वीरगंज महानगरपालिका वडा नं. १५मा रहेको भिस्वा डाँडा पर्यटकीय स्थलको प्रचुर सम्भावना भए पनि सम्बन्धित निकायको लापर्वाहीका कारण ओझेलमा परेको छ । भिस्वा डाँडालाई प्रवद्र्धन गर्ने हो भने यसलाई पर्सा, बारा तथा छिमेकी भारतबाट पर्यटकहरु आउन सक्ने प्रचुर सम्भावना छ । वीरगंजको भिडभाडबाट एक छिन शान्तमा बस्ने, योगा गर्ने तथा पिकनिक गर्ने प्रकृतिक ठाउँ भए पनि त्यसको विकास हुन सकेको छैन । स्थानीय तहमा जनप्रतिनिधि नहुदाँ ओझेलमा परेको भिस्वा डाँडा जनप्रतिनिधि आए पनि उस्तै छ । भिस्वा डाँडाको विकासको लागि विभिन्न कालखण्डमा केन्द्र तथा स्थानीय स्तरबाट रकम छुटयाईएको भए पनि अझै सम्म काम हुन सकेको छैन । निर्वाचनको समयमा समेत भिस्वालाई पर्यटकीय स्थलको रुपमा विकास गर्ने आश्वासन दिए पनि अहिले सम्म आश्वासनमै सिमित छ । वीरगंज स्थित भिस्वा डाँडा पर्यकटकीय स्थलको रुपमा विकास हुन नसक्नुको कारण के हो ? भन्ने बिषयमा विभीन्न क्षेत्रमा आबद्ध ब्यतmीहरु संग लिइएको प्रतिकृया जस्ताको त्यस्तै :-

गजेन्द्र प्रसाद कुर्मी (वडा अध्यक्ष)
वीमपनपा वडा नं. ८ भिषवा
अहिले त्यसको विकासको लागी बजेट आएको छैनन । तर भिस्वा डाँडाको विकास नगरपालिकाको बजेटले हुनेवाला छैन । त्यसको विकासको लागी क्ेद्रबाट बजेट ल्याउने कुरा समेत हामीले बोर्डमा छलफल गरेका छौ । विगत २ दशक जनप्रतिनीधि विहिन भएको बेला भिस्वा डाँडाको विकासको लागी धेरै बजेट आउँदा यहाँका व्यवस्थापन समितिले के कसरी काम गरेर बजेट सकाउनु भयो भने कुरा मलाई थाहा छैन । मैले प्रतिनिधित्व गरेको बेलादेखि अहिलेसम्म बजेट आएको छैन । यसपाली भिस्वा डाँडाको विकासको लागी केन्द्रबाट बजेट ल्याउने कार्यमा लागेका छौ । भिस्वा डाडाँलाई पर्यटकीय स्थलको रुपमा विकास गर्न महानगपालिकाको सानो बजेटले केही हुदैनन् । त्यसकारण हामी केन्द्रमा पहल गर्दैछौ ।

बुद्धि बहादुर तामाङ्ग (पुजारी)
भिस्वा डाँडा
यहाँका जनताको कमीकमजोरीले गर्दा अझै सम्म भिस्वा डाँडा जिर्ण अवस्था मै छ । म पटक पटक यहाँका मेयर ज्युलाई आग्रह गरिरहदाँ पनि छठपर्वको बेला खाल्टो खुल्टीमा माटो पुरिन्छ भनेर आश्वासन मात्र दिनु भयो तर अहिलेसम्म एकचोटी पनि अनुगमन गर्नु भएको छैन । भिस्वा डाँडाको तिन ठाउँबाट सिडी बनाएर माथि अवस्थित पञ्चबुद्धलाई रङ्ग लगाएर माथि गोल्डेन रङ्गको छाता बनाउँदा अझै आकर्षण देखिन्थ्यो । भिस्वा डाँडाको छेउछाउमा बृक्षारोपण गरी प्रवेश गर्ने गेटलाई पनि मर्मत सम्भार गर्नु एकदमै जरुरी छ । मैले बृक्षारोपण तथा फूलको बोट लगाएको पनि थिए तर यहाँका स्थानीय बाख्राले सबै चराईदिए । मैले बोल्दा पनि यहाँका स्थानीयले मेरो कुरा टेर्दैनन् । नत स्थानीय जनप्रतिनीधि कै ध्यान छ न त यहाँका जनताको । म त यहाँको पुजारी हुँ । मैले यहाँबाट के नै लिएर जाने हो ? जे भए यहाँ कै जनताको फाईदा हुन्छ ।

