राजनीति प्रतिस्पर्धाको हिम्मत नभएपछि गठबन्धनको च्याँखेदाउबाट निर्वाचन लडेर शासन सत्ता र व्यवस्थाको मतियार बन्न तम्सिएका सबै संसदवादी दलहरु विभिन्न बहस, छलफल, अभ्यासपछि आफूले स्थापित गरेको संसदवादी व्यवस्था आफै पूर्ण असफल बनाउन तम्सिएका छन् ।
आफूले स्थापित गरेको शासन, सत्ता संचालन गर्न नसकेर पूर्ण असफल भएका उनीहरु यो संसदीय व्यवस्थाकै धज्जी उडाइरहेका छन् । अब व्यवस्थाको विकल्प नयाँ व्यवस्था ल्याउन जनक्रान्ति आवश्यक, जरुरी, अनिवार्य भएको धेरैको तर्क छ । संसदीय व्यवस्थाको विकल्प संभव छ । संसदवादी अभ्यासलाई निषेध गर्नुपर्ने बाध्यता र माँग छ । वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्र दलाल, पूँजीवादी, बहुदलीय संसदीय व्यवस्था रहेसम्म देश सुरक्षित र विकसित हुने अवस्थै देखिदैन । राष्ट्रिय राजनीति अब देश र जनतालाई जोगाउन नयाँ सहमति, एकता अनिवार्य छ । राजनीति विचार भएका पार्टीहरु बीच प्रतिस्पर्धा हुनु पर्दछ । गठबन्धन राजनीति संस्कार पूर्ण रुपमा त्याग्नु पर्दछ । एकता, संघर्ष र रुपान्तरणको राजनीति फर्मूलामा टेकेर विकासकालागि राजनीति एकमात्र मूल उद्देश्यमा केन्द्रित हुनुपर्ने बलवान समय देखिएको छ । प्रजातान्त्रिक समाजवाद र साम्यवादी समाजवादी दुई राजनीतिक दर्शनमा दलहरु विभक्त हुनु पर्दछ । राष्ट्रिय स्वार्थको रक्षाकालागि सम्पूर्ण व्यक्तिगत स्वार्थ सबै राजनीतिक दलका नेता कार्यकर्ताले त्यागेर, भ्रष्टचारमुखी वर्तमान मूलबाटोमा अबरोध पु¥याएर यथास्थितिवादी सम्पूर्ण संरचना भएका नेपाली विशेषताको समाजवाद स्थापना गर्न एकता प्रर्दशन गर्न जरुरी छ ।
यथास्थितिवादीहरुलाई पूर्ण ध्वस्त गर्न सम्पूर्ण क्रान्तिकारी आमूल परिवर्तनकामी देशभक्त नेपाली जनताको एकतापूर्ण संघर्ष आवश्यक छ । संसदवादी अभ्यास कसरतसंग नेपाली जनताहरुको मोहभंग लगभग भइसकेकोले क्रमभंग सुनिश्चित छ । भ्रष्ट, दलाल, घुसखोर, कमिशनखोरहरुलाई वाइ वाइ गर्दै समाजवादीहरु नयाँ अठोट, प्रतिबद्धताका साथ एक ढिक्का हुनु पर्दछ । तब मात्र विदेशी हस्तक्षेप र दवावबाट मुक्त भई नेपाल र नेपालीको सर्वोत्तमुखी राष्ट्र र सर्वाङ्गिण विकास गर्ने महत्वपूर्ण अवसर पाउँछन् । वर्तमान नयाँ पुस्ताहरु यस जरुरी कुरा तर्फमात्र केन्द्रित हुनुपर्दछ । देशभक्तिमा शक्ति छ । सकारात्मक न्यायपूर्ण जनक्रान्तिले मात्र आमूल परिवर्तनको अति उत्तम वातावरण कायम गर्न सक्दछ । जलवायु परिवर्तन, देशमा विद्यमान भ्रष्टचार, विदेशी अनुचित दवाब र हस्तक्षेप विरुद्ध