दसैं हाम्रो देशको सबै भन्दा ठूलो चाड़ हो भने तिहार हाम्रो दोश्रो ठूलो चाड़ हो भन्ने कुरा भत्र सकिन्छ । धार्मिक महत्व अनुसार दसैं शक्ति प्राप्ति गर्नकोलागि मनाउने गरिन्छ तथा धनवृद्धि र समृद्धि प्राप्तिकोलागि तिहार मनाउने गरिन्छ । दसैंको मुख्य अधिष्ठात्रीको रूपमा शक्तिस्वरूपा महाकालीको पूजन–अर्चन गरिन्छ भने तिहारमा धन, आयु र समृद्धि प्रदायनी महालक्ष्मीको पूजन–अर्चन गर्ने परम्परा रहि आएको छ । दसैंमा शक्तिस्वरूपा महाकालीको पूजन–अर्चन गर्नुको साथै आमोद–प्रमोद र रमाइलो पनि गर्ने गरेको परम्परा छ तथा तिहारमा भने पूर्ण सर सफाइका साथै उमङ्गपूर्वक ठूलो उल्लासका साथ महालक्ष्मी माताको पूजन–अर्चन गर्ने गरिन्छ ।

दसैं सकिए लगत्तै तराइ प्रदेशमा तिहारको (जसलाइ भोजपुरी भाषामा ‘सोहरइया’ भन्दछन)को तयारी सुरू हुन्छ । यस क्रममा सर्वप्रथम मदेशका औसतन मानिसहरुको पूस टाटीले बनेको घर जुन विगत वर्षात्को कारण क्षत–विक्षत भइसकेको हुन्छ तिनीहरुको मम्र्मत–सम्भार, लीपाइ–छेवछाइ तथा पोताइ हुन्छ । घर वरीपरी उमे्रका अवाञ्छित खर पतवारलाइ सफा गरिन्छ । घरका झ्याल ढोकालाइ धोइ पुछी तेल दलेर सुग्घर बनाइन्छ । चौपाया गाइ गोरूलाइ पनि नुहाइ दिएर सफा पारिन्छ । यस प्रकार आफ्नो उपयोगमा आएका सम्पूर्ण सामग्रीहरुलाइ बाह्याभ्यन्तर सफा र सुकिलो बनाइन्छ । बाह्याभ्यन्तर सूचिताले नै वाञ्छित समृद्धिको ओइरो लाग्दछ भन्ने जन विश्वास रहेको छ । धनकी देवी महालक्ष्मी माताको आह्वान गर्ने प्रमुख साधन पूर्ण सूचिता नै हो भनेर यस्तो कल्पना र कृत्य गरिने गरिएको हो कि जस्तो लाग्दछ !
कातिक कृष्णपक्षको त्रयोदसी तिथि देखि यमपञ्चकको थालनी हुन्छ । यमपञ्चकको पहिलो दिनलाइ धनतेरस भन्दछन । समुद्र मंथनबाट जुन कलशको साथमा भगवती लक्ष्मीजीको अवतरण भएको थियो त्यसैको प्रतीक स्वरूप धन ऐश्वर्यको वुद्धिको कामनाबाट बर्तन आदि तथा सुन–चाँदी कित्रे परम्परा चलेको थियो । धनतेरसको दिन त्यसै कारणले बर्तन–भाँड़ो तथा सुन चाँदीका गर गहनाको व्यापक व्यापार हुने गर्दछ । धनतेरस कै दिन बेलुका पख यमदियरी बालिन्छ । यमदियरी बाल्ने बेलामा जानकारहरुले निम्नलिखित मन्त्रको वाचन गर्दछन–मृत्युदण्डपाशाभ्यां कालेन श्यामयास त्रयोदश्यांदीपदानात् सूर्यजः प्रीयतां मम । यस दिनलाइ कागतिहार पनि भन्दछन । चतुर्दशीको दिनलाइ नरक चतुर्दशी भन्दछन । यस दिनलाइ कुकुर तिहार पनि