सरल र ज्ञानी स्वभाव भएको ८ वर्षीय सस्कार अग्रवाल वीरगंज महानगरपालीका पडा नं ३ रहेका ग्रेड् एकाडेमी वोडिङ्ग स्कूलमा कक्षा ३ मा अध्ययनरत छात्र हुन । उनको बुवाको नाम गुञ्जन अग्रवाल आमा कस्मा अग्रवाल तीन सन्तान मध्यको पहिलो सन्तान हुन् । उनको बुवाको आफनै व्यवसाय छ । आमा घर गृहणी हुन भन्दै बताए ।
उनको घरमा हजुरबुबा , हजुरआमा , ठूलो बुवा , ठूलोआमा ,बाबा ,ममि र तीन बहिनी सहित १० जनाको संगोलको परिवारमा उनी बस्ने बताउँछन् । संगोलको परिवारमा रहेका संस्कार पढन लेख्न र खेल्नमा निकै रुची रहेको पनि बताउँछन् । पढाइसँगै खेल्नमा पनि रुची रहेको उनको भनाइ छ । पढेर भविष्यमा सर्जन डाक्टर बन्ने उनले आफ्नो चाहना रहेको तर्क गरे । बाबा ममिले पढेर डाक्टर बन्नुपर्छ भनेपछि आफ्नो झुकाव डाक्टरी पेशा तर्क आकर्षित भएको विस्तृतमा उनले खुलासा गरे । मेरो बाबाले सर्जन रोगको डाक्टर बन्नुपर्छ भन्नु हुन्छ ।
त्यसैले मैले पनि भविष्यमा सर्जनको डाक्टर बन्ने लक्ष्य लिएको उनले हास्दै भने । उनको परिवारमा सबैले राम्रो पढ भन्नु भएको पनि उनले खुलासा गरे । मिलनसार र मेजासिलो स्वभाव भएका सस्कार विद्यालयमा राम्रो छवि बनाउने सक्ष्म विद्यार्थी रहेको विद्यालयलका शिक्षकहरुको भनाइ छ । धेरै सकय स्कूलमा बस्न मन पराउने सस्कार स्कूलमा साथीहरुसंग बसेर आफनो गृहकार्य गर्न र उनीहरुसँगै खेल्न रमाइलो लाग्ने गरेको तर्क गर्छन् ।
सबै विषय सजिलो लाग्ले तर धेरे पढन मन लाग्ने विषय कम्प्यूटर लाग्ने उनले भने । नेपाली विषय पढन लेख्न अलि गाह्रो हुन उनले तर्क गरे । रमाइलो गर्दै बुझाएर पढाउने माया गर्ने सनि सरार्फ शिक्षक हुन् । आफूसंगै बस्ने नजानेका कुराहरु बताउने कुराहरु सेयर गर्ने आयूष कुमार उनको मिल्ने साथीरहेको ताए । विद्यालयमा हुने गरेको क्रियाकलापहरुमा सस्कारको संक्रिय सहभागिता हुने गरेको विद्यालयले जनाएको छ । उनलाई पढाइ संगसंगै नृत्य र फूटबलमा पनि रुचि उति नै रहेको उनले थपे ।
उनले भने बाहिरको खाना भन्दा घरमा ममिले पकाएको खाना मन पर्ने सस्कारले बताए र घर परिवारमा सबैको माया लाग्ने सस्कारको भनाइ छ । उनको परिवारमा सबैले उनलाई डाक्टर बनाउने चाहना रहेको उनले हास्दै भने । भविष्यका बारेमा भोलीको दिनमा उसले पढेर जे बन्ने इच्छा गर्छ हामीले त्यही बनाउने हो । उनका परिवारका सदस्यले तर्क गरे । हामी त बाटो देखाउने हो बाँकी त उसैले गर्ने हो भने उनको परिवारले बताए ।