वीरगंज । सरकारले आगामी बैशाख ३० गते स्थानिय निकायको निर्वाचन तोकेको समय नजिकिंदै जाँदा पार्टी त्याग र प्रवेशको लहर ह्वात्तै बढेको छ । मधेश प्रदेशको एक मात्र महानगरपालिकाको ।रुपमा रहेको पर्सा जिल्लाको वीरगंज महानगरपालिकामा राजनितिक खिचातानी झन बढी देखिन्छ ।
वीरगंजको राजनितिमा महत्वपुर्ण दख्खल राख्ने नेताहरुको अहिले एक पार्टी छोडेर अर्को पार्टीमा प्रवेश गर्ने लहर चलेको हो । यसैबिच केहिदिन अघी नेकपा एमालेमा प्रवेश गर्ने तयारी गरेको लोकतान्त्रीक समाजवादी पार्टी (लोसपा) का नेता राजेशमान सिंह लगातको टिम जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गर्ने पक्कापक्की भएको छ । जसपाका सांसद प्रदिप यादवको निरन्तर संवाद र छलफलपछी सिंह र उनको टिम जसपामा प्रवेश गर्ने पक्का भएको हो ।
वीरगंजमा मधेश आन्दोलनका मुख्य कमाण्डरको रुपमा चिनिने सिंह र सांसद यादवविचको तालमेलले वीरगंजको राजनितिमा पुनः एक पटक भुईचालो आउने खेखिन्छ । दुई साताअघी मात्रै राजेशमान सिंह लगातको टिम काठमाडौंमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसंग भेटघाट गरेपछी त्यहाँको राजनितिमा ठुलो उथल–पुथल हुने संकेत देखिएको थियो ।
ओलीसंग सिंह लगायतको नेताहरुको तस्विर सार्वजनीक भएपछी उनिहरु एमालेमा प्रवेश गर्ने चर्चा चलेको थियो । नेता सिंहले पत्रकार सम्मेलनमार्फत पनि आफू एमालेमा जान लागेको औपचारिक रुपमा घोषणा गरिसकेका थिए । तर एक साता पहिला अचानक ओली वीरगंज आएर जनता समाजवादी पार्टी (जसपा) बाट निर्वाचित भएका वीरगंज महानगरपालिकाका मेयर बिजय कुमार सरावगीलाई पार्टी प्रवेश गराएका थिए ।
मेयर सरावगी आगामी स्थानिय निकायको निर्वाचनमा स्थानीय तहमै लड्ने योजनासहित एमाले प्रवेश गरेर थाहा पाएपछि वीरगंजको मेयर पदमा लड्ने योजना बनाएका सिंहलाई मेयरलाई ओलीले गराएको पार्टी प्रवेश गराएको कदमले सिंहलाई ठुलो झ्टका लाग्यो । मेयर सरावगीकोे एमाले प्रवेशसंगै नेता सिंहले आफ्नो रणनिती परिवर्तन गरेर आफू भ्रष्ट मेयरसंग बस्न नसक्ने भन्दै जसपा प्रवेश गर्न सांसद प्रदीप यादवसंग संवादमा जुटे । अनन्तः पार्टी अध्यक्ष उपेन्द्र यादव तथा संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईको विशेष उपस्थितिमा नेता सिंहको टिम वीरगंजस्थित टाउन हलमा चेत्र ७ गते भोली(मंगलबार) जसपामा प्रवेश गर्ने नेता सिंहले बताए ।
होली पर्व पुर्व नेता सिंह र जसपा सांसद प्रदिप यादवबिच पटक–पटकको संवाद पछी उनी सोमवार वीरगंजमा वृहत वार्टी प्रवेश कार्यक्रमको आयोजना गरी जसमा प्रवेश गर्ने कार्यक्रम तय भएको हो । नेता सिंहसंगै, प्रेमबाबु पटेल, मुकेश द्विवेदी तथा केही वडाका निर्वाचित वडाध्यक्ष लगायत हजारौंले पार्टी प्रवेश गर्ने नेता सिंहले बताए ।