- उमाशंकर द्विवेदी ‘दिधीचि’
नेपालको भोजपुरी भाषी क्षेत्रलाई अन्न भण्डारको रुपमा लिन सकिन्छ । वस्तुतः यस क्षेत्रको विस्तृत समतल फाँटमा फैलिएको खेती योग्य जग्गा उपलब्ध छ ।
जमीनको माटो मलिलो तथा उव्जाउ भएको कारणले धान, गहुं, मकै जस्ता प्रमुख खाद्यान्न–मसुरो, केराउ, खेसारी, बक्कुुुुुुुुुुुुुुुुुला, चना जस्ता दलहनी खाद्यान्न, सस्र्यू, तोरी, आलस जस्ता तेलहनी खाद्यान्न तथा आलु, प्याज, सिमी, मटरकोशा, वन्दा, काउली, भण्टा, मूला, भिंडी, जस्ता विभिन्न खाले शाकसव्जी तथा फर्सी, लौका, घिरौंला,वोडी, झिंगुनी, परवल, खीरा(काक्रो) जस्ता लहरामा फल्ने तरकारीहरु प्रशस्त फल्ने गरेको पाइन्छ । आँप, लिची, कटहर, जामुन, निंबूवा, अम्बा, तूंत, केरा, भोगटे (गागल) जस्ता फलपूmल प्रमुख रुपमा फल्दछन । हरियो तरकारी तथा फलपूmल मौसमी र तत्काल उपभोग्य खाद्यान्न भएको हुनाले यिनीहरुको भण्डारणको खासै आवश्यकता पर्दैन तर वर्षभरि नै आवश्यक पर्ने धान, गहुं, दलहनी, तेलहनी अन्नहरुको भण्डारण गर्नु पर्ने आवश्यक हुन्छ । मदेशंका मानिसहरुको मुख्य पेशा कृषि नै रहेकोले प्रायः बहुसंख्यक मानिसहरु वर्षभरि खानकोलागि खाद्यान्न आफ्नो खेतबाट नै उब्जाउने गर्दछन ।
खेतमा उब्जेको खाद्यान्न आप्mनो उपभोगबाट उब्रेको मात्राको उचित भण्डारणको आवश्यकता पर्दछ । किसानहरुसित उपलब्ध अन्नअनुसारको श्रेणी हुन्छ । कोहि साना, कोहि मध्यम तथा कोहि ठूला किसानहरु रहेका हुन्छन । ठूला किसानहरुसित अन्नको ठूलो रास हुन्छ जसलाइ भण्डारणका निम्ति ठूलो आकारको भण्डारको आवश्यकता पर्दछ । त्यस्तै मझौला तथा साना किसानहरुसित मध्यम र अल्पमात्रामा अन्न उपलब्ध रहने भएको हुनाले त्यसको भण्डारण गर्नको निम्ति सोहि अनुसारको भण्डार पात्रको आवश्यकता पर्दछ । भोजपुरी लोकव्यवहारमा अन्नभण्डारणको निम्ति आफ्नै श्रोत र साधन अनुसारको भण्डार बनाइएका पाइन्छन । अन्नको ठूलो रासलाइ भण्डारण गर्नको लागि ‘धनसार’, मध्यम रासको भण्डारणको निम्ति ‘भखारी’ तथा अल्प अन्न भण्डारण गर्नको निम्ति ‘डेहरी’ बनाइन्छन ।
पुराना दिनहरुमा जमिन्दारी प्रथा यस क्षेत्रमा व्याप्त थियो । गाँउमामा जमिन्दारहरु हुन्थ्ये तथा गाँउको प्रायः जम्मै खेती योग्य जग्गा उनीहरु कै स्वामित्वमा हुने गर्दथ्यो । वरिपरिका किसानहरु घर खर्चकोलागि वर्षको प्रारम्भ देखि नै साहुबाट कर्जामा धान लिन्थ्ये जुन नया वाली आउने वेलामा सवागुणा थपिइ साहुहरुको घरमा फर्किएर आउथ्यो । यस्तो स्थितिमा धानको ठूलो राश भण्डारण गर्नकोनिम्ति काठले बनेको धनसार बनाउनु पर्दथ्यो । हालका दिनहरुमा कोहि पनि जमिन्दार छैन तथा कोहीसित पनि अब पुराना दिनहरुमा जस्तै धान वा अन्य अन्नको ठूलो राश उपलब्ध छैन । जनसंख्या बढदै गए पछि जग्गा पनि सोहि अनुसार वितरण हुंदै गए । फलतः धानको राश पनि न्युन आकारका हुंदै गए । तिनीहरुको भण्डारणको लागि यस क्षेत्रमा भखारी को प्रचलन बढदै गयो । भखारी बाँसको बाती(चोया)ले गोलो आकारको बन्दछ तथा छाना ख¥ह, बाँसले बनाइएको