- डा. हरेराम यादव
मासु, मानिसका लागि एक पौष्टिक अहार हो, जुन प्रोटिन, भिटामिन, मिनरलका लागि मुख्य स्रोत मानिन्छ । खसीको मासुमा २०.६ देखि २२.३ प्रतिशत प्रोटिनका साथ साथै जिंक, भिटामिन बि, पोटासियम आयरन जस्ता तत्वहरु पनि पाईन्छ । यी तत्वहरु हाम्रो शरीरको लागि एकदमै अति आवश्यक तत्वहरु हुन् । सन्तुलित भोजनमा मासुको प्रयोग अनिवार्य नै मानिन्छ ।
हुन त मासु बर्ष भरी नै खाईन्छ, तर नेपालमा हिन्दुहरुले मनाईने पर्वहरुमध्ये महान चार्डपर्व बडा दशैंमा मासु बढी खाने प्रचलन छ । त्यसमा पनि अष्ठमी देखि पुर्णिमा सम्म त अझ बढी करिब प्रत्येक दिन बिहानै बेलुका खाईने भएकाले यो सन्दर्भ दशैसँग जोडिएको हो । के हामी स्वच्छ र स्वस्थ मासु खान्छौं त ? कस्ता मासुलाई अस्वस्थ र कस्तालाई स्वस्थ मासु भनेर चिन्ने त ? अस्वस्थ मासु खाएमा कस्ता कस्ता रोगहरु लाग्छन त ? स्वस्थ मासु उत्पादन तथा बिक्री वितरण गर्न के के कुरामा ध्यान दिनुपर्ने आवश्यक छ ? यसका लागि कानुनी व्यवस्था तथा सरकारका प्रयासहरु के कस्ता छन् ? यस्ता छन आम उपभोक्ता र सरोकारवालाहरुको लागि संदेश मुलक जानकारी ।
गुणस्तरीय तथा स्वस्थ मासुका विशेषताहरु के के हुन ?
- कुनै किसिमको अमिलो, बिग्रिएको, मन नपर्ने गन्ध नआएको मासु
- हरियो तथा प्याजी रग नभएको मासु
फ्रिजमा राखेको मासु - काट्दा र समाउदा नतन्कने खालको मासु
- झिंगा नलागेको मासु
- मासु किन्ने पसल,बञ्चरो, अचानो, काट्ने हतियार, लगाएको पोशाक, तराजु आदिको सफाई अवस्था राम्रो भएको ठाउँको मासु ।
- हलाल विधिबाट बध गरिएको पशुको मासु ।
संक्रमीत मासुबाट मानिसलाई कस्ता कस्ता रोगहरु लाग्न सक्छन ?
जिवाणु, विषाणु, जुका नाम्ले, टक्सीन आदिबाट संक्रमण भएका मासुलाई संक्रमीत अर्थात अस्वस्थ मासु मानिन्छ । जिवाणुहरु जस्तै सालमोलेना, ईकोलाई, स्टाफाइलोकोकस, लिस्टेरिया । विषाणुहरु जस्तै नेरो भाइरस, हेपटाइटिस ए । पारासाईट जस्तै जियारडिया, ट्राइचिलेला, फिते जुका र त्यसका लर्भाहरु । यस्ता मासु खाएमा फुड पोआइजिनिङ्ख भई पेट बटारिने, दुख्ने, झाडापाखाला लाग्ने, ज्वरो आउने जस्ता लक्षणहरु देखिन्छन् । ईकाइनोकोकस, सिसटिसर्ककस जस्ता जुकाको शिष्ट शरीरमा प्रवेश गरी खतरनाक अवस्था आउन सक्छ ।
संक्रमीत तथा गुणस्तरहिन मासुबाट मानिसमा रोगहरु कसरी सर्दछ ?
- काँचो, नपाकेको तथा पालेको कालो मासु खाएमा ।
- बती नभएको बेलामा फ्रिजमा राखेको वा फ्रिज बाहिर राखेको मासु खाएमा ।
- डेगलेको मासुमा सस्तो भनी लोभिएमा । बिरामी पशुपन्छीको मासु खाएमा ।
- बध गर्ने वितिकै पकाएर खाएमा ।
कस्ता मासु खाने र कास्ता मासु नखाने ?
- मासुका लागि खसी किन्दा झोक्राएको, आँखामा किचर भएको, र्याल काडिरहेको, फनफनी घुमिरहेको खसी खरिद नगर्ने ।
- बासी तथा खुल्ला ठाउमा राखेको मासु खरिद नगर्ने ।
- काचो मासु नै रोगको भण्डारण हो । यसबाट रोग सर्ने सम्भावना पनी अत्याधिक हुने भएकोले काचो मासुको परिकार खानु हुदैन ।
- मासु पोल्दा राम्रोसँग नपाक्ने र धुँवाबाट विशाक्ता बढ्ने सम्भवना अत्याधिक भएकोले पालेका मासु (सेकुवा) सकेसम्म नखाऔं ।