पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले काममा ढिलासुस्ती गर्ने ठेकेदारको ‘खुट्टा भाँच्नू’ भन्दै सार्वजनिक रूपमा दिएको निर्देशनपछि उनी विवादमा तानिएका छन्। मन्त्रीजस्तो जिम्मेवार पदमा बसेर दिएको उक्त अभिव्यक्तिको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि व्यापक आलोचना भइरहेको छ।
आइतबार नागढुंगा–मुग्लिङ सडक आयोजनाको निरीक्षणका क्रममा मन्त्री लम्सालले बिजुलीका पोल सार्ने काममा ढिलाइ भएको भन्दै सम्बन्धित ठेकेदारप्रति आक्रोश व्यक्त गरेका थिए। सो क्रममा मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल, धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय तथा प्रहरी उपरीक्षक सुमित खड्का समेत उपस्थित थिए।
निरीक्षणका क्रममा मन्त्री लम्सालले ठेकेदारलाई खोजेर ल्याउन निर्देशन दिँदै काम नगरे “खुट्टा भाँचिदिनू” भन्ने अभिव्यक्ति दिएका थिए। उनले स्थानीय नागरिकले सडक निर्माणमा भइरहेको ढिलाइका कारण लामो समयदेखि सास्ती भोग्नुपरेको भन्दै विद्युतका पोल तत्काल हटाउनुपर्ने बताएका थिए।
उक्त अभिव्यक्तिपछि मन्त्री लम्सालको आलोचना चर्किएको छ। कानुनी शासन र लोकतान्त्रिक मूल्य–मान्यताविपरीत सार्वजनिक पदाधिकारीबाट यस्तो भाषा प्रयोग हुनु अनुचित भएको भन्दै सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आएका छन्।
यद्यपि धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयले मन्त्रीको भनाइलाई काममा ढिलासुस्ती नगर्न दिएको निर्देशनका रूपमा बुझ्नुपर्ने बताएकी छन्। उनका अनुसार मन्त्री निरीक्षणका क्रममा निर्माण कार्यलाई तीव्रता दिन सम्बन्धित निकायलाई सचेत गराउन खोजिरहेका थिए।
नागढुंगा–मुग्लिङ सडक आयोजना (पश्चिम खण्ड) की आयोजना प्रमुख तथा सिडिई सजना अधिकारीका अनुसार सडक विभाग र नेपाल विद्युत प्राधिकरणबीच तीन वर्षअघि नै पोल स्थानान्तरणसम्बन्धी सम्झौता भएको थियो। तर ठेकेदार कम्पनीले हालसम्म सबै पोल नसार्दा सडक निर्माण कार्य प्रभावित भएको छ।
उनले पश्चिम खण्डमा १०७ वटा र पूर्वी खण्डमा ८० भन्दा बढी बिजुलीका पोल अझै सार्न बाँकी रहेको जानकारी दिइन्। पोल नहटेका कारण सडक निर्माणको काम अगाडि बढाउन कठिनाइ भइरहेको उनको भनाइ छ।
मन्त्री लम्साल यसअघि पनि निर्माण व्यवसायीसँग सम्बन्धित विवादमा परेका थिए। केही समयअघि निर्माण व्यवसायी रमेश शर्मा र पिताम्बर बडूलाई प्रहरीमार्फत नियन्त्रणमा लिन लगाएको विषयले समेत चर्चा पाएको थियो।
यसैबीच, प्रधानमन्त्री बालेन्द्र शाहले पनि यसअघि चुनावी सभामा काम नगर्ने ठेकेदारलाई ‘रूखमा बाँध्ने, बाटोमा सुताउने वा खोरमा जाक्ने’ जस्ता अभिव्यक्ति दिएका थिए। पछिल्ला यस्ता अभिव्यक्तिले विकास निर्माणमा देखिएको ढिलासुस्तीप्रति सरकारको असन्तुष्टि झल्काए पनि सार्वजनिक पदाधिकारीबाट प्रयोग हुने भाषाको मर्यादाबारे बहस सुरु भएको छ।