नेपाली कांग्रेसले आगामी १६ असोजदेखि हुने १५औँ महाधिवेशनको उद्घाटन समारोहमा भारत, चीन, अमेरिका, बेलायत, जर्मनी र बंगलादेशलगायत विभिन्न मुलुकका राजनीतिक दलका प्रतिनिधिलाई आमन्त्रण गरेको छ।
कांग्रेसले भारतको सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) र प्रमुख प्रतिपक्षी कांग्रेस आई, चिनियाँ कम्युनिस्ट पार्टी, अमेरिकाका रिपब्लिकन र डेमोक्रेटिक पार्टी तथा बेलायतको लेबर र कन्जरभेटिभ पार्टीलाई निमन्त्रणा पठाएको जनाएको छ।
त्यस्तै, जर्मनीको सोसल डेमोक्रेटिक पार्टी र बंगलादेशको बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) लगायतका दललाई पनि निमन्त्रणा गरिएको कांग्रेसका नेताहरूले बताएका छन्। युरोपका लोकतान्त्रिक समाजवादी दल, सोसलिस्ट इन्टरनेसनल तथा इन्टरनेसनल कन्फ्रेन्स फर एसियन पोलिटिकल पार्टीज (आईसीएपीपी) लाई समेत आमन्त्रण गरिएको जनाइएको छ।
कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्ण दुलालले विगतका महाधिवेशनमा आमन्त्रण गरिँदै आएका विदेशी पाहुनालाई यसपटक पनि निमन्त्रणा पठाइएको बताए। उनका अनुसार विदेशी पाहुनाबाट भने अहिलेसम्म सहभागिताको पुष्टि भइसकेको छैन।
नेपाली कांग्रेसले १५औँ महाधिवेशन असोज १६ देखि १९ गतेसम्म गर्ने कार्यतालिका यसअघि नै सार्वजनिक गरिसकेको छ।कांग्रेस महाधिवेशनमा भारतदेखि अमेरिकासम्मका दललाई निम्तो
काठमाडौं । नेपाली कांग्रेसले आगामी १६ असोजदेखि हुने १५औँ महाधिवेशनको उद्घाटन समारोहमा भारत, चीन, अमेरिका, बेलायत, जर्मनी र बंगलादेशलगायत विभिन्न मुलुकका राजनीतिक दलका प्रतिनिधिलाई आमन्त्रण गरेको छ।
कांग्रेसले भारतको सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) र प्रमुख प्रतिपक्षी कांग्रेस आई, चिनियाँ कम्युनिस्ट पार्टी, अमेरिकाका रिपब्लिकन र डेमोक्रेटिक पार्टी तथा बेलायतको लेबर र कन्जरभेटिभ पार्टीलाई निमन्त्रणा पठाएको जनाएको छ।
त्यस्तै, जर्मनीको सोसल डेमोक्रेटिक पार्टी र बंगलादेशको बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) लगायतका दललाई पनि निमन्त्रणा गरिएको कांग्रेसका नेताहरूले बताएका छन्। युरोपका लोकतान्त्रिक समाजवादी दल, सोसलिस्ट इन्टरनेसनल तथा इन्टरनेसनल कन्फ्रेन्स फर एसियन पोलिटिकल पार्टीज (आईसीएपीपी) लाई समेत आमन्त्रण गरिएको जनाइएको छ।
कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्ण दुलालले विगतका महाधिवेशनमा आमन्त्रण गरिँदै आएका विदेशी पाहुनालाई यसपटक पनि निमन्त्रणा पठाइएको बताए। उनका अनुसार विदेशी पाहुनाबाट भने अहिलेसम्म सहभागिताको पुष्टि भइसकेको छैन।
नेपाली कांग्रेसले १५औँ महाधिवेशन असोज १६ देखि १९ गतेसम्म गर्ने कार्यतालिका यसअघि नै सार्वजनिक गरिसकेको छ।