एसियाकै सबैभन्दा ठुलो बन्न लागेको निजगढ अन्तराष्ट्रिय विमानस्थलका लागी रुख नकाट्न कुरा चलिरहदा यता तस्करहरुले धमाधम काठ तस्करी गरिरहेको पाईएको छ ।
तस्करले सालका गोलिय धानको भुसमा राखी माथीबाट बालुवाले पुरेर काठ तस्करी गरि चिरानमिलमा पुगाएपछि यो भेद खुलेको छ । प्रहरीले लुकाइ राखेको अवस्थामा चिरानमिलबाट ठुलो परिणाममा काठ बरामद भएको छ । रौतहटको चन्द्रपुर गाउँपालिका अन्र्तगत बाल्चनपुर गाउमा रहेको थापा काठ उधोगका चिरान मिलबाट प्रहरीले अवैधरुपमा बनबाट ल्याएर राखिएको सालको गोलिया बरामद गरेको छ ।
सनिवार बेलुकी ६ बजेका समयमा गुजरा नगरपालीकाका धनसर लचक्को नजिकका वनवाट हरीयो सालका रुख कटान गरी ल्याईएका वन अधिकृतहरुले छानविन मार्फत बताए । बल्चनपुर गाउमा रहेको थापा काठ उधोगको नाममा दर्ता रहेको चिरानमिलबाट ६ थान सालको काचो गोलिया प्रहरीले बरामद गरेको जिल्ला बन कार्यालय रौतहटले जनाएको छ ।
कृष्ण थापाको नाममा दर्ता रहेको उक्त चिरानमिल र धनका भुसमा पुरेर बनबाट ल्याएको काठको तस्करीबारे अनुशन्धान भैरहेको रौतहटका सहायक वन अधिकृत महेन्द्र प्रसाद जयसवालले जानकारी दिए । बरामद गरेको काठ ५३ क्यूफिट भन्दा बढी रहेको र त्यसको मुल्य तीनलाख भन्दा बढी पर्ने वन कार्यालयले जनाएको छ ।
घटना बाहिर आएपछि चिरान मिलका संचालक फरार रहेका छन । रंगपुर, सिम्री, जंगलसैया बन क्षेत्रबाट मोटरसाइकल, साइकल र टेक्टरमा राखेर काठ तस्करी हुने गरेको पाइएको छ । बन क्षेत्र नजिकै रहेको डुमरीया, लक्ष्मिपुर, कनकपुर, जिगडिया लगाएतका स्थानमा रहेको चिरानमिलहरुमा चोरीका काठहरु बिक्री हुने गरेको छ ।
फोटो सौजन्य