पार्टीका रुप फरक–फरक । झण्डा पनि केहीका फरक तर गोडादुएकका भने अझै झण्डाका रंग र चुनाव चिन्हको लोगो पनि दुरुस्तै । हामी अलगै पार्टीका हौं, पार्टी फोरेर सही मार्गमा आयौं भन्न पनि नसक्ने लुतीखरेहरु ।
अनि झण्डा र लोगो फरक हुने हरेक दल र नेताहरुका ताल भने अलि भिन्न जस्ता । उस्तै ताल मिल्नेका पनि शैली भने ताल न वेत्तालका । मिसन एकै हुनेका पनि स्वरुप अनेक । एकै उद्देश्य भई जनता भड्काउन पुग्ने कुनैका पनि सामूहिक सौदावाजीमा सहकार्यको अभाव । तर सबै सोझा सर्वसाधारणका घरसम्म फेरि भड्काउन शैलीमा पुग्दै गरेका ।
कमाऊ खाऊ धन्दाले पूmर्सद नभएका राजनीतिक दल र अधिकांश नेता कार्यकर्तालाई जनता फेरि पनि चाहिन्छ भनी उता फर्कने वातावरण जुराई दिने त गलत भए पनि प्रधानमन्त्री केपी शर्मा ओलीकै पछिल्लो कदम । सर्लक्कै जनता तथा सर्वसाधारण विर्सिएका सबै राजनीतिक दल र तिनका नेता कार्यकर्तालाई बल्ल त जनताको फेरि याद आएको छ । जनता विर्सिएर आफ्नो मात्र स्वार्थमा केन्द्रित भएका उनीहरु सहि वा गलत अनेकथरी कुरा भाँज्दै जनताका घर गाउँ चाहार्ने दिशामा पु¥याउने आधार त फेरि पनि उनै ओली सरकारका कदम । जनता चाहिन्छन् भन्ने सन्देश त दिएकै छ प्रम ओलीकै पछिल्लो कदमले । आखिर जनताका साहै्र हिमायती हौं भनी ओली सरकारको दोहोलो काड्नेले पनि त निर्वाचन सकिएको यतिका बर्ष फेरि जनता चाहिन्छन् भन्ने हेक्का त राखेको थिएनन् । गलत कदम उठाएरै भए पनि सबैलाई जनता देखाइ दिने सन्देश त दिएकै हुन् नि प्रम ओलीले ।
हेरक गाउँमा राजनीतिक दलका झण्डावाल मानिस यतिवेला बाली खान बारीमा छिरेका छाडा चौपाया जस्तो गरी मडारिन पुगेका छन् । यो श्रेय भने प्रम ओलीका कदमलाई दिनै पर्छ । पक्ष विपक्षमा गाउँ छिरेका सबै राजनीतिक दल र तिनका नेता कार्यकर्ताका शैली भने निर्वाचनकै तयारी वाहेक अरु केही देखिन्न । संसद पूनस्र्थापना भन्नेहरुले पनि डेडबर्ष पछि आउने आवधिक निर्वाचन मात्र नभई मध्यावधि निर्वाचनलाई पनि लक्षित गरी संगठन विस्तार र जनता तानातान गर्न थालेको प्रतित् हुन्छ । यति मात्र नभई एकदम आक्रामक शैलीले प्रचारवाजीमा लागेका सिंगौरी खेल्दै गरेका एकै रंगका राजनीतिक मनुवाहरुको चुरो कुरो फरक भएर के गर्नु ? अन्ततः तयारी चाँडो ढिलो आउने निर्वाचनलाई लक्षित छ । अन्य दलका शैली पनि उत्तिकै आक्रामक हुनुले अन्ततः मध्यावधि निर्वाचन कै तयारी त होइन भन्ने संकेत गरिरहेकै छ ।
प्रधानमन्त्री ओली कदमको हारजितको टुंगो ढिलो चाडो लाग्छ नै । तर दुईवटा टाउको जोडेर तल पार्टीलाई एक बनाउने भनी जनता र कार्यकर्ताको मन जित्न खोजेका संगोलको नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) का नेता कार्यकर्ताले निर्वाचन पछिका कुनै दिन तल्लो तहका नेता कार्यकर्ता सम्झेनन् । टुप्पैमा मडारिदै उनीहरुलाई फुर्सद थिएन । अनि अन्य दलका पनि ग्रामिणबस्ती सम्म चहलपहल शून्य नै थिए । जनता भनेका नेता कार्यकर्ताका सिंढी चढ्ने खुट्किला नठानियोस् । अहिलेको सबै दलको चहल–पहलले चुनावी तयारी कै झल्को दिएकै छ । फगतः भन्न सर्वोच्चको कुराई मात्र त हो । जुन धारमा सर्वोच्चको निर्णय आए पनि बाँकी रुप त दल र नेताकार्यकर्ताको पनि छेपारोले रंग जस्तै त हो नि ।

मधेशमा उत्साहजनक बयलगाडा प्रतियोगिता, दर्जनौँ कृषकको सहभागिता
कोरोना महामारीमा स्वस्थ्य मुट्ट, खानपानमा सजग भए मुट्ट जोगाउन सकिन्छ : डा. राधा भट्टराई
व्यवस्थित वीरगंज अव्यवस्थित काम ! मुख्य सडक मै बार लगाएर सास्ती, व्यापारी आन्दोलनको तयारीमा
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
तराईको ८ जिल्ला यसरी खुला दिसामुक्त भए ! (संघर्षपछिको सफलताको कथा) #Documentary #Open_defecation
यस्तो थियाे ओलि र प्रचण्ड पक्ष नेता कार्यकर्ता कुटाकुट
काेराेना कहर : ICU का बिरामी जब अक्सिजन र पानी नपाएर छटपट्टिदै मरे !
मधेसको शान | पहाडको शान | हिमालको शान | मेरो देश, मेरो झण्डा, मेरो नेपाल | Madhya Nepal TV #Nepal
आकर्षक तलब सुविधा छोडी क्याटल फार्मिङमा श्याम बदन यादव | १५३ करोडको लगानीमा नमूना फार्मिङ्ग बनाउँदै
#Child_Marriage_Of_Nepal Curse of Parents तराईमा बाल विवाह (वृतचित्र) छाेरी जात पराई घर जाने साेच
कोरोना महामारीमा सानोपाइला | संघ र प्रदेशको विश्वास जिते स्थानीयले चाकडी गर्न लगाए : प्रमुख कञ्चन झा
निसन्तान दम्पतीले समयमै उपचार गराए सन्तान सुख सम्भव : डा. प्रिती यादव
जिम्मेवार प्रहरी, लकडाउनमा किन यति विवादित ? प्रहरी उपरिक्षक गंगा पन्तलाई प्रश्न !
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
लकडाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV
सुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)