वीरगंज । आफ्नै केन्द्रिय नेताका विरुद्ध फ्याट्ट मुख खोलेर भन्न नसके पनि सत्ता गठबन्धन दलका स्थानीय नेता कार्यकर्ता अहिले मतदातासँग भोट माग्न घर–घरमा गइरहेका छन् । तर उनीहरु आफ्नै चुनाव चिन्नमा भोट माग्न भने अलि हिच्किचाउँछन् । परबाट देखिने गरी आफ्नै चुनाव चिन्न अंकित व्यानर बोकेर घरदैलो कार्यक्रम गरिरहे पनि उनीहरु मतदातासँग आफ्नै पार्टीको चुनाव चिन्नमा भोट माग्न भने खुलेर नसक्ने भएका हुन् ।
गठबन्धन दलका नेता कार्यकर्ताले पार्टीको नीति र सिद्धान्त अनुसार आफ्नै पार्टीको चुनाव चिन्नमा भोट दिनुस् भनी जनता माझ सिधै भोट माग्न नसक्नुको कारण बनेको छ ‘गठबन्धन’ नामको गलपासो । केन्द्रका नेताहरुले गठबन्धनकै आधारमा स्थानीय तहको निर्वाचनमा पनि जाने सहमति गरेपछि स्थानीय नेता कार्यकर्तालाई भने जनतासामु जान सहज छैन । गठबन्धन गर्दा रुखमा भोट माग्नेले नै तिरमा वा हसिया हतौडा या कलम के मा दिनु पर्ने हो ? आफै प्रष्ट हुन नसकेको समयमा उनहरुले फेरि पनि जनतालाई झुक्याउने प्रष्ट भएको छ ।
आफ्नै चुनाव चिन्न बोकेर पनि अरुको चुनाव चिन्हमा भोट हाल्ने नेता कार्यकर्ताले मेरो पार्टीको सिद्धान्त यो हो भन्नु लाज पचाउनु पर्ने दिन नजिकिदै छ । देशकै सबैभन्दा पुरानो पार्टी दावी गर्ने सत्ता नेतृत्वकर्ता नेपाली काँग्रेसका स्थानीय नेता कार्यकर्ता पनि अहिले ठाडै रुखमा भोट माग्न हच्किदैछन् । खुलेर बाहिर मिडियामा भने उनीहरु आउँदैनन् । बरु घरदैलो गर्र्नुपूर्व मन्दिरको शरण परी अभियानमा जुट्दै गरेको पनि भेटिएको छ ।
‘स्थानीय तहको निर्वाचनमा समेत हाम्रो पार्टीको चुनाव चिन्हमा भोट दिनुस् भनी मतदातासँग भोट माग्न नसक्ने दलका स्थानीय नेताहरुले भोलीका दिनमा मेरो पार्टीको सिद्धान्त यो हो भन्न सक्ने नैतिक धरातल गुमाउने राजनीतिक विश्लेषकहरुले बताए । कांग्रेस या जनता समाजवादी ( जसपा ), माओवादी अथवा एस पार्टी जे भने पनि उनीहरु गठबन्धनमा गए के को पार्टीको नीति अनि सिद्धान्तको कुरा ? उनीहरुले तर्क गरे । घर दैलो कार्यक्रममा सहभागी मध्ये केन्द्रको राजनीतिक हावा बुझेका नेता घरदैलो कार्यक्रममा अगाडी अलि सर्न हिच्किचाएका छन् । पुरानो पार्टी नेपाली काँग्रेस वीरगन्ज महानगरपालिका वडा नम्बर ६ का नेता कार्यकर्ताको घरदैलो कार्यक्रममा पनि बुझ्ने केही नेताले ले के भनेर भोट माग्ने भनी आफै तर्क गरे ।
घरदैलो कार्यक्रममा सहभागी कांग्रेसका पुराना नेता मध्येका वीरेन्द्रलाल नेपालीले पनि चुनाव चिन्नका बारे नसोधौं भनी पन्छिन खोजे । स्थानीय तहको निर्वाचनमा समेत गठबन्धनका कुरा हुनु लोकतन्त्रको उपहास अर्थात पार्टी मापन पनि हुन नपाउने संस्कारको थालनी भएको अर्का नेताले पछाडीबाट आफै बताए । पर्सा काँग्रेसका पूर्व सभापति राजेन्द्र बहादुर अमात्य भने मिडियाकर्मी नजिक नपरी लुसुक्क घरदैलोमा निस्केको हुलमा मिस्सिदै अघि बढे ।
चुनावपछि गठबन्धन गरे भै गो नि
चुनावी घरदैलो कार्यक्रममा निस्कने जनता समाजवादी पार्टी र नेकपा माओवादी केन्द्र तथा एकिकृत समाजवादी पार्टीका थोरै पनि राजनीति बुझेका नेता कार्यकर्ता अहिलेको निर्वाचनमा चुनाव चिन्ह बारे खुलेर बोल्दैनन् । सत्तामा जसरी पनि टिकिराख्नु पर्छ भन्ने केन्द्र तहका नेताहरुको कारण अस्तित्वको लडाईं लड्ने भूईं तहका कार्यकर्ता गठबन्धनकै पक्षमा मात्र छैनन् । जितेर गएर गठबन्धन गरी काम गरे भै गो नि । जनताका अगाडी जान पर्ने स्थानीय नेता कार्यकर्तालाई अप्ठ्यारो पार्ने गरी पार्टीकै मात्र लाइन मान्ने तयारीमा पनि सबै नभएको स्थानीय बुद्धिजिबीहरुले पनि बताए ।
‘सबै अट्ने देश, सबैलाई समेट्ने कांग्रेस’ भनी कांग्रेसको व्यानरमा लेखिए झंै एमालेसँग एक्लै लड्न नसकी गठबन्धनको नाममा लोकतन्त्रलाई कांग्रेसले पनि सहि रुपमा प्रयोग गर्न नसकेको पनि उनीहरुको तर्क छ ।