जेष्ठ, असार महिनामा पानी नपरेर कृषकहरु निकै चिन्तित भइरहेको बेला ढिलैं भए पनि अबिरल र भारी वर्षा भयो । असार २१, २२, २३ गतेको देशभरिको भारी र अबिरल वर्षाले जनधनको ठूलो क्षति ग¥यो । सडक अवरुद्ध भयो । बिजुली अवरुद्ध भयो । तीन दिनसम्मको अविरल वर्षामा बाढी, पहिरो, डुबान, नदी कटान, पानीको बहावमा वृद्धि आदि इत्यादि वर्षात्जन्य घटना भयो । देशभरि नै एकैसाथ भारी वर्षाले वातावरण नै कहाली लाग्दो बनायो । क्षति, नोक्सानी अपार भयो । खर्बौको राष्ट्रिय बजेट खर्च गरेर पुन निर्माण हुन नसक्ने अवस्था भौतिक संरचनामा देखिएको छ । प्राकृतिक प्रकोपका कारण देखापरेका भईपरि खर्च गर्नुपर्ने अवस्थामा सरकारले आवश्यक बजेट खर्च गर्न नसक्ने भएको छ । प्राकृतिक विपत्तिले जनधनको क्षति गरी जनताहरुलाई दुःखदायी, शोकमग्न अवस्थामा पु¥याएको छ । प्राकृतिक प्रकृति, दैवी विपत्तिले हामी मानिसहरुको रोइ कराई सुन्दैनन् । प्राकृतिक प्रकोप कठोर र निर्मम हुन्छ । प्राकृतिक प्रकोप निर्मूल गर्न, नियन्त्रण गर्न सकिदैन, मात्र न्यूनिकरण गर्न सकिन्छ भनिन्छ । यो नै सत्य हो ।
वैज्ञानिक रुपले पनि प्राकृतिक विपत्ति निरन्तर रुपमा भने हुदैन । प्राकृतिक विपत्ति अचानक झुक्याएर आउँछ । प्राकृतिक प्रकोपबाट विभत्स करुणामय अवस्था सिर्जना गर्छ । उत्पन्न समस्याको समाधान गर्न अति कठिनाई हुन्छ । क्षेत्रफलको हिसाबले निकै सानो प्राकृतिक सौन्दर्यता जैविक विविधताले भरिपूर्ण देश नेपाल पनि जलवायु परिवर्तनको प्रत्यक्ष असर, प्रभावमा परेको छ । जलवायु परिवर्तनको जोखिम कायम छ । जुन कुरा हामी सबैले असारे अबिरल र भारी वर्षाले भर्खरै देखाएको छ । अविरल वर्षाको कारण भएको जनधनको क्षति प्रत्यक्ष देख्न, सुन्न र अनुभूति गर्न पाएका छौं । भारी वर्षा, अविरल वर्षाबाट ७७ जिल्ला मध्ये ४३ जिल्ला र ७ प्रदेश मध्ये सबै प्रदेशमा एकैसाथ असर र प्रभाव पारेर वातावरण नै कहाली लाग्दो र डरलाग्दो बनाएको छ । त्यसैमाथि गएको असार २८ गते त्रिशूली नदीमा लेदो सहित खसेका दुईवटा बस र ती बसमा सवार मानिसहरुको लापत्ता र निधनको सबै नेपालीको मन दुःखाएको छ ।
भारी वर्षाबाट हुन गएको क्षति न्यूनिकरण गर्न र प्रभावित क्षेत्रका मानिसहरुलाई उद्धार गर्न, राहत उपलब्ध गराउनु हामी सकुशल रहेको सबै व्यक्तिहरुको कर्तव्य हो । सबै एकैसाथ जुटिहाल्नु पर्ने अवस्थामा आएको छ । प्राकृतिक प्रकोपले पनि विभेद गरेको छ । शहर र ठूला घरमा बस्नेहरुलाई सुरक्षित राखेर गरिब, असहाय, नदी खोलाको किनारमा बस्ने असंख्य मानिसहरुलाई बगाएको र डुबाएको छ । असहय दुःख र पीडामा रहन वाध्य पारेको छ । नेपाल भरका यत्रतत्र सर्वत्र प्राकृतिक प्रकोपबाट मानिस, पशु, वनस्पति प्रभावित भएका छन् । बाढी, पहिरो, डुबानमा फसेकाहरुको तत्काल राहत, उद्धार, सेवा गर्नु हामी बाँचेका सबै मनुष्यहरुको परम मानवीय कर्तव्य हो ।
