कुनै पनि सामाजिक संस्था वा राजनीतिक संस्था गठन गर्न सर्वप्रथम कसले कल्पना गरी योजना बनायो । त्यस योजनालाई सफल गर्न को–को व्यक्तिहरू संस्थापकको रुपमा कुन मितिमा र कुन स्थानमा प्रथम सभा वा बैठक गरी उक्त संस्थाको जन्म, नामाकरण र स्थापना गरेका हुन यी सबै तथ्यहरूको जानकारी उक्त सस्थाको इतिहासबाट मात्र थाहा पाउन सकिन्छ ।
कुनै पनि संस्थाको इतिहासको श्रोतको रुपमा मुख्यतः ३ महत्वपूर्ण प्रमाणित तथ्यहरू हुन्छन । पहिलो कुनै संस्थाको आवश्यकता महशुस गरी योजना तैयार गर्ने योजनाकारहरू र संस्थाको जन्म एवम् नामाकरण गरी स्थापना गर्ने संस्थापकहरू तथा ती योजनाकार र संस्थापकहरूबाट लिखित आधिकारिक दस्तावेजहरू । दश्रो उक्त संस्थाको इतिहास सम्बन्धमा विभिन्न प्रतिष्ठित एवम् विद्वान व्यक्तिहरूको प्रमाणको आधारमा लिखित तर्क संगत दस्तावेजहरू । तेश्रो उक्त संस्थाको जन्म, नामाकरण र स्थापना तथा अन्य महत्वपूर्ण ऐतिहासिक तथ्यहरूको सम्बन्धमा अनुसन्धान गरी खोजपूर्ण अनुसंधानात्मक ऐतिहासिक तथ्यहरूको सम्बन्धमा लेखिएको अनुसंधानकर्ता वा इतिहास विदको तर्क संगत लेखका दस्तावेजहरू ।
संस्थाको इतिहास सत्य, तथ्य र घट्नाका आधारमा समय–समयमा समयको साथ विकसित हुँदै जाने तथा समय–समयमा विभिन्न व्यक्तिहरूले लेखेका लेख, मन्तव्य र प्रकाशनको तर्क संगत आधिकारिक दस्तावेजहरूको अभिलेखबाट इतिहासको निर्माण हुन्छ । इतिहास एक–दुई दिनमा कायम हुने दस्तावेज होइन । समयको चक्रका साथै विकसित हुँदै जाने प्रमाणित अभिलेख हो ।
तसर्थ इतिहास जननीको रुपमा लिने गरिन्छ । जननीको महत्व चाहे राष्ट्र होस वा व्यक्ति विशेष होस वा संस्था होस अत्यन्त महत्वपूर्ण हुन्छ । जननीलाई विर्सने हो भने राष्ट्र वा संस्था वा व्यक्ति विशेष जननी विहिन हुन जान्छ तथा उद्गम र जन्म नै लोप हुन जान्छ । इतिहास कुनै पनि संस्थाको जननी हो र संस्था कहाँ, कसरी, कसले र कुन दिन जन्म तथा नामाकरण भई स्थापना गरिएको हो सो विवरणको आधार नै जननीको रुपमा इतिहास निमार्ण हुने हो । कसैबाट इतिहासलाई मेटाउने अथवा विर्सने काम भयो भने आफ्नो कुल तथा जन्म दिने आमा–बाबु र जन्म स्थानलाई विर्सने सरह हुन जानेछ । यस कारण पर्सा मिलन केन्द्र, काठमाण्डौंको इतिहास कसैले कुनै माध्यमबाट लोप गर्न र मेटाउन नपाओस तथा यस केन्द्रको इतिहास अक्षुण्य रुपमा कायम रही रहोस् भन्ने दृष्टिकोणले आफ्नो जीवनको ९० बसन्त पार गरिसकेको वृद्धावस्थाको समय हाल पुनः प्रमाणित रुपमा यो लेख लेखिएको छ ।
