अमेरिकी विकास अनुदान राष्ट्रघाती सम्झैताको विरोधमा देशभर आगो सल्कि रहेको वेला नेतृत्वका राष्ट्रघाती सम्झौताले सैन्य सम्झदारी (एसएसपी) मा हस्ताक्षर गर्न निकै हतारीएको छ । नेपाल र नेपालीको भविष्य दिगो र सुनिश्चित हुन नदिन तथा अन्तर्राष्ट्रिय द्धन्द्ध वढाउन अमेरिकी दलाल देउवा सरकार दारा हुन लागेको अमेरिकी स्टेट पार्टन र सिप प्रोभाम सम्झौता हस्ताक्षवाट नजिकैको छिमेकी चीन अति दिएर आक्रोमित र रुष्ठ भएको छ । देशभक्त सधै संचार माध्यम नेपाली जनता र राजनीतिक शक्तिहरुवाट यतिखेर अमेरिकी सैन्य साझेदारी प्रस्तावको चौतर्फी विरोध भइरहेको छ । नेपाल सरकार यथार्थता लुकाएर सूचना गोप्य राखेर नेपाली जनताहरुलाई भ्रममा पार्ने प्रयासका साथ छक्याएर एपीपी सझौतामा हस्ताक्षर गर्न तयार छ ।

सत्तासीन र सत्तापाहिर रहेका कम्युनिस्ट पार्टि र शक्तिका नेताहरु अमेरिकी दलाल र कर्मचारी बनेर एमसीसी जस्तै गरी एपीपी मा हस्ताक्षर गर्ने तर्खरमा छन् । संसद न काग्रेस, न कम्यु न सवै अमेरिकासँग सैन्य साझेदारी गर्न लालयित देखिएका छन । यहि हो विनास कमले विपरित बुध्दिा एसपीपी संझौतामा हस्ताक्षर भएमा नेपाल पूर्ण रुपमा अमेरिकाको पुर्ण उपनिवेश हुनुवाट राक्न चाहेर पनि सकिदैन । तसर्थ यो प्रस्तावलाई हस्ताक्षर हुन नदिएर तुहाउन जरुरी रहेको राजनितिक र कुटनितिक विश्लेषकहरुकोे सुझाव र एसपीपीमा नेपाली सेनाको परमा प्रति एवं राष्ट्रपति विधादेवी भण्डारीले पनि चासो राख्नु भएको छ । सैनिक सहयोगको ढोकावाट छिरेर नेपालमा अमेरिकी सौनिकको ब्यारेक राख्ने अमेरिकी प्रस्ताव हो । एसपीपी यो इण्डोप्यासेफिक अमेरिकी रणनितिको अंग हो । यो नेपालमा सैन्य अखडा राख्ने र युक्रेनमा जस्तै आक्रमण नेपालमा पनि कायम राख्ने अत्यन्तै खराव प्रस्ताव हो । देशभक्त नेपालीहरु एक जूट भएर सशक्त रुपमा सडक संघर्षमा कतिपनि विलम्व नगरी उजनु पर्ने वाध्य समय आइ सकेको छ ।
विश्व राजनीति इतिहासमा आजसम्म सानो तर सामजिक दृष्टिकोणले अति महत्वको देश नेपाल अव उपनिवेश र द्धन्द्ध भूमि हुदैछ । अमेरिकी दलाल नेपालका पार्टि नेता र कर्मचारीहरुको हात, खुट्ठा काटन नेपालीहरु तत्काल तयार नहुने हो भने परिस्थिति अति दुर्भाग्यपूर्ण वन्ने छ । धेरै देशभक्त नेपालीहरुको ज्यान जान सक्दछ । आफु र आफ्नो देशलाई सुरक्षित राख्न नेपालीहरुले राष्ट्रघाती गठवन्धन सरकारलाई ढाल्नु वाहेक अर्को विकल्प छैन । गठवन्धन सरकारले भ्रष्टाचार महँगि वढाएर आर्थिक संकट गराएर सजिलैसँग नेपाललाई अमेरिकी उपनिवेश वनाउने तर्खर गरिरहेको छ । अमेरिकी प्रभाव अहिलेकै रफ्ता । मा वढ्यो भने हामी नेपालीले निश्चित रुपमा इराक, अफगानस्तानको जस्तै दुर्भाग्यपूर्ण नियति भोग्नु पर्ने हुन्छ । अव अमेरिका आयो भन्नुु भन्दा पनि काल सल्क्यो भनेर बुझे हुन्छ ।
नेपालका सत्तासीन दलहरु तथा अमेरिकाको खराव नियतवाट हामी नेपाली सवैले खराव नियति भोग्नु पर्दछ । वेलैमा बुध्दि पु्याएर अमेरिकी साम्राज्यवाद र नेपालका संसदवाद दलाल नेताहरुको विरुध्द भीषन सडक संर्घषमा उत्रियौ भने दूभाग्य, अनिष्ट, उपनिवेश वन्ने, वनाउने कर्तृत निर्मूल हुन पनि सक्दछ । प्राकृतिक संकट, आर्थिक संकट परेको वेला स्वतन्त्र राष्ट्र विलय हुने, उपनिवेश वन्ने प्रबल सैभावना हुन्छ । अहिले नेपालको स्थिति यहि छ । अस लग्न परराष्ट्रनीति प्रतिकुल हुने काम एमसीसी संझौतावाट भइ सकेको छ । नेपाल यतिखेर राष्ट्रियताको हिसावले एकदम कमजोर अवस्थामा रहेको छ । नेपाली जनताहरुले आफ्ना व्यक्तिगत सबै काम छाडेर राष्ट्रलाई जोगाउन अमेरिकी प्रस्ताव एपीपीको विरोधमा उत्रिएर यसलाई अलविदा गर्न नितान्त जरुरी छ तवमात्र हाम्रो भाग्य र भविष्य सुनिश्चित हुन सक्दछ ।
