स्तन क्यान्सर रोकथामबारे एकदिने जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । वीरगंजस्थित होटल मकालुमा लायन्स क्लब अफ वीरगंज संस्कृति गोल्डले आईतबार आयोजना गरेको एक दिने स्तन क्यान्सर रोकथाम बारे जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै लायन्स क्लबका पुर्व डिष्ट्रिक्ट गभर्नर लायन डा. रामअवतार खेतानले कार्यक्रम उपलब्धिमुलक रहेको बताउँदै कार्यक्रमका आयोजकहरुलाई धन्यवाद व्यक्त गरेका थिए। कार्यक्रमका विशिष्ट अतिथि लायन्स क्लबका पाष्ट इन्टरनेशनल डाइरेक्टर लायन संजय खेतानले लायन्स क्लब इन्टरनेशनलको सहयोगमा प्राप्त भएका भेन्टीलेटर, अक्सीजन कन्सन्ट्रेटर लगायतका अन्य मेडिकल इक्वीपमेन्टहरु वीरगंज आइसकेको र छिट्टै वीरगंजको नारायणी अस्पताललाई हस्तान्तरण गरिने बताएका थिए । उनले लायन्स क्लब इन्टरनेशनलको सहयोगमा वीरगंजको श्रीपुर माविमा ठुलो हल समेत निर्माण गरिने बताए ।
त्यसैगरि कार्यक्रमका अर्का विशिष्ट अतिथि वीरगंज महानगरपालिकाका मेयर विजय सरावगीले आफुले वीरगंजमा २० वर्षमा नभएको विकास ४ वर्षमा गरेर देखाएको दाबी गरेका थिए । वीगंजको काली मन्दिर नजिकै रहेको चिल्ड्रेन्स पार्कलाई लायन्स क्लबकै व्यवस्थापनमा संचालन हुने गरि चिल्ड्रेन्स पार्क र खुल्ला मधुमेह व्यायाम स्थलको रुपमा तैयार गरि लायन्स क्लबलाई हस्तान्तरण गर्ने बताए । उनले आफु पनि लायन्सको सदस्य रहेकोले आगामी दिनहरुमा वीरगंज एरियामा रहेका लायन्स क्लबहरुसँग हातेमालो गरि विभिन्न स्वास्थ्य सम्बन्धी जनचेतनामूलक कार्यक्रमहरु गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । सोहि अवसरमा लायन्स क्लब अफ वीरगंज संस्कृति गोल्डको सहयोगमा आज चैनपुरका एक अशक्त व्यक्तिलाई व्हील चेयर वितरण गरिएको थियो भने आजै लायन्स क्लब अफ वीरगंज संस्कृति गोल्डका पदाधिकारी एवं सदस्यहरुलाई लायन्स क्लब इन्टरनेशनलको चार्टर प्रमाणपत्र वितरण गरि चार्टर प्रेजेन्टेसन समेत सम्पन्न भएको थियो ।
लायन्स क्लब अफ वीरगंज संस्कृति गोल्डकी अध्यक्ष लायन सुधा कार्की थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्त्रीरोग विशेषज्ञ डा.सलमा बानु र डा. किर्ती अग्रवालले महिलाहरुमा हुने स्तन क्यान्सर र त्यसबाट कसरी बच्न सकिन्छ भन्ने बारेमा जनचेतनामूलक प्रस्तुतिकरण गरेका थिए ।
कार्यक्रममा लायन्स क्लबका डिष्ट्रिक्ट एक्ज्यूकेटिभ चिफ लायन डि.एन. अग्रवाल, मानद डिष्ट्रिक्ट एडभाइजर लायन पशुपति विक्रम शाह, को–चिफ डिष्ट्रिक्ट एडभाइजर लायन देव चौधरी, लायन राम बिहारी पाण्डे, लायन विजय गुप्ता, एरिया चिफ लायन बासु तिमिल्सिना, रिजन चेयरपर्सन लायन विजया ओझैया, जोन चेयरपर्सन लायन आश्मा सिंह यादव, डिष्ट्रिक्ट डिपार्टमेन्ट मेम्बर गुड्डी जोशी, लायन विजय कुशवाहा, लायन्स क्लब अफ वीरगंज मिलेनियमका अध्यक्ष लायन सुमन श्रेष्ठ, सेन्ट्रलकी अध्यक्ष लायन कविता हलान, सेन्ट्रल सिटीकी अध्यक्ष लायन मिनादेवी टिबडेवाल लगायत लायन्स क्लबका अन्य सदस्यहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
कार्यक्रमको सहजीकरण लायन्स क्लब अफ वीरगंज संस्कृति गोल्डकी सचिव लायन भग्वती सिग्देलले गरेका थिए ।