काठमाण्डौं उपत्यकामा बसोबास गर्ने पर्सेलीहरूको सामाजिक संस्था स्थापना गर्ने बारे छलफल गर्न २०४६ भाद्र १६ गते शनिबारका दिन मेरो निजी निवास ‘श्रेष्ठ कुञ्ज’, गौरीशंकर मार्ग, कुलेश्वर आवास क्षेत्र, काठमाण्डौंमा रहेको भवनमा १५ जना पर्सेलीहरू म लेखक माधवदास श्रेष्ठ, पशुपति कुमार द्विवेदी, गोपीकृष्ण श्रेष्ठ, प्राध्यापक युवराज सिंह प्रधान, शंकरलाल केडिया, बलरामदास डंगोल, डा. पन्नालाल प्रधान, चित्तरत्न कंसाकार, ई. सत्यनारायण मानन्धर, विश्वनाथ केडिया, सह प्राध्यापक केशवदास वैद्य, नारायण बहादुर श्रेष्ठ, विमल कुमार केडिया, गायक प्रकाश श्रेष्ठ र उदय सुन्दर श्रेष्ठ समेतको प्रथम ऐतिहासिक सभाको बैठक अयोजना गरिएको थियो ।
यसै ऐतिहासिक प्रथम सभाको बैठकले काठमाण्डौं उपत्यकामा बसोबास गर्ने पर्सेलीहरूको सामाजिक संस्थाको नाम ‘पर्सा मिलन केन्द्र, काठमाण्डौं’ रहने गरी यस संस्थाको उत्पत्ति, जन्म, नामाकरण तथा स्थापना गरेका थिए । यसैले यी १५ जना महानुभावहरू मात्र dfq OXFORD CONCISE DICTIONARY / CAMBRIDGE DICTIONARY तथा नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित नेपाली बृहत शब्दकोशमा संस्थापकको सम्बन्धमा व्याख्या र अर्थ उल्लेख गरिए अनुसार यस संस्थाका संस्थापकहरू भएका छन् ।
उपरोक्त Dictionary हरू र नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित नेपाली वृहत शब्दकोशमा ‘संस्थापक’ अर्थात …FounderÚ कस्ता कस्तालाई जनाउनेछ भन्ने निम्न व्याख्यात्मक वाक्यांश सान्दर्भिक हुँदा उल्लेख गरिएका छन् ।
क) The Concise Oxford Dictionary Fifth Edition १९६६ को पृष्ठ नं. ४८२ मा æFounder One who founds institution भन्ने उल्लेख छ ।
ख) The Cambridge Dictionary मा …Founder – Someone who establishes an OrganizationÚ भन्ने उल्लेख छ ।
ग) नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित नेपाली वृहत शब्दकोशको सातौ संस्करण वि.सं. २०६७ को पृष्ठ नं. १२१० माः– “संस्थापक– कुनै सभा, संगठन, संस्था आदिको प्रथम स्थापना गर्ने व्यक्ति,“ भन्ने उल्लेख छ ।
पर्सा मिलन केन्द्र, काठमाण्डौंको उपरोक्त १५ जना संस्थापकहरूको २०४६ भाद्र १६ गते शनिबारका दिन भएको सो प्रथम ऐतिहासिक सभाको बैठकले काठमाण्डौं उपत्यकामा बसोबास गरिआएका पर्सेलीहरूको व्यापक सहभागिता जुटाउन पर्सा मिलन केन्द्र काठमाण्डौको स्थापित भईसकेको नाममा ‘पर्सा मिलन केन्द्र, काठमाण्डौ बृहत भेला आयोजक समिति’ को नाममा म माधवदास श्रेष्ठको संयोजकत्वमा ७ सदस्यीय प्रथम समिति गठन गर्यो । पर्सा मिलन केन्द्र, काठमाण्डौको यस प्रथम समितिले दैनिक गोरखापत्रमा सूचना प्रकाशित गरि तथा अन्य माध्यमबाट समेत ब्यापक प्रचारप्रसार गरि २०४७ श्रावण २० गते शनिबारका दिन काठमाण्डौ उपत्यकामा बसोबास गर्ने पर्सेलीहरूको बृहत भेला रोटरी क्लब, थापाथली, काठमाण्डौमा आयोजना गरेको थियो । यस बृहत भेला श्री हरि प्रसाद गिरीको अध्यक्षतामा ५७ जना पर्सेलीहरूको उपस्थितिमा संचालन भएको थियो ।