एसपीपी नेपालका लागि महाकाल हो । जीवन मरणको सवाल हो । नओकल्नु्, ननिल्नु हो तसर्थ देशलाई हानी नोक्सानी हुने कुरा कहि कतैवाट नदिन वेलैमा अधिकतमा अधिकतम रुपमा रोक्ने प्रयासका लागि चौतफी विराध, दबाव, हस्ताक्षप, प्रतिवन्ध लगाउनु पर्दछ । सर्वभौम देशभक्त नेपाली जनताहरु देशका रक्षक हुन । राजनीतिका निर्णायक र परिवर्तनका सेवाहरु शक्ति हुन । एसपीपी र जाने मिशन होइन । यो नेपाललाई निलेर बाँच्ने अमेरिकी खतरनाक मिशन हो । यो सिंगो राष्ट्रका लागि कलंक हो । एसपीपी प्रस्ताव राष्ट्रघाती हो भने यस्का समर्थकहरु दलाल हुन । अव हामी न रहे वाँस, न वजे वासुरी भने झै एसपीपी प्रस्ताव ल्याउने अमेरिका र प्रस्तावका समर्थक दलालहरुको उमेर अन्तेष्टि गर्न पछी हट्नु हुदैन । राष्ट्रियता र देश भक्ति हाम्रो अपार शक्ति हो । देशभक्तिपूर्ण वलिदानी संघर्षले कहिले हार खादैन । देशलाई उपनिवेश र द्धन्द्ध भूमि हुन दिदैन । ऊँ शान्तिमा हाम्रो अधिकतम मलाइ छ । देश भक्तिको झण्डा फर फराएसम्म शान्ति देश र जनताको रक्षा भइरहन्छ । पापी, अपराधी, राष्ट्रघातीको सर्वनाश, सत्यानाश हुदै जान्छ । यो कुरा सत्य र यर्थाथ हो । नेपालमा राजनीति पाप, अपराध र ज्यादति अति वढेको छ ।
अति गर्नेको खति निश्चित हुन्छ । महा भारतमा कौरव र पाण्डवको झै भीषण लडाइ हुन अव नेपालले खोजी रहेको छ । एसपीपी संझैता पछि अमेरिकी सेना हवाइ जहाजवाट आउने, नेपालको सैनिक व्यारेक कब्जा गर्ने सैनिक अभ्यास गर्ने, अमेरिकाले सेनाको अभ्यास र पुर्वाधार निर्माणमा ५० करोड अमेरिकी डलर अनुदान, अमेरिकी अनुदान ५ वर्षसम्म रहने मानिएता पनि निरन्तरता पाउने, नेपाल सरकारले अमेरिकी सेनालाइ कर छुटदिनु पर्ने, पुर्ण अर्थमन्त्री डा.प्रकाशचन्द लोहनीले आजको जस्तो असन्तुलित र तनाव ग्रस्त विश्वमा कुनै पनि तहमा विदेश नीतिमा नेपालको उत्ताउलोपन र गैरजिम्मेवारी देखिएको देशको अस्तित्वकै लागि यो ठुलो संकट हुने स्पष्ट छ । भने झै हुन खोज्दै छ । देशमा आउन सक्ने संकटलाई नजरअन्दाज गरिएको छ ।
शासन सत्ता, व्यवस्था सवै अस्तव्यस्त छ । नेपालको असल छिमेकी चीनलाइ चिढाएर नेपालका भ्रष्ट र राष्ट्रघाती शासक, प्रशासक, सैनिक र प्रहरी अधिकृतहरु अघि बढन खोजेका छन । चीनको आर्थिक शक्तिको नयाँ रुप सैन्य शक्ति विस्तार र युध्द प्रविधिको विकासमा स्पष्टा देखापरेको छ । आर्थिक शक्तिको व्यापक विस्तार सैनिक सकतामा व्यापक वृध्दि एवं दुवै शक्तिलाई आफ्नो राष्ट्रिय स्वार्थ र सुरक्षाका लागि आवश्यक परे प्रयोग गर्न तयार हुने रणनीतिका कारण चीन अमेरिका सँग टक्कर लिने अर्को महाशक्ति सम्पन्न राष्ट्रका रुपमा देखापरेको छ । अमेरिकी गलत नीति र व्यवहारका कारण विश्व नै अमेरिकासँग चिढिएको छ ।
देखावटी रुपमा अमेरिका र भारत मिलेका छन । एसपीपी नेपालले हास्ताक्षर गर्ने वित्तिकै चीनले अमेरिका विरुध कडा प्रतिक्रिया जनाउने नै छ । नेपालमा वसेर चीनलाई दुःख दिने चीनलाई घेर्ने घातक रणनीतिको अभ्यास अमेरिकाले दशकैं देखि गर्दै आइ रहेको हो । अमेरिकी प्रभाव नेपालमा वढने वित्तिकै चीन सशँकित हुनु स्वभाविक हो । अव चीन सिदियो भने नेपालको हाल के हुन्छ ।