जनताको भरोसा मुलुकको सरकारमा हुन्छ । त्यो देशका राजनीतिक दल तथा नेताहरुमा हुन्छन् । तर नेपालको सन्दर्भमा हेर्ने हो भने नेपाली जनताको आशा र भरोसाका केन्द्र सरकार, राजनीतिक दल र नेताहरु यति अब भरोसायुक्त रहेनन् । उनीहरु यति तल्लो स्तरसम्म झरेका छन् कि भनी साध्य छैन ।
देश चलाइरहेको नेपाल सरकार र त्यो सरकारमा रुमल्लिएका राजनीतिक दलले अब देशलाई भागबण्डामा कैद गरिसकेको प्रत्यक्ष देख्न टाढा जान नपर्ने भएको छ । आफूले पाउने सिट, स्वार्थ र पद पैसाको लागि महिनौं रस्साकस्सीमा मात्र लागेपछि त्यो देशको भविष्य के हुन्छ ? आफै अनुमान लगाउन सकिन्छ । नत्र जनता र देश पनि छ, कसैसँग नहारेको स्वाधिन मुलुक पराधिनको बाटोमा नेताहरुकै कारण हुन थाल्यो भन्ने हेक्का हुने हो भने नेता र राजनीतिक दलले पाउने सिट भन्दा जहिले पनि ठूलो हुन्छ । यो नेपाली सत्तापक्षीय दल र सरकारलाई कहिले पनि भएन ।
अरुभन्दा केही देश हित अनुकुल केही राम्रो गर्न लागेको पहिलेको सरकार देखी आफ्नो राजनीतिक दाउपेस सधैंका लागि सकिने पो हो कि भनी झस्काले वर्तमान सत्तापक्षीय दलहरु अझ तत्कालिन सत्ताकै अगुवा केही नेता भन्नेहरुले पार्टी तोडफोड गरेर त्वम् शरणम् भई काँग्रेसको नेतृत्व अंगालेर आखिर गरे के त ? अब यो प्रश्न पनि नउठ्ने हुँदैन ।
पार्टी फुटाउने, देश भाँडभैलोमा धकेल्ने नहुँदो हो त विगत तिनचार महिनाबाट यी गनगनेहरुका भागवण्डाको रडाको मात्र नेपाली जनताले सुन्न पर्ने थिएन । आफ्नो पार्टीको नीति सिद्धान्त र विचार जनतामा लाने त यी दलहरुको चेतना शुन्यप्रायः नै भइसकेको जस्तो देखिन्छ । नीति र सिद्धान्त नै दलहरुको हरायो र भागबण्डाले मात्र पुग्ने भएपछि जुनसुकै देशका पनि जनताले त्यो सरकार र त्यसमा सामेल दलका विकल्पमा सोच्न बाध्य हुनै पर्छ । नेपालीका माझ पनि यहि विकल्प सामनेमा खडा भएको छ ।
त्यसो नहुँदो हो भने सत्तापक्षीय नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी ( जसपा ) नेपाल, एकिकृत समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले आ–आफ्नो भागवण्डा र पद पैसाको प्राप्तिको दाउपेच वाहेक यो सरकारका पालामा के पाए ? बजेट विनाको केही कामको नाम र शिलान्यास त नभए केही फरक पर्दैन । ठोस काम नै नहुने भएपछि राजनीति फण्डामा जनतालाई अल्मल्याएर आफ्नो दूनो सोझ्उाने वाहेक जनताले केही नपाएपछि सत्ताधारी दलको विकल्प अबको निर्वाचनमा नेपाली जनताले खोज्न पर्ने भएको छ ।
त्यो विकल्पमा नेपालमा अरु देश हाक्न सक्ने दल या नेता वा शक्ति को छ त ? भनी नियाल्दा फेरि पनि यहि सत्ताधारी दलहरुले काम लायक भएन भनी फालेको नेकपा एमाले, राप्रपा या स्वतन्त्र पार्टी र स्वतन्त्र उमेद्वार वाहेक अर्को शक्ति नेपालमा छैन । त्यसैले पनि नेपाली जनताले अब देश हाक्न सक्ने र देशी विदेशी शक्तिसँग ठाडो आँखा जुधाएर आगडी बढ्ने एमाले विकल्प हुन सक्ने देखिन्छ ।
राप्रपाको देशव्यापी प्रष्ट संगठन नभएको देश चलाउने ठाउँमा पुग्न नसक्ने देखिदा र निर्वाचनमा एक्लै पनि लड्न तयार छु भन्ने ल्याकत राख्ने पार्टी एमाले र राप्रपा मध्ये देश चलाउने ठाउँमा पुग्ने एमाले मात्र देखिएकोले नेपालको सन्दर्भमा अरु दल र नेताभन्दा एमाले नै विकल्प देखिन्छ । यसोभन्दा एमाले दुधले धोएको पार्टी भन्न खोजेको किंमार्थ होइन । केवल तुलना गर्ने पक्षको मात्र उजागर गरिएको हो ।