मधेश प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री श्याम पटेलले निष्ठाको पत्रकारिता गर्ने पत्रकारहरुले नै समस्या भोगिरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । वीरगञ्जबाट प्रकाशित हुने प्रतीक दैनिकको वार्षिक उत्सव समारोहमा बोल्दै मन्त्री पटेलले पछिल्लो समयको पत्रकारिता र राजनीतिमा खराब प्रवृत्तिको प्रवेश भएकाले दुवैक्षेत्र बदनाम भएको भन्दै असल मानिसहरुले यस्तो प्रवृत्तिलाई खबरदारी गर्नुपर्ने बताए ।
‘अन्त केही गर्न नसक्ने र असफल भएकाहरु पत्रकारिता र राजनीतिमा छिर्ने क्रम बढेको छ । यसले यी क्षेत्रलाई नै बदनाम बनायो । यसमा हामी सचेत हुनु पर्दछ,’ उनले भने । प्रतीक दैनिकले पत्रकारिताको क्षेत्रमा नमूना काम गरेको भन्दै प्रशंशासमेत गरे ।

नेपाल पत्रकार महासंघ मधेशका अध्यक्ष श्याम बन्जाराले पत्रकारिता समस्याबाट गुज्रिरहेको भन्दै राज्यले पत्रकारिता क्षेत्रमाथि पूर्वाग्रही व्यवहार गरेको आरोप लगाए ।
पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनालले पत्रकारिताले स्थानीय राजनीतिक, आर्थिक, सामाजिक सरोकारहरुको उत्थानमा महत्वपूर्ण योगदान दिँदै आएको भन्दै स्थानीय र प्रदेश सरकारहरुले मिडियाको प्रवद्र्धनमा अपेक्षित काम नगरेको बताए । संघीय सरकार मिडियाप्रति पूर्वाग्रही भए पनि अन्य तहगत सरकारले स्थानीय सञ्चारमाध्यमको प्रवद्र्धन गर्नुपर्नेमा उनको जोड थियो ।
-1786944243.jpeg)
प्रतीक दैनिकका प्रधानसम्पादक जगदीश शर्माले पत्रकारिताले पछिल्लो समयमा फरक खालको चुनौतीहरु सामना गरिरहेको बताए । प्रविधिका कारण मिडियामा अवसर र चुनाती दुवै भित्रिएको बताए । कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतम, साहित्यकार गीता भण्डारी, पत्रकार महेशचन्द्र गौतमलगायतले प्रतीक दैनिकलाई शुभकामना दिएका थिए ।
-1786944238.jpeg)
सो अवसरमा सुवोध स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार महेशचन्द्र गौतम, स्वर्गीय चिरञ्जीवी कोइराला पत्रकारिता पुरस्कारबाट युवा पत्रकार अर्जुन चौधरी, प्रतीक दैनिकका स्तम्भकार राजेन्द्र कोइराला र सम्बाददाता चिरञ्जीवी सापकोटा र प्रेस कर्मचारी विजयबहादुर श्रेष्ठलाई सम्मानित गरिएको थियो ।
-1786944312.jpeg)