धनेशभक्त माली (स्थानीय वासिन्दा)
वीमनपा वडा नं. ८ भिस्वा
भिस्वा डाँडाको विकासको लागी बजेट आएपनि यहाँका स्थानीय नेता तथा ठेकेदारहरुले सही तरिकाले काम नगरी जसरी पनि बजेट सकाउने काम मात्र गर्ने गर्छन हैन भने सही तरिकाले बजेट सदुपयोग भएको भए भिस्वा डाँडामा देश तथा विदेशबाट पर्यटकहरु आउनुको साथै वीरगंजको सौन्दर्यलाई पनि झल्काउने काम समेत भिस्वा डाँडाले हुन्थ्यो । भिस्वा डाँडाको विकासको लागी यहाँ खाली भएका जग्गामा पोखरी बनाएर विभिन्न माछा पालनको साथै बोटविरुवा तथा विभिन्न देवताहरुको मूर्ती लगाउँदा धेरै नै सुशोभित हुन्थ्यो । तर यसमा भने कुनै पक्षले चासो लिएको देखिदैन । भिस्वा डाँडाको विकासको बारेमा कुरा गर्दा मात्र नेताहरुले यसमा पहल गरेर यसको विकास गर्ने कार्यमा लाग्ने झुठो वाँचा मात्र गर्ने गर्छन । तर व्यवहारमा भने कसैले पनि उतारेका छैनन् ।

देवेन्द्रं भक्त श्रेष्ठ (स्थानीय वासिन्दा)
वीमनपा वडा नं. १५ मूर्लिबगैचा
यसको विकासको लागी आएको बजेटबाट काम गराउने निकायको नै भित्री मनले काम गरेका देखिदैनन् । छारो छार्ने तरिकाले हल्का काम गरेर छाड्ने र बजेट सकाउने मात्र काम गरेको जस्तो मलाई लाग्छ । भिस्वा डाँडाको विकास हुनेगरी बजेट आएकै थियो तर पनि जस्ताको त्यसतै अवस्थामा छ । विगत १२÷१३ वर्षदेखि म यहाँ प्रणयाम गर्दैछु । माननीय विमल श्रीवास्तवले जसरी घडिअर्वा पोखरीको छेउछेउमा घुमफिर गर्ने ठाउँको रुपमा विकास गर्नु भयो त्यो धेरै नै सरहानीय काम हो । भिस्वा डाँडाको छेउछाउमा २०÷२० फिटको पानी निस्कने नालाको साथै १० फिटको गोलाकार बाटो (घठिअर्वा जस्तै ग्राउण्ड फिल्ड) बनाएर माथि डाडा घुम्ने बाटोलाई समेत व्यवस्थित बाटो बनाई माथि जाने सिडी बनाएर विभिन्न किसिमका बोटबिरुवा, फलका विरुवाहरु बृक्षारोपण गरियो भने यहाँ पर्यटक भित्रयाएर आर्थिक लाभ पनि लिन सकिन्छ । त्यसतै भिषवा डाडाको तलतिर गोल आकारको नदी बनएर त्यमा हाँस पैडिने जस्तो वातावरण सृजना गर्दा धेरै नै राम्रो हुन्थ्यो । अहिले पनि नयाँ वर्षमा धेरै ठाउँबाट मान्छे रमाईलो गर्न आउने नै गर्छन । तर यसलाइृ अझै व्यवस्थित गरियो भने यसको पर्सा, बारा लगायत भारतमा समेत यसको आकर्षण बढ्थ्यो तर यसको विकास बारे कुनै पनि पक्ष सकारात्मक देखिएको छैनन् ।

जमुना देवी (स्थानीय वासिन्दा)
वीमनपा वडा नं. ८ भिस्वा
यसको विकास हनु नसक्नुमा प्रमुख दोषी जनप्रतिनीधि तथा यहाँका अगुवाहरु हुन । यसको विकास आएको बजेट सदुपयोग गर्नुभन्दा पनि दुरुपयोग गरेर खल्ती भर्ने काम मात्र गर्छन । यसमा कुनै पनि पक्षले सकारात्मक रुपले लागेको देखिदैन । धेरै नेताहरुले मुखौटी विकास गर्ने झुठो बाँचा मात्र गरेर गएका छन् । तर सकारात्मक पहल भने कसैले पनि गरेको छैनन् । पहिला पुलिस चौकी नहुँदा धेरै चोरी पनि हुन्थ्यो तर अहिले पुलिस चौकीले धेरै शान्त वातावरण भएको छ । नयाँ वर्ष, बुद्धजयन्ती जस्ता दिनमा यहाँ धेरै भिडभाड लाग्ने गर्छ । साँघुरो बाटो भएकोले मान्छेलाई आवत जावत गर्न कसमकस हुन्छ । यहाँको खाल्टो जमिनलाई पुरेर बाकीको ठाउँलाई पनि व्यवस्थापन गरियो भने यहाँ देश विदेशबाट पर्यटकहरु आउथे । जसले यहाँ विभिन्न व्यपार, व्यवसाय बढ्नुको साथै रोजगारी पनि सृजना हुन्थ्यो ।

