदि । यि रोगहरुबाट बालवालिकाहरु धेरै प्रभावीत हुन्छन् । यस्ता माहामारीहरु बाढी आएको ८÷१० दिन पछि सुरु हुने भएकोले महामारीबाट बच्नका लागि पानी शुद्धिकरण गरेर नभए उमालेर खुवाउने । यस्तो अवस्थामा सवै वातावरणहरु फोहरण हुने हुँदा सफा खाना भए खाना नभएमा सुख्खा खाना (ड्राईफूड) को प्रयोग गर्दा राम्रो हुन्छ । यस्तो बेलामा सबैले सरसफाईमा धेरै भन्दा धेरै सर्तकता अपनाउनु पर्छ । सके सम्म यस्तो बेलामा पानी कम खाने र तर शुद्ध खाने किनभने हाम्रो सानो लापर्वाहीले ठूलो रुप लिन सक्छ । त्यसैले खाना र पानीमा एकदमै ध्यान पु¥याउनु पर्छ । यसपछाडी भनेको सामाजिक सेवामा समर्पित संघ संस्थाहरुले पनि स्वास्थ्य र सरसफाई सम्बन्धी जनचेतनाहरु पmैलाउनु पर्छ । बाढी प्रभावित क्षेत्रमा देखिने सरुवा रोगहरु सानो लपरवाहीले पनि महामारीको रुप लिने हुँदा आवश्यक स्वास्थ्य सामाग्री, औषधीको प्रबन्ध मिलाउनु पर्छ ।
धर्मेन्द्र दास
बाढी एउटा प्राकृतिक प्रकोप भए पनि यसबाट विभिन्न रोगहरु महामारीका रुपमा फैलने गदर्छ । बाढीका कारण वातावरण फोहोर हुनुका साथै पानीका मुहानहरु पनि दुषित हुने, पानीको बहावसंगै मृत प्राणीहरु पनि बगेर आउने हुनाले यसबाट थुप्रै शरुवा रोगहरु लाग्ने सम्भावना हुन्छ । ती मध्येका आउ, हैजा, झाडा पखाला, रुघाखोकी ईत्यादी रोगहरु एकदमै छिटो लाग्ने र अरुमा पनि छिटै सर्ने भएकाले हामीले स्वास्थ्य प्रति एकदमै शर्तकता अपनाउनु पर्दछ । यस्तो अवस्थामा पानीलाई उमालेर अथवा पानी शुद्धिकरण गरेर मात्रै खानु पर्दछ ।जथाभावी फोहोर गर्नु हुदैन । आफु वस्ने ठाउँ र वरपरका वातावरण सकेसम्म सफा गर्नु पर्दछ । गाउँका कयौ व्यतिmहरुलाई यस्ता रोगहरु लाग्न नदिन वा लागि सके पछि के गर्ने भन्ने विषयमा जानकारी नहुनाले यस विषयमा जनचेतनामुलक कार्यक्रमहरु गर्नु पर्दछ । यदि आफु यस्ता रोगरुबाट ग्रसित भएमा राहतका लागि खटिएका व्यतिmत्वहरुसंग सहयोग र सल्लाह माँगी तुरुन्तै औषधीको सेवन गर्नु पर्दछ ।