सबै राजनीतिक दलका नेता, कार्यकर्ता पनि उद्धार कार्यमा सक्रिय रहनु अनिवार्य छ । सरकारी सेना, प्रहरी उद्धार कार्यमा युद्धस्तरले जुटेर आफ्नो दायित्व र कर्तव्य पूरा गरिरहेका छन् । यतिखेर वर्षाजन्य प्राकृतिक प्रकोप तराई मधेश, पहाडको सबै क्षेत्रका सबै जनता प्रभावित भएका छन् । प्राकृतिक प्रकोपलाई कसरी न्यूनिकरण गर्ने भनेर चिन्ता र चासो लिइरहेका छन् । सबै संचार माध्यमहरुको प्रमुख समाचार तीन दिने वर्षा र यसबाट पुग्न गएको क्षति र असरका बारेमा नै धेरै छ । अनलाइन, युट्युब, टेलिभिजनहरुले बाढी पहिरो, डुबान, नदि कटान, पानीको बहावको समाचार प्रशारण गरी सबैलाई सचेत रहन आह्वान गरिरहेका छन् । जेठ महिनामै नेपाल सरकार मौसम पूर्वानुमान महाशाखाले यस वर्षको वर्षातमा करिब आठ लाख मानिस वर्षाजन्य, पानीजन्य प्रकोपको जोखिममा पर्ने प्रक्षेपण गरेको छ । ज्योतिष शास्त्रलाई विश्वास गर्ने हो भने पनि यस वर्षको वर्षाजन्य, पानीजन्य प्रकोपबाट निकै क्षति हुने भविष्यवाणी छ । प्राकृतिक विपत्तिले निम्त्याएको क्षति निकै कारुणिक हुन्छ । ढिलो गरी वर्षा भयो । तर विनासकारी साबित भयो । हिजोआज पृथ्वीको वातावरण सन्तुलित छैन ।
जलवायु परिवर्तनको चुनौति डरलाग्दो बन्दै गएको छ । जलवायु परिवर्तन प्राकृतिक परिवर्तन प्रति सबैले पूर्व उच्च सतर्कता र सचेतता अपनाउन अनिवार्य र वान्छनीय देखिन्छ । स्वच्छ वातावरण, स्वस्थ्य शरीर कस्को चाहना हुदैन ? यतिखेर बाढी र डुवानले मित्रराष्ट्र भारतमा पनि तनाब मच्चाएको छ । नदीनालाको धनी देश वर्षा महिनामा अभिशाप पनि बन्न सक्दछ । संसारमा कुनै कुरा सू–निश्चित छैन । कुन बेला के घटना घट्दछ ? कुन विपत्ति आइलाग्दछ ? कुनै सू–निश्चित छैन । चिन्ता त लिनु पर्दछ । तर अति चिन्ता लिनु हुदैन । अवश्य भावी परिणामको चिन्ता लिनु नै तनाब उत्पन्न हुनु हो । मन डराएपछि मनोवैज्ञानिक असर उत्पन्न हुन्छ । प्राकृतिक प्रकोप प्रति सचेत हुन आवश्यक पर्दछ ।
समाज दृष्टिकोण समाज विज्ञानको एक अहम् अंग हो । विभिन्न विषयहरुमा खोज अनुसन्धान र समाज परिवर्तनका लागि महत्वपूर्ण भूमिका खेल्दछ । सामाजिक प्रणालीहरुले समाजको समस्याहरु र उपायहरुको बारेमा विचार, विमर्श गर्ने माध्यमका रुपमा समाज दृष्ट्रिकोणलाई लिन सकिन्छ । जलवायु परिवर्तनको चुनौति पनि समाज दृष्टिकोणबाट केही हदसम्म हल गर्न सकिन्छ । मानवले मानवलाई घृणा र शोषण गर्नु मानवीय शास्वत धर्म होइन । हरेक दुःख, सुःखमा मानिस एक हुनु पदर्छ । मिलेर, हाँसेर बसौं बाँडीचुडी खाऔं भन्ने भावना सबैमा हुनु पर्दछ । तबमात्र सांसारिक सुःखको अनुभूति हुन्छ । यतिखेर मनसुन वर्षाका कारण जुन मानवीय क्षति, दुःख, विभत्स दृश्य देखिएको छ । यस्तो विपद् र आपतको घडीमा सबै जनहरुमा करुणा जाग्नु पर्दछ । सकारात्मक विषयवस्तुमा सामाजिक दृष्टिकोण एक हुनु पर्दछ । तब मात्र आइपरेको, देखापरेको संकट, समस्या, आपत विपद् सामना गर्नु पर्दछ । सामाजिक दृष्टिकोण बनाएमा सम्पूर्ण चुनौतिको सजिलैसंग सामना गर्नुपर्दछ । ठूला–ठूला आपत विपत्, संकट जुनसुकै बेला पर्न सक्दछ भन्ने कुरामा सम्पूर्ण मानिसले हेक्का राखी आवश्यक समाधान विधि र उपाय अपनाउन छोड्नु हुन्न ।