नवदीप एकेडेमीले मंगलबार कार्यक्रम गरी विद्यालयमा छनौट भएका विद्यालयका लिडर छात्रछात्रा र विभिन्न हाउसको क्याप्टेनहरुको सपथ ग्रहणका साथै २०८१ मा उत्तिर्ण भएका विद्यार्थीहरुलाई पुुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रम नवदीप एकेडेमीको परिसरमा सञ्चालन गरिएको थियो । उक्त कार्यक्रम नवदीप एकेडेमीका प्रधानाध्यापक सुशिला साहको अध्यक्षतामा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि वीरगंज महानगरपालिका शैक्षिक प्रशासन शाखाको प्रमुख आनन्द लामिछानेको आतिथ्यमा कार्यक्रम सञ्चालन भएको हो । कार्यक्रममा बिशिष्ट अतिथि प्याव्सनका अध्यक्ष सरोज चौधरी, अतिथिहरु प्याव्सन मधेश प्रदेशका वरिष्ठ सल्लाहकार इमामुद्दिन अहमद, प्याब्सन पर्साका उपाध्यक्ष विरेन्द्र यादव,प्रधानाध्यापक तथा प्याव्सन सदस्यहरु मनिषा सुनुवार,मञ्जु रानाभाट, रिंकु कायस्थ, अतिथि वरिष्ठ प्रहरी नायव निरीक्षक प्रमोद कुमार साह, प्रहरी साहयक निरीक्षक गौरीशंकर प्रसाद यादव, वरिष्ठ प्रहरी हवल्दार विश्वबल दास, पत्रकारहरु जनभण्डाफोरका जगत राई, मध्य नेपाल मिडियाका कमला भण्डारी,प्रतिक अनलाइनका आनन्द पटेल, देश मधेशका अभिलाष गुप्ता, अभिभावकहरु, विद्यालयका शिक्षक–शिक्षिका लगायत विद्यार्थीहरु उपस्थिति थियो ।

कार्यक्रममा प्रमुख अतिथिबाट विद्यालयमा प्रजातान्त्रिक निर्वाचन पद्दतिबाट छनौट भएका लिडर छात्रछात्रालाई व्याच,खादा,टि–सर्ट,झण्डा र प्रमाण पत्र प्रदान गरेका छन् । कार्यक्रममा बोल्दै वीरगंज महानगरपालिका शैक्षिक प्रशासन शाखाको प्रमुख आनन्द लामिछानेले विद्यालयको शिक्षा गुणस्तरीय बनाउन विद्यालय प्रशासन, विद्यार्थी,शिक्षक, अभिभावकको हातमा भएको बताए । एआईको ज्ञानबाट शिक्षक भन्दा पनि विद्यार्थी निपूर्ण भएका पनि जानकारी गराएका हुन् । आजको समयमा ठूलो मानिस बन्नु भन्दा पनि असल मानिस बन्नु ठूलो कुरा भएको प्रमुख अतिथि लामिछानेले बताए ।
विद्यार्थीहरुको काँधमा विद्यालय,समाज र राष्ट्रको भविष्य,जिम्मेवारी भएकोले नेतृत्वमा चयन भएका छात्रछात्राहरुले आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नेमा विश्वस्त भएको बताए । साथै २०८१ को परीक्षा उतिर्ण भएका सम्पूर्ण छात्रछात्राहरुलाई शुभकामना व्यक्त गरेका छन् ।

कार्यक्रममा प्याब्सन पर्साका अध्यक्ष सरोज चौधरीले लगायत अन्य वक्ताहरुले नवदीप एकेडेमीको शैक्षिक क्षेत्र,खेलकुद, सांस्कृतिक लगायत मनोरञ्जनात्मक क्षेत्रमा गरेको प्रगतिको लगायत प्रशंसा गरेका छन् । शिक्षामा गुणस्तरीय र अनुशासित वातावरणको सिर्जना गर्दै विद्यार्थी, अभिभावकको विश्वास जित्न सफल भएको बताए । समाज परिवर्तनका लागि उदाहरणीय काम गरेकोले यस्ता निजी विद्यालयहरुलाई प्रोत्साहन दिनुपर्ने पनि वक्ताहरुको भनाई छ । विद्यालयका प्रथम,द्धितिय,तृतिय स्थान ल्याउन सफल भएका छात्रछात्राहरुलाई प्रमाण पत्र प्रदान गरेका छन् । उक्त कार्यक्रममा सहजिकरण विद्यालयको शिक्षिका नेहा अग्रवालले गरेकी थिइन् ।