नेपालका व्यावसायिक सवारी साधन बजारमा आफ्नो सशक्त उपस्थितिलाई अझ सुदृढ पार्दै महिन्द्राको आधिकारिक वितरक अग्नि इन्करपोरेटेड प्राइभेट लिमिटेडले नयाँ महिन्द्रा बोलेरो पिक-अप फ्ल्याटबेड 1.7T सार्वजनिक गरेको छ । यस गाडीमा उत्कृष्ट १.७ टन भार क्षमता रहेको छ जुन नेपालमा पहिलोपटक प्रस्तुत गरिएको हो ।
काठमाडौँ, पोखरा, विरगञ्ज, चितवन र विराटनगरमा रहेको महिन्द्राको सोरुमहरूमा एकैसाथ आयोजना गरिएको औपचारिक सार्वजनिकिकरण समारोहमा अग्नि ग्रुपका विशेष अतिथिहरू, मिडिया प्रतिनिधि र ग्राहकहरूको उत्साहजनक सहभागिता रहेको थियो ।
महिन्द्रा बोलेरो 1.7Tले टिकाउपन र उत्कृष्ट प्रदर्शनका लागि विश्व बजारमा परिचित बोलेरो ब्रान्डको विरासतलाई निरन्तरता दिएको छ । यो नयाँ भेरियन्ट नेपालमा व्यावसायिक र युटिलिटी गाडीको बढ्दो मागलाई ध्यानमा राखी तयार पारिएको पिक-अप हो जसले हरेक प्रकारको सडकमा व्यवसायीलाई भरपर्दो साथ दिने प्रतिबद्धता व्यक्त गरेको छ ।
यो गाडीमा ६३ बीएचपी पावर र १९५ न्युटन मिटर टर्क दिने २.५ लिटर एमटु-डिआइ-सिआर डिजेल इन्जिन रहेको छ । ९ फिट लामो कार्गो बेड, बलियो डबल बेयरिङ एक्जिल र ९ पाता भएको स्प्रिङ सस्पेन्सनले यसलाई भारी लोडमा पनि अटल प्रदर्शन गर्न सक्षम बनाएको छ । साथै यसले श्रेणीमा उत्कृष्ट माइलेज र इन्धन-कुशलता समेत प्रदान गर्दछ । इन्टेरियरमा आरामदायी को-ड्राइभर सिट, ड्राइभरका लागि रिक्लाइनर सिट र हेडरेस्टजस्ता सुविधाहरू उपलब्ध छन् ।
नयाँ महिन्द्रा बोलेरो पिक-अप 1.7T नेपाली ग्राहकका लागि रु. २५,६५,००० को विशेष लन्च मूल्यमा उपलब्ध छ । अग्नि ग्रुपले ग्राहकलाई सहज रूपमा गाडी खरिद गर्न ‘अग्नि हायर पर्चेज’ मार्फत ७०% सम्म फाइनान्सिङ, ९.९९% प्रतिस्पर्धात्मक ब्याजदर, छिटो कर्जा निर्णय र शून्य प्रोसेसिङ शुल्क लगायतका सुविधाहरू प्रदान गरेको छ । सेल्फ-इम्प्लोयड व्यक्तिहरूलाई पनि विशेष प्राथमिकता दिइएको छ ।
त्यस्तै, ‘अग्नि आस्था प्रालि’ अन्तर्गत ग्राहकले आफ्नो पुरानो गाडी उत्कृष्ट मूल्याङ्कनसहित एक्सचेन्ज गर्न पनि सक्नेछन् ।
नेपालमा व्यावसायिक सवारीको क्षेत्रमा सर्वाधिक बिक्री हुने पिक-अपको रूपमा स्थापित महिन्द्रा बोलेरोले यस नयाँ 1.7T भेरियन्टमार्फत थप भार क्षमता, बलियो गुणस्तर र लागत प्रभावी विकल्प प्रस्तुत गर्दै बजारमा नयाँ मानक कायम गरेको छ ।
अग्नि ग्रुपले नयाँ बोलेरो पिक-अप 1.7T किन्न इच्छुक सबैलाई नजिकको महिन्द्रा सोरुममा गएर प्रत्यक्ष अनुभव गरी थप जानकारी लिन आग्रह गरेको छ ।