“पर्सा मिलन केन्द्र, काठमाण्डौ बृहत भेला आयोजक समिति“ ले आयोजना गरेको २०४७ श्रावण २० गतेको बृहत भेलाले पर्सा मिलन केन्द्र, काठमाण्डौको सदस्यता बनाउने र विधान बनाउने मुख्य जिम्मेवारी प्रदान गरी पर्सा मिलन केन्द्र, काठमाण्डौको स्थापित भइसकेको नाममा “पर्सा मिलन केन्द्र, काठमाण्डौको तदर्थ समिति” को नाममा श्री चूडामणी राजसिंह मल्लको अध्यक्षतामा ९ सदस्यीय पर्सा मिलन केन्द्र, काठमाण्डौको दोश्रो समिति गठन गर्यो ।
यसपछि आजीवन सदस्यता प्रदान गर्ने कार्यको अभियान २०४७ मंसरि ३ गतेदेखि म माधव दास श्रेष्ठबाट प्रारम्भ भएको थियो । आजीवन सदस्यहरूको प्रथम साधारण सभा २०४८ असार २२ गते शनिबारका दिन नेपाल चेम्बर अफ कमर्स, कान्तिपथ, काठमाण्डौमा सु–सम्पन्न भई विधान पारित गर्नुको साथै श्री चूडामणी राज सिंह मल्लको अध्यक्षतामा १५ सदस्यीय प्रथम कार्य समिति गठन गर्यो । यस प्रथम निर्वाचित कार्य समितिमा अध्यक्षका अतिरिक्त माधवदास श्रेष्ठ उपाध्यक्ष, योद्धा शाह–महासचिव, विश्वनाथ केडिया – कोषाध्यक्ष, प्रमोद प्रसाद नेपाल–सचिव, प्रकाश सिंह अधिकारी–प्रचार सचिव, श्रीमतीरत्न लक्ष्मी श्रेष्ठ–सहायक सचिव सहित अन्य आठ जना सदस्य थिए ।
पर्सा मिलन केन्द्र, काठमाण्डौको आजीवन सदस्यहरूको मिति २०४८ असार २२ गते भएको प्रथम साधारण सभाले पारित गरेको विधान जिल्ला प्रशासन कार्यालय, काठमाण्डौबाट २०५१ पौष १९ गतेका दिन स्वीकृति प्राप्त भई पर्सा मिलन केन्द्र, काठमाण्डौको कानूनी अस्तित्व कायम हुन गयो ।
पर्सा मिलन केन्द्र, काठमाण्डौले २०६४ को स्मारिकाको प्रारम्भमा संस्थागत र आधिकारिक रुपमा पर्सा मिलन केन्द्रको कार्य समितिका सदस्यहरूको सूचि शिर्षक अन्तर्गत यस संस्थाको ऐतिहासिक विकास क्रमको इतिहासलाई अक्षुण्य राख्ने दृष्टिकोणले (१) संस्थाका दुई प्रमुख योजनाकारहरूको नाम (२) श्रेष्ठ कुञ्ज, कुलेश्वरमा २०४६ भाद्र १६ गते भएको प्रथम ऐतिहासिक सभाको बैठकमा उपस्थित १५ जना संस्थापक महानुभावहरूको नामावली सहित पर्सा मिलन केन्द्रको जन्म र स्थापना भएको र बृहत भेला आयोजक समिति गठन भएको विवरण (३) पर्सा मिलन केन्द्र, काठमाण्डौको बृहत भेला आयोजक समिति म माधवदास श्रेष्ठको संयोजकत्वमा ७ सदस्यीय पर्सा मिलन केन्द्र, काठमाण्डौको नाममा प्रथम समिति गठन भएको नामावली सहितको विवरण (४) यस प्रथम समिति ‘पर्सा मिलन केन्द्र, काठमाण्डौको बृहत भेला आयोजक समिति’ ले रोटरी क्लब, थापाथली, काठमाण्डौमा २०४७ श्रावण २० गते शनिबार आयोजना गरेको बृहत भेलाले पर्सा मिलन केन्द्र, काठमाण्डौको दोश्रो समितिको रुपमा विभिन्न महानुभावहरूलाई चयन गरी ‘पर्सा मिलन केन्द्र, काठमाण्डौको तदर्थ समिति’ श्री चूडामणी राज सिंह मल्लको अध्यक्षतामा ९ सदस्यीय दोश्रो समितिको रुपमा गठन भएको विवरणहरू यस संस्थाको ऐतिहासिक विकासक्रम र इतिहासलाई आधिकारिक रुपमा अक्षुण्य–सुरक्षितसाथ राख्ने काम संस्थाको स्मारिका २०६४ मा अभिलेखको रुपमा प्रकाशित भएको छ ।
