नेपालका डिजिटल नेतृत्वकर्ताहरूलाई सशक्तीकरण गर्ने उद्देश्यका साथ स्केलअप नेपालले आजदेखि वीरगञ्जमा कोहोर्ट तालीमको औपचारिक सुरुवात गरेको छ।
५ दिने कार्यक्रमले स्थानीय उद्यमी र टेप्रेन्योरहरूलाई तीव्र गतिमा परिवर्तन भइरहेको विश्वव्यापी अर्थतन्त्रमा फस्टाउन आवश्यक उच्चस्तरीय सीपहरू प्रदान गर्ने लक्ष्य राखेको छ।
काठमाडौंमा पहिलो कोहोर्ट सफलतापूर्वक सम्पन्न गरेपछि स्केलअप नेपालका संस्थापक अमित अग्रवालको पहलमा नेपालका ६ सहरका ३०० टेकप्रेन्योरहरूलाई प्रशिक्षित गर्ने अभियान अन्तर्गत यो दोस्रो चरणको कार्यक्रम हो ।
वीरगञ्ज कोहोर्ट वीरगञ्ज उद्योग वाणिज्य संघको स्टार्टअप तथा इनोभेसन समितिसँगको सहकार्यमा आयोजना गरिएको हो । यस कार्यक्रममा ४० भन्दा बढी कम्पनीका १०० भन्दा बढी सहभागीहरू भएका छन ।
-1775192742.jpeg)
‘कार्यक्रममा स्केलअप नेपालसँग साझेदारी गर्न पाउनु गौरवको कुरा भएको स्टार्टअप समितिका सभापति अनुप अग्रवालले बताए । हाम्रा स्थानीय उद्यमीहरूलाई उद्योगका दिग्गजहरूबाट दैनिक ४–५ घण्टाको प्रभावकारी शत्रहरू उपलब्ध गराउनु यस क्षेत्रको आर्थिक रूपान्तरणका लागि कोसेढुङ्गा साबित हुनेछ,’ उनले भने ।
यस कार्यक्रममा नेपालका प्रतिष्ठित व्यावसायिक व्यक्तित्वहरूले व्यवसाय वृद्धिका आधुनिक आयामहरूमा प्रशिक्षण दिइरहेका छन् । खल्तीमा संस्थापक अमित अग्रवाल, गोल्यान ग्रुपका सीएफओ, सञ्जय कुमार साह, ट्यान्जिबल करियरका सीईओ आलोक खत्री, खल्ती सुरक्षाका सहसंस्थापक अविनाश गुप्ता र उद्यमी र कर्पोरेट प्रशिक्षक शौरभ लोहानीले प्रशिक्षण दिनेछन् ।

उद्घाटन समारोहका प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका मधेश प्रदेश अध्यक्ष अशोककुमार टेमानी, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाल, एनवाईइएफ वीरगञ्जका अध्यक्ष विश्वास प्रताप शाह, वीरगञ्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष आशीया लाठलगायतका सहभागिता थियो ।
स्केलअप नेपाललाई २०२५ अलम्नाई इन्गेजमेन्ट इनोभेसन फण्ड र अमेरिकी दूतावास नेपालको सहयोग रहेको छ। कार्यक्रमलाई सनवे कलेज एआई एकेडेमिया पार्टनर, वर्ल्डलिङ्क इन्टरनेट पार्टनर, र केटीएम डट वान क्लाउड पार्टनरलगायत फुडमाण्डु, यती एयरलाइन्स र खल्ती सुरक्षा जस्ता विभिन्न व्यावसायिक साझेदारहरूले साथ दिएका छन्।