साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले बढ्दै हरियालीमा बन्द भएको छ।
यस दिन नेप्से परिसूचक ७.९० अंकले बढेर २,७३४.६३ विन्दुमा पुगेको छ। परिसूचकसँगै कारोबार रकममा पनि उल्लेखनीय वृद्धि भएको छ। बिहीबार ४ अर्ब ६९ करोड रुपैयाँको कारोबार भएकोमा शुक्रबार यो बढेर ६ अर्ब २६ करोड रुपैयाँ पुगेको हो।
नेप्सेका अनुसार शुक्रबार ३५३ कम्पनीका १ करोड ३७ लाख ६९ हजार १०० कित्ता सेयर किनबेच भएका छन्। कारोबारमा सहभागीमध्ये १५२ कम्पनीको सेयर मूल्य बढ्दा १०९ कम्पनीको घटेको छ भने १५ कम्पनीको मूल्य स्थिर रहेको छ।
मूल्य वृद्धितर्फ एभरेस्ट कलर लिमिटेड अग्रस्थानमा रह्यो। कम्पनीको सेयर मूल्य १४.९९ प्रतिशतले बढेर ६५१ रुपैयाँ १० पैसा पुगेको छ। त्यसपछि आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर १४.४६ प्रतिशतले वृद्धि हुँदै ६,६५९ रुपैयाँ कायम भएको छ।
यता, गिरावटतर्फ १० प्रतिशत सानिमा बैंक डिबेन्चरको मूल्य ८.९२ प्रतिशतले घटेर १,१०१ रुपैयाँ ५० पैसामा झरेको छ। कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर पनि ७.३८ प्रतिशतले घटेर १,३३३ रुपैयाँ ८० पैसामा सीमित भएको छ।
कारोबार रकमका आधारमा रिडी पावर कम्पनी अग्रस्थानमा रह्यो। कम्पनीको ३० करोड ९३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। प्रतिकित्ता ३७० रुपैयाँमा कारोबार भएको यसको मूल्य अघिल्लो दिनको तुलनामा २.१४ प्रतिशतले घटेको छ।
त्यसैगरी, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट दोस्रो धेरै कारोबार हुने कम्पनी बनेको छ। कम्पनीको २७ करोड ३४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
समूहगत परिसूचकतर्फ कारोबारमा आएका १३ समूहमध्ये ७ समूहको परिसूचक बढ्दा ६ समूहको घटेको छ। यसमध्ये बैंकिङ समूह सर्वाधिक १.१७ प्रतिशतले बढेको नेप्सेले जनाएको छ।