सर्वाेच अदालतले जन्मसिद्ध नागरिकका सन्तानलाई बंशजको नागरिकता नदिन गृह मन्त्रालयलाई जारी गरेको आदेशको बिरोध गर्दै समाजवादी विद्यार्थी फोरम नेपाल पर्साले आज वीरगंजमा प्रदर्शन गरेको छ ।
वीरगंज महानगरका अध्यक्ष ईश्वर यादवको नेतृत्वमा रहेको विद्यार्थीहरुको टोलीले सर्वाेच अदालतले जारी गरेको पत्रको निर्णय तत्काल सच्याउन माग गर्दै वीरगंजको घण्टाघरमा प्रदर्शन गरेका थिए ।
२०६३ सालमा नै जन्मका आधारमा नागरिकता लिएका व्यक्तिका सन्तानहरुलाई वंशजकै आधारमा नागरिकता दिने कुरा संविधानमा लेखिएपनि मधेश विरोधी मान्सिकता बोकेका केही मधेश विरोधी अधिवक्ताहरुले मधेशको युवाहरुलाई नागरिकता विहिन बनाई मुलुकमा द्धन्द्धको बिउ रोप्न खोजिरहेको नगर अध्यक्ष यादवले आरोप लगाए । उनले भन एकातिर सर्वाेच्च अदालतको निर्णयबाट नै जन्मसिद्ध नागरिकताका सन्तानलाई बंशजको आधारमा जिल्ला प्रशासनले नागरिकता वितरण जगरिरहेको बेला पुनः सर्वाेच्च अदालतबाट नै कार्यन्वयन नगर्न जारी गरेको आदेशले सर्वोच्च अदालत पनि दोस्रो चरित्र देखाएको कुरा पुष्टि भएको छ ।
सर्वोच्चले जारी गरेको आदेश पत्रको निर्णय प्रति समेत जलाई जन्मसिद्ध नागरिकता भएका सन्तानलाई बंशजको आधारमा नागरिकता दिनु पर्ने मांग गर्दै सर्बाेच्च अदालतले गरिेको निर्णय सच्चयाउन नाराबाजी गरेका थिए ।
बिरोध प्रदर्शन कार्यमा कार्यपालिका सदस्य अजय साह सोनार, समाजवादी विद्यार्थी फोरमको केन्द्रिय सचिवालय सदस्य सुजित गिरी, नुरालम अंसारी, शेख रुस्तम, सविना खातुन, आजाद बाबु राकी, असरफ अली, रमेश सहनी, आनन्द गुप्ता, फिरोज बादसाह, हरेन्द्र साह लगाएत समाजवादी विद्यार्थी नेताहरुको उपस्थिति रहेको थियो ।