ओमप्रकाश सर्राफ (राष्ट्रिय संयोजक)
भिजिट मधेश नेपाल
भिस्वा डाँडा दुई किसिमले एकदमै महत्पूर्ण र एतिहासिक मानिएको छ । सिम्रौनगढ राज्य र गौतम बुद्धको आस्थासंग जोडिएको हुँदा हुँदै पनि यसको विकास प्रति केन्द्रिय पर्यटकी बोर्ड, बुद्धधर्मावल्मबीहरुको संघसंस्था लगायत यहाँका स्थानीय सरकार समेत उदासिन देखिएको छ । भिस्वा डाँडालाई व्यवस्थित गरेर आन्तरिक तथा बाह्य पर्यटन भित्रयाउने सक्ने सोचले यहाँका अगुवाहरु एकिकृत भएर डाँडाको विकास कार्यलाई त्यती महत्व दिएको देखिदैन । तसर्थः कुनै पनि निकायबाट यसको विकासको लागी कुनै ठोस कार्य निती नबनाएकोले यसको संरक्षण तथा सम्बद्धन गर्न सकेका छैनौ । मुख्यतः यसको विकासको लागी स्थानीय सरकारले विशेष भूमिका खेल्नु पर्ने हुन्छ तर यसमा स्थानीय सरकार अहिलेसम्म उदासिन छ । भिजिट नेपाल संस्थाले भिस्वा डाँडालाई पर्र्यटकीय स्थलको रुपमा प्राथमिकता दिई सूचीमा राखेको छ ।

नागेन्द्र ठाकुर (स्थानीय वासिन्दा)
वीमनपा वडा नं. ८ पानीटंकी
राजनीतिक अधिकरणले भिस्वा डाँडा दिनप्रतिदिन धवस्त हुँदै भईरहेको छ । यसको विकासको लागी राजनीति दलभन्दा पनि समाजसेवी पूर्वाग्राही बन्नु पर्ने अवस्था छ । किन भने डाँडाको विकासको लागी धेरै बजेट आयो र काम पनि भयो तर राजनीतिक दलको अधिकरणको कारण अहिलेसम्म यसको विकास हुन सकेको छैन । अहिले २ नं. प्रदेशको मुख्मन्त्री पनि यही क्षेत्रबाट निर्वाचित हुनु भएको छ । तर पनि न त महानगरपालिकाले कुनै चासो देखाईरहेको छ, न त प्रदेश सरकारले । सबै आ–आफ्नै तालमा छन् । वीरगंजको विकासको लागी यहाँको धार्मिक, एतिहासिक तथा पर्यटकीय स्थल हुन सक्ने ठाउँलाई कसरी विकास गर्न सकिन्छ भने बारेमा कसैको पनि जागरुकता देखिएको छैन । चुनावको बेला हरेक नेताले विकासको झुठो सपना मात्र देखाउने गर्छ तर कार्यन्वयन गरेको भने देखिदैन ।

बब्लु गुप्ता (स्थानिय वासिन्दा)
वीमनपा वडा नं. ४ बिर्ता
भिस्वा डाँडा वीरगंजको विकास तथा आकर्षणको धेरै ठुलो पक्ष हो । यहाँका नेताले यसको विकासमा लागेको भए भिस्वा डाँडाले पनि वीरगंजलाई चिनाउन सकिन्थ्यो । वीरगंज आर्थिक र औधोगिक नगरी भएकोले यहाँका व्यापारीहरुले पनि यसमा अलि अलि पहल गरेको भए वीरगंजकै सबैभन्दा शान्त, सौन्दर्य र नमुना ठाउँको रुपमा चिनाउन सकिन्थ्यो । तर यसमा कुनै पनि पक्षले ध्यान दिएको देखिदैनन् । वीरगंजको विकासमा भिस्वा डाँडालाई पहिलो प्राथमिकतामा राखेर पर्यटकीय स्थलको रुपमा विकास गर्न एकदमै आवश्यक छ ।