झुपडीको रुपमा रहेको हुन्छ । भखारीमा धान वा अन्य अन्न राख्नको लागि सानो ढोका बनाइएको हुन्छ जसमा ढोकामा लगाइने काष्टनिर्मित पल्ला(खापा)हरु झुण्ड्याइएको हुन्छ । ती पल्लाहरु खोलेर धान वा अन्य अन्नहरु राखिन्छ तथा झिक्नकोलागि सिङ्गै मान्छे नै भखारी भित्र पसेर धान झिक्दछ । रातो पहेलो वा अन्य रङ्गले पोतिएको तथा त्यसको भित्तामा विभिन्न आकारका पूmल तथा विभिन्न आकृति चित्रित गरिएका भखारी प्रायः गृहस्थको घर अगाडी खुल्ला ठाँउमा अवस्थित रहेको हुन्छ । जुन गृहस्थको घरको अगाडी जति धेरै भखारीहरु रहन्छन त्यसै अनुपातमा त्यस गृहस्थको सामाजिक हैसियत र प्रतिष्ठा पनि बुझिन्छ ।
भखारीमा पनि धेरै अन्न अट्न सक्दछ । गाँउमाका साना किसान तथा ज्यामी काम गरि जीवन निर्वाह गरि बस्ने मानिसहरुसित भखारीको आवश्यकता नै न परे पनि उनिहरुसित भएका धेरथोर अन्नहरुको भण्डारण गर्नुपर्ने आवश्यक रहेको हुन्छ । यसको लागि माटोको एउटा विशेष किसिमको उपकरण बनाइन्छ जसलाइ भोजपुरी भाषामा ‘डेहरीु भन्दछन । डेहरी माटो, धानको भुस तथा गोबर पानीका साथमा मुछेर पटक पटक गरि बनाइन्छ । यसको निर्माण तथा अवस्थिति घर भित्र नै हुने गर्द छ किनकि डेहरीमा छानो भने हुदैन तथा यसलाइ बन्द गर्नको लागि माटो कै विशेष किसिम को आकारको संरचना बनेको हुन्छ जसलाइ भोजपुरी भाषामा ‘पेहानुभन्द छन । डेहरीमा राखेको अन्न झिक्नको लागि डेहरी को तलतिर सानो प्वाल पारिएको हुन्छ जसलाइ भोजपुरी भाषामा ‘आनु भन्दछन । अन्नको सानो मात्रा यस भित्र राख्न उपयुक्त हुन्छ । डेहरी सानो तथा ठूलो आकारका हुन्छन । अन्नको मात्रा तथा प्रकारहरु वेग्ला वेग्लै रुपमा राख्नको निम्ति डेहरी अत्यन्त उपयुक्त संरचना हो । डेहरीको माथिलो भागमा सानो खाल्टो खनेर त्यसमा किमती तथा बहुमुल्य सुन चाँदीका गहनाहरु पोको पारेर राखी माटोले लिपि दिए पछि सेन्हमारी(भित्ता फोर्ने) गरेर चोरी गर्ने चोरहरुले त्यसको भेउ पाउदैनन् । यस प्रकारले गृहस्थको बहुमुल्य गर–गहनाहरु सुरक्षित हुन्छन । त्यसै कारणले होला किसानहरुले यस भित्र अन्न राख्ने तथा झिक्ने वेलामा लक्ष्मीजीको रुपमा यसको पूजा गर्ने गरको पाइन्छ ।
डेहरी यस क्षेत्रका आइमाइहरुले बनाउथ्ये । हालका दिनहरुमा डेहरीको आवश्यकता पनि न्यून हुंदै गइ रहेको अवस्था विद्यमान छ किनकि गृहस्थहरुको दैनिन्दन जीवनमा अन्न जोगाएर भविष्यकोलागि साँची राख्न अवसर तथा आवश्यकता दुइटै न रहेको स्थिति छ । त्यसै कारणले नव गृहिणीहरुमा डेहरी निर्माणको शिप तथा ज्ञान शुन्यप्रायः भइसकेको छ । कलियुगमा जुन गृहस्थको घरमा अन्नले भरिएको घैंटो रहन्छ त्यो गृहस्थ नै ‘घटेश्वरराजाु वा घटेश्वरी रानीको रुपमा समाजमा आदर पाउने छ भन्ने भोजपुरी लोक मानसमा व्याप्त रहेको प्रसिद्ध जनश्रूति छ । यो बद्लिन दिनु हुन्न । यसकोलागि टाउको दुखाइको खासै आवश्यकता न रहे पनि भोजपुरी लोक व्यवहारमा प्रचलित रहेका अन्न भण्डारणका लागि उपयुक्त यस्ता डेहरी, भखारी जस्ता लोक सांस्कृतिक धरोहरहरुको लोप हुन दिनु हुन्न ।