यही आधिकारिक ऐतिहासिक विकासक्रम र इतिहासको विवरण पर्सा मिलन केन्द्रका नव आगन्तुक सदस्यहरूलाई जानकारी हुनुका साथै यस संस्थाको इतिहास अक्षुण्य राख्न पर्सा मिलन केन्द्र, काठमाण्डौले प्रकाशित गरेको २०६४, २०६७ र २०७४ को स्मारिकाहरूमा पनि शुरुको पृष्ठमा निरन्तर अक्षरसः प्रकाशित गरि राखेको छ ।
इतिहास ऐतिहासिक विकासक्रममा सत्य, तथ्य र घट्नाको आधारमा आधारित रही रहने हो । इतिहासलाई कसैले मेटाउन सक्दैन र मेटाउने प्रयास पनि गर्नु हुँदैन । इतिहास घट्नाक्रमको आधारमा लेखि राखिने स्थायी दस्तावेज हो ।
तर देशको संविधान वा संस्थाहरूको विधान विभिन्न व्यक्तिहरूले आफ्नो समझदारी अनुसार लेखिने लिखित दस्तावेज हो । देशको संविधान वा संस्थाहरूको विधान समय–समयमा परिस्थिति र इतिहाससँग मेल खाँदैन र त्रुटीपूर्ण छ भने छलफल गरि यस्तो संविधान वा विधान आवश्यकताअनुसार संशोधन, परिमार्जन गर्न वा खारेज गरेर नयाँ संविधान वा विधान बनाउन सकिन्छ । तसर्थ यस तर्फ सबैको ध्यान जानु अत्यन्त आवश्यक छ ।
संस्थाका संस्थापकहरूले २०४६ भाद्र १६ गते संस्थाको पहिलो समितिको रुपमा गठन गरेको ‘पर्सा मिलन केन्द्र, काठमाण्डौ बृहत भेला आयोजक समिति’ बाट आव्हान गरि २०४७ श्रावण २० गते आयोजना गरेको बृहत भेलाले यस संस्थाको दोश्रो समितिको रुपमा गठन गरेको ‘पर्सा मिलन केन्द्र काठमाण्डौको तदर्थ समिति’ का पदाधिकारी तथा सदस्यहरूलाई संस्थापक भन्ने केही पूर्व र वर्तमान पदाधिकारी तथा सदस्यहरूले आफ्नो विचार हाल कायम रहेको संस्थाको गलत त्रुटीपूर्ण तथा तर्कहीन र विवादास्पद विधानकोदफा २ (२) लाई आधार मानि तर्कहीन तर्क दिने गरेका छन् ।
२०४६ भाद्र १६ गते संस्थापकहरूले यस संस्थाको जन्म, नामाकरण तथा स्थापना गरि यस संस्थाको नाम “पर्सा मिलन केन्द्र, काठमाण्डौ“ राखी स्थापना गरेका हुन । पर्सा मिलन केन्द्र, काठमाण्डौको नाममा बेग्ला–बेग्लै कार्य सम्पादन गर्ने गरी यस संस्थाको नाममा पहिलो ‘बृहत भेला आयोजक समिति’ र दोश्रो ‘तदर्थ समिति’ पछि गठन भएका दुई बेग्ला–बेग्लै समितिहरू मात्र हुन ।
यस संस्थाको यही ऐतिहासिक विकासक्रम र इतिहाससँग मेल खानेगरी तत्कालिन बहालवाला उप–राष्ट्रपति सम्माननीय श्री परमानन्द झाको २०६७–१–१२ र तत्कालिन बहालवाला प्रधानमन्त्री सम्माननीय श्री माधव कुमार नेपालको २०६७ वैशाख २ गतेको समेत पर्सा मिलन केन्द्र, काठमाण्डौलाई प्राप्त शुभकामना संदेशहरूमा पनि पर्सा मिलन केन्द्र, काठमाण्डौ २०४६ सालमा स्थापना भएको भन्ने उल्लेख भएको संदेशहरू यस संस्थाको स्मारिका २०६७ मा प्रकाशित छ ।
