नेपालको अग्रणी प्रिमियम इलेक्ट्रिक स्कुटर ब्रान्ड एथर नेपाल (Ather Nepal) ले वीरगञ्जमा नयाँ एथर एक्सपिरियन्स सेन्टर (Ather Experience Center) सञ्चालनमा ल्याएको छ। यससँगै कम्पनीले देशभर दिगो तथा स्मार्ट विद्युतीय यातायात विस्तार गर्ने आफ्नो अभियानलाई थप सुदृढ बनाएको जनाएको छ।
वीरगञ्जको आदर्शनगरस्थित नयाँ एक्सपिरियन्स सेन्टर असार ४ गतेदेखि गेटवे मोटर्स प्रा. लि. (Gateway Motors Pvt. Ltd.) को व्यवस्थापनमा सञ्चालनमा आएको हो। यस केन्द्रमार्फत मधेश प्रदेशका ग्राहकहरूलाई एथरका आधुनिक, प्रविधिमैत्री तथा उच्च प्रदर्शनयुक्त इलेक्ट्रिक स्कुटरहरू सहज रूपमा उपलब्ध हुने कम्पनीले जनाएको छ।

यससँगै एथर नेपालको देशभरका एक्सपिरियन्स सेन्टरहरूको संख्या १२ पुगेको छ। यी केन्द्रहरूमा काठमाडौं उपत्यकाका ५ केन्द्रसहित पोखरा, चितवन, इटहरी, बुटवल, जनकपुर, बिर्तामोड र वीरगञ्ज समावेश छन्।
कम्पनीले देशभर १० भन्दा बढी अधिकृत सर्भिस सेन्टरमार्फत बिक्रीपछिको सेवा विस्तार गर्दै आएको जनाएको छ। साथै, एथरले ८ वर्षसम्मको विस्तारित ब्याट्री वारेन्टी उपलब्ध गराउँदै आएको छ, जसले दीर्घकालीन विश्वसनीयता र ग्राहक विश्वास बढाउने कम्पनीको दाबी छ।
नयाँ केन्द्रमा एथरको सम्पूर्ण स्कुटर दायरा उपलब्ध रहेको छ, जसमा एथर ४५० सिरिज (Ather 450 Series) र एथर रिज्टा (Ather Rizta) समावेश छन्। एथर ४५० सिरिज उच्च प्रदर्शन र स्मार्ट प्रविधियुक्त राइडिङ अनुभवका लागि डिजाइन गरिएको स्कुटर हो भने एथर रिज्टा परिवारमैत्री, आरामदायी र सुरक्षित यात्राका लागि लक्षित मोडेल हो।
ग्राहकहरूले एक्सपिरियन्स सेन्टरमा स्कुटर अवलोकन, प्रत्यक्ष प्रदर्शन, टेस्ट राइड, फाइनान्सिङ तथा एक्सचेन्ज योजनाबारे जानकारी लिन सक्नेछन्।

एथर नेपालले देशभर आफ्नो एथर ग्रिड फास्ट चार्जिङ नेटवर्क (Ather Grid Fast Charging Network) विस्तार गर्दै आएको छ, जसअन्तर्गत हाल प्रमुख सहर तथा राजमार्गहरूमा ४० भन्दा बढी चार्जिङ प्वाइन्ट सञ्चालनमा रहेका छन्।
उद्घाटन अवसरमा कम्पनीले सीमित अवधिका विशेष अफर पनि सार्वजनिक गरेको छ, जसअनुसार ग्राहकहरूले विस्तारित ब्याट्री वारेन्टी, शून्य प्रतिशतसम्म फाइनान्सिङ सुविधा तथा एक्सचेन्जमा रु. ८,००० सम्मको अतिरिक्त लाभ प्राप्त गर्न सक्नेछन्।
कम्पनीले स्मार्ट प्रविधि, सशक्त पूर्वाधार र ग्राहक–केन्द्रित सेवामार्फत नेपालमा विद्युतीय सवारी साधनको प्रयोग विस्तार गर्ने प्रतिबद्धता जनाएको छ।
त्यस्तै, वैद्य इनर्जी प्रा. लि. (Vaidya Energy Pvt. Ltd.) एथर इनर्जीको नेपालका लागि आधिकारिक तथा एकमात्र वितरक हो, जसले देशभर ईभी इकोसिस्टम विस्तारमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ।