निर्वाचन आयोगले असोज २३ गते सार्वजनिक गरेको तथ्यांक अनुसार प्रतिनिधि सभामा कुल २१२८ जनाले उम्मेदवारी दिएका छन ्। जसमा १९३७ जना पुरूष र १९१ जना महिला छन् । प्रदेश सभातर्फ २६०० पुरूष, २४४ महिला र एक जना अन्य गरी २८४५ जनाको उम्मेदवारी दर्ता भएको आयोगले जनाएको छ । यसै गरी पर्सा जिल्लामा ४ प्रतिनीधि सभा र ८ प्रदेशसा सदस्य गरी १२ पदका लागि १४४ जनाले उम्मेदवारी दिएका छन् । जसमध्ये आधा भन्दा बढी अर्थात ८२ जना स्वतन्त्र उम्मेदवार छन् ।
प्रतिनिधिसभा सदस्य तर्फ ५० जनाको उम्मेदवारी परेकोमा २४ जना र प्रदेश सभा सदस्यका लागि उम्मेदवारी दिएका ९४ जना मध्ये ५८ जना स्वतन्त्र उम्मेदवार हुन् ।
मुख्य राजनीतीक दलहरुले गठबन्धन गरेर मैदानमा उत्रिएका कारण दलगत उम्मेदवारको संख्या घटेको हो भने दलबाट टिकट नपाएपछि असन्तुष्ट नेताहरुले स्वतन्त्रमा उम्मेदवारी दिएका छन् ।मधेसी केन्द्रित दलहरुमा आबद्ध नेताहरुले स्वतन्त्र तर्फबाट बढी उम्मेदवारी दिएका छन् ।
पार्टीले योगदानको कदर नगरेका कारण स्वतन्त्र उम्मेदवारी दिनुपरेको पार्टीबाट टिकट नपाएर स्वतन्त्र उम्मेदवारी दिनेहरुको प्रतिक्रिया छ ।
पहिला पहिला दलले टिकेट नदिएकाहरु आफुलाई बागी उम्मेदवगारको रुपमा चिनाउथे तर अहिले स्वतन्त्र भन्न रुचाई रहेका छन ।
उम्मेदवारीको अघिल्लो दिन सम्म टिकेटका लागि नेताको ढोकामा कुरेर वस्नेले स्वतन्त्र भन्न कसरी सुहाँउछ ? खोई स्वतन्त्रको अर्थ यहि हो त ? वास्तविक स्वतन्त्र उम्मेदवार खोई त ?
निर्वाचन आयोगमा दर्ता भएका दलहरुबाहेकको उम्मेदवारीलाई कानूनले स्वतन्त्र माने पनि मतदाताले मान्न आवश्यक छैन । उनीहरुलाई गैरदलीय उम्मेदवार भन्न मिल्यो । तर, स्वतन्त्र भन्न मिल्दैन । पहिले पहिले विभिन्न दलमा आवद्ध भएर राजनीति गरे पनि कम्तिमा एक–दुई चुनावमा कुनै दल विशेष आबद्धता नभएकालाई समेत स्वतन्त्र भन्न सकिन्छ । तर, यहाँ त आज एउटा दल छोडेर बागी उम्मेदवारी दिनेलाई स्वतन्त्र भनेर हैरान छ ।
हिजोसम्म एउटा दलमा आबद्ध भएर वा कुनै खास विचारको पक्षमा सार्वजनिक पैरवी गरेकाहरुलाई स्वतन्त्र भनेर हैरान छ । यहि वर्ष सम्पन्न स्थानीय तहको चुनावमा पार्टी विशेष भएर उम्मेदवार बनेर हार व्यवहोरेको व्यतिm पनि अहिले स्वतन्त्र कसरी भए ?
लामो समय सम्म कुनै पार्टी आब्ध नभई स्वतन्त्र रुपमा रहेको व्यतिm खोई ? खोई त स्वतन्त्र ? बालेन साहले लौरो लिएर स्वन्त्र लडेका थिए अहिले त्यो लौरो पनि कुनै पार्टीको चुनाव चिन्ह भईसकेको छ । काँधमा नेपाली भन्डा र लौरो चुनाव चिन्ह कसरी स्वतन्त्र भए ? स्वतन्त्रतालाई पनि फैसनको रुपमा प्रयोग नगरौ ।
पहिलाका निर्वाचनमा पनि स्वतन्त्र उम्मेदावर नजितेका होईनन तर यसरी फैसनको रुपमा आएको थिएन । स्वतन्त्र रुपमा जितेकाहरुको पनि आफनै पिडा छ । दलिय व्यवस्था रहेको देशमा जित्न त सकिन्त स्वतन्त्र रुपमा तर काम गर्न उतिक्कै अप्ठयारो छ जुन यस भन्दा पहिले जनप्रतिनिधिले भोगेका छन । हरेक काममा बाधाहर त्यतिकै आएका छन यसको मतलब यो हैन कि स्वतन्त्रहरु प्रतिनिधिसभामा जानै हुन्न ।
लोकप्रिय स्वतन्त्रहरु प्रतिनिधिसभामा जानुपर्छ । उनीहरुको शक्तिशाली उपस्थितिले संसदीय परम्परामा प्रगतिशील परिवर्तन सम्भव छ । दलहरुलाई मतदाता आफ्नो पेवा ठान्ने विकृतिलाई यसले चेक पनि दिन्छ । स्वतन्त्रको नाममा प्रतिनिधिसभामा जितेकाहरुको अहिलेसम्मको विगत खराब भयो भन्दैमा आगत पनि खराब नै हुन्छ भन्ने हैन । यत्ति चै हो स्वतन्त्रको नाममा चुनाव लड्न आएकाहरु साँच्चिकै स्वतन्त्र हुनुपर्छ । गैरदलीयमात्रै भएर पुग्दैन । पार्टीले टिकेट नदिएका तथा पार्टीले नपत्याएका स्वतन्त्र भन्दा साच्चिकै स्वतन्त्रलाई पहिचान गर्न जरुरी छ ।