रोटरी क्लब अफ वीरगञ्ज मेट्रोपोलिस, इनर ह्वील क्लब अफ वीरगञ्ज, रोटरी डिस्ट्रिक्ट ३२९२ तथा विभिन्न इन्टर्याक्ट क्लबहरूको संयुक्त आयोजनामा शुक्रबार वीरगञ्जस्थित चिनी मिल परिसर र ज्येष्ठ नागरिक पार्कमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।
“Let’s Plant a Tree, Hope for a Better Tomorrow” भन्ने मूल नारासहित सञ्चालन गरिएको ‘इको–सिस्टम रेस्टोरेशन प्रोजेक्ट’ अन्तर्गतको अभियानले वातावरण संरक्षण, हरियाली विस्तार तथा स्वच्छ र दिगो वातावरण निर्माणमा योगदान पुर्याउने उद्देश्य राखेको आयोजकले जनाएको छ।
कार्यक्रममा रोटरी क्लब अफ वीरगञ्ज मेट्रोपोलिसका अध्यक्ष राजकिशोर कलवार, निवर्तमान अध्यक्ष (आईपीपी) जगदीश शर्मा, रोटर्याक्ट क्लब अफ वीरगञ्ज मेट्रोपोलिसका अध्यक्ष संगम पाण्डित, निवर्तमान अध्यक्ष रोशनी भट्टराई, रोटर्याक्ट क्लब अफ युनाइटेड वीरगञ्जका अध्यक्ष रामविनय यादव, सचिव नकुल गुप्ता, रोटेरियन अनिल जयसवाल, डा. अशोक दास, डा. कमलेश दत्त, सौरभ बर्नवाल, इनर ह्वील डिस्ट्रिक्ट ३५० की डिस्ट्रिक्ट चेयरम्यान डा. सृष्टि श्रेष्ठ प्रजापति, डिस्ट्रिक्ट सेक्रेटरी मञ्जु शाक्य, इनर ह्वील क्लब अफ वीरगञ्जकी अध्यक्ष डा. प्रीति गुप्ता, सचिव निभा दास, आईएसओ प्रियंका झा, सम्पादक लक्ष्मी कर्ण दत्त, कार्यसमिति सदस्य डा. ममता मिश्र, सदस्य मेघा मित्तलसहित रोटरी, इनर ह्वील, रोटर्याक्ट र इन्टर्याक्ट क्लबका पदाधिकारी तथा सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
आयोजकका अनुसार वृक्षारोपण अभियानले वातावरण संरक्षण, हरियाली प्रवर्द्धन र समुदायमा वातावरणप्रति जनचेतना अभिवृद्धि गर्ने लक्ष्य राखेको छ। आगामी दिनमा पनि यस्ता वातावरणमैत्री कार्यक्रमलाई निरन्तरता दिँदै वातावरण संरक्षणमा सामूहिक योगदान पुर्याउने प्रतिबद्धता आयोजक संस्थाहरूले व्यक्त गरेका छन्।