वीरगंज । जनता समाजवादी पार्टी पर्साको अध्यक्षमा प्रदेश सांसद मंजुर अंसारी उर्फ अब्दुल रहीम सर्वसम्मतले चयन भएका छन् । जिल्ला समन्वय समिति पर्साको सभा हलमा आईतबार बसेको जिल्ला तदर्थ समन्वय समितिको बैठकले जिल्ला अध्यक्ष रामनरेश यादवलाई हटाएर प्रदेश सांसद अंसारीलाई सर्वसहमतीले जिल्ला अध्यक्षमा चयन गरेको हो ।
विगत ३ वर्ष अगाडि संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी बिच पार्टी एकिकरण पश्चात तत्कालिन जिल्ला अध्यक्ष एवम् संघीय सांसद प्रदीप यादव पार्टीबाट निलम्बित हुँदा केन्द्रिय कार्य समिति र जिल्लाको समर्थनले रामनरेश यादवलाई जिल्ला तर्दथ समन्वय समितिको अध्यक्ष बनाएको थियो । उतिबेलादेखी नै जिल्लामा पार्टीको गतिविधी सही नभएको निष्कर्ष निकाल्दै जसपा जिल्ला तदर्थ समिति पर्साले गएको पुस २५ गते २४ घण्टाभित्र विशेष जिल्लाको उपस्थितिको बैठक बोलाउन मांग गरेको थियो । तर बर्तमान अध्यक्ष यादवले एकलौटी ढङ्गले अगाडी बढेको तर्दथ समितिले निष्कर्ष निकाल्दै बहुमतको आधारमा अंसारीलाई जिल्ला तर्दथ समन्वय समिति पर्साको अध्यक्ष बनाएको हो ।
जसपाका विधान अनुसार तर्दथ समितिको सामान्यता ६ महिनाको हुन्छ । आवश्यकता अनुसार बढिमा एक वर्ष मात्रै लम्बयाउन सकिन्छ । त्यसपछि नयाँ अधिवेशन मार्फत नयाँ नेतृत्व चयन गर्नुपर्ने हुन्छ । तर विधानको नियम विपरित विगत ३ वर्षदेखी रामनरेश यादव नै पार्टी चलाउँदै आएको जसपाका उपाध्यक्ष बासुदेव यादवले आरोप लगाए । तदर्थ समितिका बहुसंख्यक पदाधिकारी तथा सदस्यहरुले बारम्बार बैठकको मांग गर्दै आए पनि रामनरेश यादवले अटेरी गरि एकलौटी गर्दै आएको र पार्टी प्रति अलिकति पनि जिम्मेवार नभएको उपाध्यक्ष यादवले आरोप लगाए ।
जिल्ला कार्यसमितिको बैठक हुन नदिन अध्यक्ष यादवले पार्टी कार्यालयमा ताल््चा लगाई् पटक पटक फोन गर्दा पनि फोन नउठाएर सम्पर्क बिहिन भएको उपाध्यक्ष यादवको अरोप छ । जसपाको जिल्ला तर्दथ समिति पर्सामा जम्मा ९७ जना रहेकोमा पार्टी छोड्ेको र मृत्यु भईसकेको १० जना रहेको समितिले जनाएको छ । करिब ६५ जनाको समर्थनमा प्रदेश सांसद अंसारीलाई जिल्ला अध्यक्ष बनाईएको छ ।
यता, रामनरेश यादवले जिल्ला समितिसंग आफ्नो पद खारेज गर्न अधिकार नभएको प्रतिक्रिया दिएका छन् । जसपाका केन्द्रिंय सदस्य एवम् पूर्वमन्त्री मोहनलाल चौधरीको पं्रमुख आतिथ्यता एवम् पर्साका उपाध्यक्ष उपाध्यक्ष बासुदेव यादवको अध्यक्षतामा बसेको बैठकमा केन्द्रिय सदस्य जनार्दन यादव, बिरेन्द्र यादव, संघीय परिषद् सदस्य विपिन यादव, जिल्ला सदस्य रामबडाई यादव लगायतको सहभागिता रहेको थियो ।