त्यस्तै तत्कालिन बहालवाला प्रधानमन्त्री सम्माननीय श्री शेर बहादुर देउवाको पर्सा मिलन केन्द्र, काठमाण्डौलाई २०७४ साउनमा प्राप्त शुभकामना सन्देशमा पनि पर्सा मिलन केन्द्र, काठमाण्डौ २०४६ सालमा स्थापना भएको भन्ने सन्देश पर्सा मिलन केन्द्र, काठमाण्डौको स्मारिका २०७४ मा प्रकाशित छ ।
यसको साथै पर्सा मिलन केन्द्र, काठमाण्डौका आजीवन सदस्य तथा यस संस्थाको २०४७ श्रावण २० गते गठन भएको तदर्थ समितिका तत्कालिन सदस्य एवं नेपाली साहित्यका विख्यात कवि तथा हाल नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति बिमल निभा (विमल कृष्ण श्रेष्ठ) को पनि यस पर्सा मिलन केन्द्र, काठमाण्डौको स्मारिका २०६४ मा प्रकाशित ‘पर्सा मिलन केद्र वनभोज एक संस्मरण’ शीर्षकको लेखमा पनि पर्सा मिलन केन्द्र काठमाण्डौको स्थापना वि. सं. २०४६ भाद्र महिनामा भईसकेको थियो भन्ने उल्लेख गरिएको छ ।
पर्सा मिलन केन्द्र, काठमाण्डौंका पूर्वसचिव एवम् सल्लाहकार तथा केन्द्रको इतिहास अनुसन्धानकर्ता र पर्सा मिलन केन्द्र, काठमाण्डौंको इतिहासकार तथा लेखक श्याम शंकर जोशीले पनि आफ्नो फेसबुक मार्फत विभिन्न श्रृङ्खलामा पनि यस केन्द्रको जन्म, नामाकरण तथा स्थापना २०४६ भाद्र १६ गते भएको भन्ने उल्लेख गरेका छन् ।
यस लेखका लेखक म माधवदास श्रेष्ठलाई पर्सा मिलन केन्द्र, काठमाण्डौले विश्वनाथ केडियाको अध्यक्षता कालमा एघारौं पर्सा दिवस २०६५ कार्तिक २६ गते मंगलबारका दिन भएको समारोहमा पर्सा मिलन केन्द्रको संस्थापक एवम् विशिष्ट सहयोगीको रुपमा सम्मान गरेको विवरण संस्थाको स्मारिका २०६७ को पृष्ठ संख्या २६ मा पनि प्रकाशित भएको छ । यस अतिरिक्त २०७९ सालसम्म सस्थापकको रुपमा कसैलाई पनि केन्द्रले सम्मानित गरिएको थिएन ।
म माधवदास श्रेष्ठ बृहत भेलाले २०४७ श्रावण २० गते गठित यस संस्थाको तदर्थ समितिमा संलग्न नै छैन भने पर्सा मिलन केन्द्र, काठमाण्डौले मलाई कुन आधारमा संस्थापक भनी सम्मान गरेको हो त्यस तर्फ विचार गर्दा २०४६ भाद्र १६ गते शनिबार भएको संस्थापकहरूको प्रथम सभाको बैठकमा उपस्थित १५ जना संस्थापकहरू मध्ये मलाई प्रमुख संस्थापकको नाताले सम्मान गरेको स्वतः स्पष्ट छ । तसर्थ बृहत भेलाले चयन गरी तोकेका तदर्थ समितिका पदाधिकारी र सदस्यहरूलाई संस्थापक भन्नु अत्यन्त हास्यास्पद र अक्षम्य भूल हुनेछ ।
यी माथि उल्लिखित सबै सत्य, तथ्य र घट्नाहरूबाट पर्सा मिलन केन्द्र, काठमाण्डौको जन्म, नामाकरण र स्थापना २०४६ भाद्र १६ गते शनिबारका दिन “श्रेष्ठ कुञ्ज“, कुलेश्वर आवास क्षेत्र, काठमाण्डौमा भएको इतिहास साछी छ ।