भन्दछन । औंसीको दिन लक्ष्मीपूजा हुने गर्दछ । कातिक शुक्लपक्ष परेवाको दिन गाइ–गोरू पूजनको साथै भाइटिकाको दिन हुने गोवद्र्धन पूजाकोलागि गाइको गोबरद्वारा निर्मित विभिन्न आकृतिको रचना गरि (भोजपुरी भाषामा ‘गोधन पारल’) गोवद्र्धन पूजनको थालनि हुन्छ । द्विÞतिया तिथिको दिन गोवद्र्धन पूजा गरि भाइटिका मनाउने गरिन्छ । त्यसै दिन देखि मदेशमा लगनको उठान हुन्छ तथा आफ्ना दाजु भाइलाइ दिदी बहिनीहरुले ‘बजड़ी’ खुवाएर भाइटिका पर्व मनाउने गर्दछन तथा यमपञ्चक समाप्त हुन्छ ।
तिहार ठूलो हर्षो–उल्लास पूवृक मनाइने पर्व हो । प्रफुलित मनले मानिसहरुले धन समृद्धिकी देवी महालक्ष्मीको पूजन–अर्चन गर्दछ, परम्परा हो पनि तर हालका दिनहरुमा तिहारमा केही उछृंखल विकृति पनि देखा पर्न थालिसकेको देखिन्छ । पूजा नितान्त आस्थाको विषय हो, वैभव प्रदर्शनको अवसर पक्कै पनि होइन । यसको विपरित कानुनले निषेधित गरेको विभित्र खाले पटाका, बमआदि अत्यधिक प्रज्जवलनशील बारूदी सामग्रीहरुको प्रयोगमा होड़ नै चलेको झैं देखिन्छ । प्रतिवर्ष यसका कैयन घातक असरहरु पनि देखा पर्ने गर्दछ, हर्षको बेला विस्मातको सामना गर्नु पर्दछ तर पनि यसका प्रयोग कत्र्ताहरुको संख्या दिनानुदिन बढ़दो छ । यो नितान्त चिन्ताको विषय हो । तिहार जस्तो महान चाड़ मनाउने बेला सावधान हुन आवश्यक छ ।
तिहारको अवसरमा जुवा, ताश खेल्ने प्रवृति पनि अर्को सामाजिक विकृति हो । हिन्दी भाषाको एउटा उखान अनुसार ‘जुवा किसीका न हुवा’ अर्थात् जुवा कसैको पनि हुदैन । जुवामा हार्नेको आर्थिक क्षति त हुन्छ नै, जित्नेको पनि इच्छा अझै जित्नेछु चिताउदा चिताउदै अन्तमा हार नै हात लाग्दछ । जुवाका कैयन दुष्परिमाण पनि देखा पर्ने गर्दछ । जुवा कै कारण नल–दमयन्तीको कन्तवियोग भएको कथा पुराणहरुमा वर्णित रहेको छ । अझै जुवा कै कारणले महाभारतको विनाशकारी युद्ध पनि भएको कुरा हामीले बिर्सनु हुदैन जसमा भएको महाविनाशले तात्कालीन युगको रूप नै फेरिएको थियो । यस्ता कुरीतिहरुबाट हामीहरुले टाढ़ै रहनु पर्दछ । तिहार वास्तवमा ‘तमसोमा ज्योतिर्गम्य...’ अर्थात् अंध्यारोमा ज्योति पु¥याउने पर्व हो । अंध्यारोमा अंध्यारो थप्ने पर्व निश्चिततः होइन । दिपावलीको शूभकामनाको क्रममा निम्न श्लोक जनमानसकोलागि प्रस्तुत छ–त्वं ज्योतिस्त्वं रविश्चन्द्रो विद्युदग्निश्च तारकाः । सर्वेषां जयोतिषां ज्योतिर्दीवाल्यै नमो नमः ।।