वीरगन्जमा पेट्रोलियम पदार्थ विक्री वितरण गर्नेहरुले समय—समयमा पेट्रोलियम पदार्थको कृत्तिम अभाव सृजना गर्ने गरेको पाइएको छ । राजस्व चुहावट गर्ने भन्दा राजस्व तिरे झैं गरी कालाबजारी गरिरहेकाहरुको पनि कर्तुत कम हुँदैन । तर यतातर्फ भने कसैको ध्यान पुग्न नसकेको हो । नेपालकै आर्थिक नगरीको रुपमा चिनिने वीरगन्ज तथा नेपाल भारतकै मुल प्रवेशद्वार भएको वीरगन्जमा पेट्रोलियम पदार्थको विक्री वितरणमा पनि कालावजारी भइरहेको पाइएको छ ।

केही दिन अगाडि मात्रै वीरगन्जमा पेट्रोलिम पदार्थको अभाव देखाइएको थियो । छिमेकी मुलुक भारतको बरैनियामा निर्वाचनको लागि ३ दिन सार्वजनिक विदा, मजदुर दिवसको १ दिन सार्वजनिक विदा तथा लोड भएको पेट्रोलियम पदार्थको रेल्वे ¥याक पनि समयमा वीरगन्ज आइनपुगको समयमा पनि यता तेल हुँदा हुँदै कृतिम अभाव देखाइयो । लाग्छ कि वीरगन्जमा पेट्रोलको हाहाकार छ । तर वास्ताविक पेट्रोलियम पदार्थको हाहाकार भने थिएन । यहाँका पेट्रोलियम व्यवसायीहरुले सृजना गरेको कृत्तिम पेट्रोलियम पदार्थको भने हाहाकार थियो । विहानैदेखि वीरगन्ज स्थित पेट्रोल पम्पहरुले आफ्नो आयल स्टोर अगाडि ‘पेट्रोल छैन’ भनेर बोर्ड झुण्ड्याएका थिए । चारदिन पछि पेट्रोल नहुन सक्छ । तर उता आउँदैन भन्ने साथ यता उज्यालो हुने साथ सबै पम्पहरुमा तेल सकिदैन । यो झेली कुरा वाहेक केही होइन । स्थानीयले यो कुरा पटक पटक भन्दै पनि आएका छन् ।
वीरगन्ज नेश्नल ट्रेडिड्ड स्थित श्री आयल डिस्ट्रिव्युटर्स, पावरहाउ स्थित केडिया अटो इन्टरप्राइजेज, मनोज आयल स्टोर, बाइपास रोडमा रहेको दिनबन्धु आयल स्टोर, शुभलाभ आयाल स्टोर लगायत वीरगन्जका मुख्य लगायतका पम्पहरुले अहिले पेट्रोल छैन भनेर बोर्ड झुण्ड्याएका थिए । के वास्तवमा यिनीहरु सबैसँग एकै पटक पेट्रोल थिएन त ? पेट्रोलकै कारोवार गर्नेहरुलाई त झन केही दिन डिष्टर्व हुन्छ भन्ने हेक्का पहिले नहुँदो हो त ।
झन् कारोवार गरिरहेका मानिसले चारपाँच दिनको स्टक राखेको समेत हुन सक्छ । यो कुरा राज्यका जिम्मेवार निकायबाट निगरानी राखेको नदेखेको स्थानीयको गुनासो छ । कृत्तिम अभाव सृजना गर्नेलाई छुट छ ? स्थानीयले कडा प्रश्न गरेका छन् ।
त्यो समयमा वीरगन्जमा वाहेक मुलुकका अरु ठाउँमा पेट्रोलियम पदार्थको अभाव खड्किएको कसैलाई महसुस भएन । तर सीमासँग जोडिएको वीरगन्जमा भने अभावको सृजना भयो स्थानीइ मनोज रामले मध्य नेपाल सन्देश साप्ताहिकसँग भने । पेट्रोलियम पदार्थको कृत्तिम अभाव सृजना गरि कालाबजारी गर्ने आयल स्टोरहरुलाई कारवाही गर्न मिल्दैन ? उनले भने ।
सरकारले यातायात व्यवसायीहरुको सिन्डकेट तोडिरहेको अवस्थामा आयल स्टोरका संचालकहरुले आफ्नो सिन्डिकेट तयार गर्न तत्पर छन् । देशको विषम राजनीति परिस्थितिमा सिन्डिकेट तोड्ने पक्षमा सरकार अग्रसर देखिएको हल्ला भए पनि यस्ता कालाबजारीहरुका कारण सिन्डिकेट रहिरहने र वीरगन्जवासी जस्तो अरु ठाउँका पनि सर्वसाधारण मर्कामा पर्ने छन् ।
यस विषयमा नेपाल आयल निगम क्षेत्रीय कार्यालय वीरगन्जका प्रमुख रामकुमार न्यौपानेले आयल स्टोरले पेट्रोलियम पदार्थ बढि स्टोरमा नराख्ने गरेको कारण केही हल्ला हुने वित्तिकै पेट्रोलियम पदार्थको अभाव झल्काउने गरेका हुन् । पेट्रोललाई जति बढि दिनसम्म राख्यो उत्तिकै कम हुने गरेको कारणले अधिकाँश आयल स्टोरहरुले स्टक नराख्ने गरेको बताउँछन् । तथापि तेल भएर नदिएको फेला परे तुरुन्त कारवाही गरिने उनले दावी गरे ।