यस संस्थाको स्थापना २०४६ भाद्र १६ गते शनिबार भएको संस्थापकहरूको बैठकबाट निर्णय गरी २०४६ भाद्र १६ गते शनिबार जन्म, नामाकरण र स्थापना भएको हो । विधानमा कुनै त्रुटी छ भने संशोधन गर्न सकिन्छ तर त्रुटीपूर्ण वाक्यांशलाई नै आधार मानि विभिन्न शब्दकोशहरूमा विद्वानहरूबाट प्रतिपादित सिद्धान्त र मान्यता विपरित आफ्नो तर्कहीन र त्रुटीपूर्ण तर्कको आधारमा बृहत भेलाले २०४७ श्रावण २० गतेका दिन चयन गरि मनोनीत गरेका तदर्थ समितिका व्यक्तिहरूलाई संस्थापक भन्नु गम्भीर लज्जास्पद बौद्धिक अवमूल्यन र संस्थाको इतिहास मेटाउने कार्य हुन गई ठूलो अक्षम्य भूल हुनेछ ।
श्रीमती रत्न लक्ष्मी श्रेष्ठको अध्यक्षताको समयमा गठित पर्सा मिलन केन्द्र, काठमाण्डौंको २०७४–०५–३० को बैठकको निर्णयले म यस लेखका लेखक माधवदास श्रेष्ठलाई प्रमुख योजनाकार तथा संस्थापक भनि संम्बोधन गरी मलाई केन्द्रको संरक्षकमा मनोनयन गरेको जानकारी उक्त केन्द्रको ५–६–२०७४ को आधिकारिक पत्रबाट मलाई प्रदान गरेको पत्र पनि ऐतिहासिक दृष्टीकोणले सान्दर्भिक छ ।
तसर्थ पर्सा मिलन केन्द्र, काठमाण्डौंको जिल्ला प्रशासन कार्यालय, काठमाण्डौले वि.सं. २०५१ पौष १९ गते स्वीकृत गरेको संस्थाको विधानको दफा २ (२) मा उल्लेख भए अनुसार यो संस्था २०४७ श्रावण २० गते तदर्थ समिति गठन भएको दिन स्थापना भएको भन्न मिल्दैन र बृहत भेलालाई प्रारम्भिक सभा पनि भन्न मिल्दैन । प्रारम्भिक सभा भनेको २०४६ भाद्र १६ गतेका दिन १५ जना संस्थापकहरूको कुलेश्वरमा भएको प्रथम ऐतिहासिक सभाको बैठकलाई नै भन्नु पर्छ । विधानको यो दफा २ (२) को वाक्यांश त्रुटीवश गलत, भ्रमपूर्ण तथा त्रुटीपूर्ण हुन गयो । यस संस्थाको जन्म, नामाकरण र स्थापनामा तदर्थ समितिको कुनै भूमिका नै छैन् । तसर्थ भुलवंश त्रुटी भएको सच्चाउन बुद्धिमानी हुनेछ ।
अन्तमा पर्सा मिलन केन्द्र, काठामाण्डौको २०४६ भाद्र १६ गते जन्म, नामाकरण र स्थापना भएकोले सोही दिनलाई यस संस्थाको स्थापना र जन्म दिवस मनाउनेगरी विद्यमान विधानको त्रुटीपूर्ण र भ्रमात्मक वाक्यांश उल्लेख भएको दफा २ (२) मा सशोधन गरी दुई प्रमुख योजनाकारहरू र १५ जना संस्थापकहरूको नाम समेत समावेश गर्न संस्थाका नेतृत्व वर्ग र सम्पूर्ण सदस्यहरूलाई आग्रह गर्दछु । देशको संविधान र संस्थाको विधान तत्कालिन समयमा आफ्ना समझदारी अनुसार लेखिएको परिवर्तनीय लिखित दस्तावेज हो तर इतिहास सत्य, तथ्य र ऐतिहासिक घट्नाक्रमको आधारमा विकसित हुँदै जाने अपरिवर्तनीय लिखित दस्तावेज हुन्छ । इतिहासलाई कुनै पनि हालतमा संशोधन वा मेटाउन सकिदैन् । यसमा सबैस सदस्यहरूको विवेकपूर्ण तर्कसंगत गम्भीर ध्यान जानेछ भन्ने विश्वास छ । पर्सा मिलन केन्द्र, काठमाण्डौं– जिन्दाबाद !
लेखक पर्सा मिलन केन्द्र काठमाण्डौका प्रमुख योजनाकार तथा संस्थापक, प्रथम संयोजक एवम् संरक्षक हुन् ।