- डा. केदार कार्की
प्राश ऐतीहासीक काल देखि मानिसको नजीकको आत्मीय साथी मानिएको कुकुर कहिले काहीँ अर्थझटटको शत्रु बन्न सक्छ । यदि रेवीज रोगले ग्रसीत कुकुरले तपाईलाई टोकेको भने तपाई समस्यामा पर्न सक्नु हुन्छ । त्यसैले सामान्य मानीसले कम्तीमा नि रेवीज बारे थाहा पाइराख्नु पर्छ । रेवीजः ल्याटिन भाषामा शाक्दीक अर्थमा बहुलापन एक खाले भाइरसका कारण हुने रोग मानीन्छ । जस्ले मष्तीस्क सोध गराउंछ । यो लाइसा भाइरसका कारण हुने जुनोटिक रोग मानिन्छ । यो रोग मानीसमा संक्रमीत पशुको ¥यालसंग संपर्क भएमा सर्ने गर्दछ । टोकेको वा अन्य खाले घाउ भएमा मानीसको लागि कुकुरले टोकेपछि बेलैमा उपचार निष्प्रभावी हुन अती घातक रोग मानिन्छ । रेबीजका भाइरसहरुले शरीरको केन्द्रिय स्नायु प्रणालीलाई असर गर्ने हुँदा मष्तीस्कधात भई मृत्यु हुने गर्दछ ।
कुकुरको आतंकको विश्वब्यापी प्रभावः
रेबीज भाइरस विधखाले घरपालुवा जनावर बन्यजन्तु जन्य आश्रम स्थलमा बाांच्न सक्छ । न्युजीलैण्ड र अस्ट्रेलीया बाहेक विश्पका प्राय जसो मुलुकहरुको घरपालुवा बन्य जन्तु समुदायमा यो भाइरस प्राकृतिक रुपमा अवस्थीत रहेको पाइन्छ । रेबीज विश्वका १५० भन्दा बढी देशमा अवस्थीत रहेको पाइन्छ । विश्वमा वर्षेनी ५५,००० भन्दा बढी मानीस यो रोगबाट मर्ने गर्दछन् । नेपालमा पनि यो रोग इन्डेमीक रुपमा स्थापित रोग मानिन्छ जस्का कारण वर्षेनी मानीस तथा घरपालुवा जनावर यो रोगबाट ग्रसीत हुने गर्दछन् ।
रेबीजका लक्षण के के हुन् :
पहिलो लक्षण सामान्य फलु जस्तो ज्वरो आउने, सामान्य कमजोरी हुने या अपजीलो हुने, ज्वरो आउने, टाउको दुख्ने, बिस्तारै तीक्षण दुखाइ हुने, हिंसात्मक गतीविधि गर्ने, अनियन्त्रीक उत्तेजना, सुस्ताउने, हाइड्रोफोविया पानी देखी डराउने एरोफोविया हावा संग डराउने प्रमुख हुन् । यी लक्षणहरु केहि समय सम्म देखिन्छन् । टोकेको चिथरेको घाउ बरीपरी च¥याउने चिलाउने गर्न सक्छ । जसै रोग बीकशीत हुँदै जान्छ मानीसमा अवचेतन अवस्थामा पुग्ने अस्वभाविक वेवहार गर्ने, बेशध हुने वा निद्रा नलाग्ने गर्दछ । अन्तमा बीरामी बौलाएको थोकेको जस्तो अनुभव गरी अन्तमा वेशोश हुन्छ । बिरामीको मृत्युको कारण स्वास प्रस्वासको अवरोधको कारण मानीन्छ । रोगको तीक्षण अवधि २ देखि १० दिन सम्मको हुन्छ । एक पटक बिरामीले रोगजन्य लक्षण देखाइ सकेपछि रोग सधै घातक हुन्छ र उपचार मात्र सहयोगात्मक हुने गर्दछ सास रहुन्जेलका लागि ।
रोकथाम :
लुइस पास्चर र इमाइल शैकसले १८८५ इ.स. मा यो रोगको खोपको बिकास गर्नु भन्दा पहिले मानिसमा रेवीज लागेका बिरामीको लागि यो रोगघातक हुने गर्द थियो । मुल खोप संक्रमीत खरायोको स्नायु तन्तुबाट संकलीत गरिएको थियो । तन्तुमा भएको भाइरसलाई कमजोर पार्न स्नायु तन्तुलाई ५–१० दिन सुकाइको थिो । मान्छेको लागि डिपल्वाइड शेल खोपको शुरुवात इ.स ९३६ मा गरिएको थियो । हाल मानिस पशुहरुमा रेवीज लाग्न भन्दा पहिलो यो रोग विरुदघ खोप लगाउने पचलन छ ।
निम्न कुरा नियमित गरे समुदायमा रेबीज नियन्त्रण गर्न सकिन्छ । कुकुर बिरालोलाई नियमित खोप लगाउने, आफनो घरपालुवा कुकुर बिरालो नीगरानीमा राख्ने, नचिनेको फिरन्ते भुस्याहा जगंली जनावरलाई नचलाउने जिस्काउने । टोल छिमेकमा वेला कुवेला जंगली फिरन्ते जनावरले अस्वभावीक व्यवहार भएमा सम्बन्धित निकायमा खबर गर्ने । कुनै जनावरले टोके, चिथरेमा घाउलाई १०–१५ मिनेट साबुन पानीले धुने स्वास्थ्य सेवा लिन संबन्धित पशु चिकित्सक संग खोप लाउन पर्ने बारे सम्पर्क गरी सल्लाह लिे । क्भउतझदभच द्दड का दिन विश्व रेवीज दिवस मनाइन्छ । जस्ले रेवीज रोगबारे यस्को नियन्त्रण बारे निर्मुल गर्ने बाट मुलुक सूचना प्रवाह एवं प्रर्वघन गर्दछ ।
कुकुरको टोकाइ पछिको उपचार व्यवस्थापन :
यदि १० दिन भित्रै तुरुन्तै उपचार गरिने हो धने यो रोगनियन्त्रण प्रभावशाली मानिन्छ । टोकेको जथी चाडोले ५–१० मिनेट सावुन पानीले घाउ धुने हो भने यो भाइरसको मात्रा निकै न्युनिकरण गर्न सकिन्छ । आंखा नाक मुखका म्युकस झिल्लीहरु पानीले पखाल्नु पर्छ, ¥यालको सम्पर्कमा आएका घाउ सफा गरेपछि पोभीडिन आयोडिन, टिंचर आयोडिन आयोडिन झोल वा अल्कोहल जस्ता एन्टीबायोटिकको प्रयोग धाउ धोए पछि गर्नु प्रभावकारी हुन्छ ।
कुकुरको टोकाइमा परेको बिरामीलाई १ मात्रा हयुमन रेवीज इम्युनोग्लोवीन १ मात्रा अनि पहिलो, तेश्रो, चौथो दिन गरि ४ मात्रा एन्टी रेवीज खोप तुरुन्तै दिने । होकनु भन्दा पहिले नै एन्टी रेवीजाको खोप लगाएको भए त्यस्ता बिरामीलाई इम्युनोग्लोवीन दि राख्नु पर्दैन साथै ० अनि ३ दिनमा गरि २ मात्रा एन्टी रेवीज खोप दिए पुग्छ ।