‘नेवता’ भोजपुरी भाषाको शब्द हो । नेवता शब्दको शाब्दिक अर्थ अन्य भाषाहरुमा निम्ता वा निमन्त्रणा हुन आउंदछ तर भोजपुरी भाषी क्षेत्रमा नेवता शब्द जुन अर्थमा प्रयोग हुन्छ त्यो अन्य भाषाहरुका निम्ता वा निमन्त्रणा शब्दको प्रयोग भन्दा भिन्न हुन्छ । कुनै सामाजिक वा पाविारिक उत्सव जस्तै विवाह, ब्रतबनध, उपनयन, बधू प्रवेश, पास्नी, जन्मदिन,विवाहको वार्षिकोत्सव, नवगृह प्रवेश तथा सत्यनारायण भगवानको कथा, अष्टयाम, लखराँव आदि धार्मिक अवसरमा आफ्ना हित, कुटुम्ब, साथी भाइ तथा आफ्न्तहरुलाइ निम्ता दिइन्छ । त्यस्तो अवसरहरुमा निम्ता मान्न जाने परम्परालाइ शिष्टाचारको पालनाको रुपमा लिइन्छ । यस्ता अवसरहरुमा आफ्नो गच्छे अनुसार पाहुनाहरुलाइ भोज दिने गरिन्छ । आमन्त्रित पाहुनाहरु मिठो मानी भोज खान्छन, मोज मस्ती गर्दछन, नाँचगान हुन्छ अनि विदा हुन्छन । निम्ता मान्न जाने बेलामा अवसर विशेषमा पाहुनाहरुले आफ्नो साथमा नगद वा जिन्सीको रुपमा उपहार पनि लाने गर्दछन जुन प्रायः औपचारिक हुन्छ परम्पराको फगत पालनाको रुपमा मात्र । यस्ता किसिमका निम्ताका उत्सवहरु केहि बेर, क्षण वा घण्टाको मात्र हुन्छ जसमा पाहुनाहरु सरिक भएर तिता मिठा सम्झना लिएर आआफ्नो घर फर्किन्छन तथा केहि दिन मै त्यो घटना विस्मृत हुन्छ ।

तराइको भोजपुरी भाषी क्षेत्रमा पारिवारिक वा सामाजिक उत्सवका अवसरमा आफ्न्त वा हित मित्रहरुलाइ त्यस अवसरको केहि हप्ता पहिले नै पत्र वा कार्ड पठाएर निम्ता दिइन्छ जसलाइ भोजपुरी भाषामा ‘नेवतल’ भनिन्छ । जसलाइ नेवता पठाइन्छ त्यस मानिसलाइ ‘नेवतहरी’ भनिन्छ । शुभ वा अशुभ अवसरमा केहि हप्ता पहिले नै नेवता पठाउनुको विशेष अर्थ रहेको हुन्छ । नेवतहरी खाली हाथ जान सक्दैन । नेवतहरी नेवता लिएर जादा कम्तिमा केहि रसद, लुगा तथा नगद लिएर जानु पर्ने हुन्छ । रसदको रुपमा कम्तिमा एक दउरा चामल वा चिउरा तथा एक हाँडी दही भरियालाइ भार बोकाइ लानु पर्ने हुन्छ ।
त्यस्तै विवाह, ब्रतबन्ध, उपनयन जस्ता शुभ अवसरमा विवाह हुने बेहुला वा बेहुलीकोलागि क्रमशः गंजी, कुर्ता र मर्दानी(धोती) तथा सारी, साया, व्लाउज र सृंगारका सामान लानु पर्ने हुन्छ । त्यस्तै गमीको नेवता (श्राद्धमा) कम्तिमा एक दउरा चिउरा , एक हाडी दही तथा पगरीकालागि मलमलको(एक किसिमको लुगा विशेष, जसको रङ्ग सेतो हुन्छ) लुगा लानु पर्दछ । स्मरणिय तथा सुखद कुरा के हुन्छ भने बाबुको मृत्युको ते¥हौं दिनको श्राद्धमा घाटमा सोरह श्राद्ध सम्पन्न भइसकेपछि आंगनमा शुभकर्म तथा गौरी गणेशको पूजा र सूर्यलाइ अघ्र्यदान पछि यज्ञकर्ता (प्रायः मृतकको जेठो छोरा)को अँजुरी भरिन्छ जसमा नेवतहरीहरु नगद राखेर शिरमा पगरी गु“थी दिन्छन । देशको राजाको निधन पश्चात युवराज राजाको पदमा अभिसिक्त भए झैं घरको मूलीको निधन पश्चात जेठो छोरालाइ इष्टमित्र, छर छिमेक, आफन्त कुटुम्बको रोहबरमा घरको मूलीको पदमा अभिसिक्त गरिन्छ । राजालाइ विश्वभरिका राजाहरुको उपस्थितिमा श्रीपेंच लगाइ दिए जस्तै उसलाइ पनि इष्टमित्र, छर छिमेक, आफन्त कुटुम्बको रोहबरमा पगरी लगाइ दिइन्छ ।
अन्य भाषाको निम्ता वा निमन्त्रण झैं भोजपुरी भाषी क्षेत्रको नेवता घडी, पला वा घण्टाको न भइ कम्तिमा तीन दिनको हुन्छ । भोज प्रमुखतया दुइ किसिमको हुन्छ । कची तथा पकी भोज । कची भोजमा सिद्धान्न जस्तै दाल, भात , तरकारी, भुजिया, पापड, अ“चार तथा विभिन्न किसिमका झूरी, मस्यौरा, तिस्यौरी, पकौडा र बारा हुन्छ । यस्तो कची भोजको सुरुमा सुद्ध घिउ तथा अन्तमा दही दिनु अनिवार्य हुन्छ । त्यस्तै पकी भोजमा पक्वान्न जस्तै दही चिउरा, चिनी, नुन, हरियो खुर्सानी तथा गच्छे अनुसारका मिष्टान्नका प्रकारहरु आवश्यक रहेका हुन्छन । कची भोज स्वजातिय तथा पकी भोज परमीन(आफू भन्दा इतरको जात)लाइ दिनु आवश्यक रहेको चलन चल्ती छ । धार्मिक भोजमा भने ब्राह्मण अथीतलाइ पकी भोज दिने चलन रहेको पाइन्छ । भोज पछि अजुरीमा नेवता दिन नभ्याएका जनसाधारणहरुले भोज पछि नगदको रुपमा दिन्छन तथा बहीमा लेखाउदछन पनि ।
नेवता भनेको आफन्तको दुख तथा सुख दुबै अवसरमा साथमा सामेल हुनु हो । दुबै अवसरहरुमा भोज लामो समय सम्म चलिरहेको हुन्छ जसमा नेवतहरीहरुले ल्याएको चामल, चिउरा तथा दही जस्ता जिन्सी पदार्थहरुको प्रयोग हुन्छ । यज्ञ समाप्त भए पछि यज्ञकर्ताले नाँच, बाजा, हल्वाइलाइ पैसा तिर्नु बाँकी रहेको हुन्छ, नेवतहरी पाहुना, पहुनीहरुको विदाइ तथा यज्ञमा खटेका ज्यामी, मजदूरहरुको ज्याला मजदूरी दिनु पर्ने हुन्छ । यस्तो स्थितिमा यज्ञकोलागि जोहो गरिएको अनुमानित रकम जस्तो सुकै धनी वा गरीब गृहस्थ भए पनि सिद्धिइ सकेको हुन्छ । यस्तो स्थितिमा नेवतामा आएको नगद रकम काम लाग्दछ । त्यहि नेवतामा आएको रकमले त्यस्ता अदृष्ट गर्जो टर्ने गर्दछ । भोजपुरी भाषी देहाती समाजमा नेवताको यस प्रकारको चलनलाइ दूरदर्शी परम्पराको रुपमा लिनु पर्दछ जसले समाजमा सौहार्द तथा आत्मियता र भाइचारा बढाउनमा ठूलो सहयोग पु¥याएको हुन्थ्यो र हुन्छ पनि ।