लडेर उदाहरणीय नेपाल निर्माण गर्न हामीलाई वर्तमान समयले जिम्मेवारी दिएको छ । बुढा, अवसरवादी, भ्रष्टाचारी, विदेशी दलाल पार्टीका नेताहरुको, कार्यकर्ताहरुको थोत्रा विचार राजनीतिक विचार, संस्कार, परम्परा सबैलाई क्रान्तिको बलमा जबरजस्ती त्याग्न लगाउन सक्नु पर्दछ । राजतन्त्रको बेलाका नेता र कार्यकर्तालाई जनयुद्धले चुप लागेर बस्न वाध्य गराए झै वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रका असफल र कमजोर नेताहरुलाई तै चुप मै चुपको अवस्थामा पु¥याउन नयाँ क्रान्तिकारीले अवश्य सक्दछ । देशको आवश्यक्ता अनुसारको क्रान्ति कसैले रोक्न चाहेर पनि रोक्न सक्दैन ।
निश्चित गन्तव्य हुदै अन्तिम निष्कर्षमा पुग्छ नै । अबको गन्तव्य र परिवर्तन भनेको नेपाली विशेषताको समाजवाद नै हो । यो उपलब्धिलाई अबको जनमुक्ति क्रान्तिले आत्मसात गर्न सकेन भने प्राचीन देश नेपालको अस्तित्व संकटमा पर्दछ । पश्चताप गर्नु वाहेक अर्को विकल्प पनि रहदैन । एक मात्र राष्ट्रिय राजनीति एजेण्डा भनेको समाजवाद नै हो । समाजवादले अवश्य यथास्थितिवाद र असरवादलाई समाप्त पार्न सक्दछ । दिन पर दिन शोषित, उत्पीडित, निराश हुदै गएका नेपाली वाध्यतावस स्वस्फूर्त राजनीति परिवर्तनका लागि जुट्दै आइरहेको छन् । अब राजनीति कोर्ष पूरा हुन धेरै दिन परिवर्तनकामी नेपाली जनताले कुर्नु नपर्ने अनुमान उनीहरु गर्न थालेका छन् । वर्तमान असत्य र अन्याय माथि सत्य, न्याय, परिवर्तनको विजय सुनिश्चित छ । वर्तमान पुस्ताको भविष्य सुनिश्चित छ । भू राजनीतिक असुरक्षाको बादलबाट नेपाल र नेपालीले अवश्य मुक्ति पाउँछन् । यो शास्वत सत्य सावित हुन्छ । राजनीतिक पाप कराइरहेको छ । राजनीतिक, सामाजिक, आर्थिक अपराधीहरुलाई राजनीतिक पापले सत्यानाश र समाप्त गर्ने दिन छिटो आइरहेको धार्मिक वृत्तका मानिसले भन्ने पनि गरेका छन् ।
तथाकथित लोकतन्त्र लुटिखाने शासनमा खतराको घण्टी बजिरहेको छ । आम देशभक्त नेपाली आमाको छोराछोरी जुर्मुराइरहेकाले पापी अपराधी दिन पर दिन हत्तोत्साही भई आफ्नो कालको दिन आफै गनिरहेका छन् । शान्ति, सिर्जना र विकासको वातावरण बन्दै गइरहेको छ । महत्वपूर्ण सत्रहरुमा जन निर्वाचित संसद (जन प्रतिनिधि) हरुको अनुपस्थितिले संसदीय व्यवस्था ढल्ने संकेत गरेको छ । दुःखी, पीडित लाखौं लाख नेपालीहरुको धैर्यता टुटिसकेको छ । नेपालले केही दिनमै आर्थिक संकट र श्रीलंकाको नियति भोग्ने दिन धेरै टाढा छैन । संसदीय व्यवस्था, सरकार, राज्य संरचना पूर्ण असफल देखिइसकेको छ ।