राष्ट्रिय स्वतन्त्र पार्टीका पर्सा जिल्ला सभापति तथा पर्सा–१ का उम्मेदवार हरि पन्तलाई वीरगञ्जको गहवा र रामटोल क्षेत्रमा स्थानीय बासिन्दाले उत्साहजनक समर्थन जनाएका छन्।
आज आयोजित घरदैलो तथा मतदाता भेटघाट कार्यक्रममा सयौं स्थानीयको उपस्थिति रहेको थियो। घरघरबाट निस्केका बासिन्दाले घण्टी बजाएर पन्तलाई स्वागत गर्दै समर्थनको स्पष्ट सन्देश दिएका थिए।
उम्मेदवार पन्तलाई विभिन्न घरमा टीका, माला तथा पुष्पगुच्छा प्रदान गर्दै शुभकामना र माया व्यक्त गरिएको थियो। स्थानीय बासिन्दाले यसपटक परिवर्तनको पक्षमा उभिने अठोट पनि सार्वजनिक गरेका छन्।
कार्यक्रम स्थानीय युवाहरू निरज गुप्ता, सुमित कादमिया, अबिनाश गुप्ता, विकास गुप्ता, छोट्टु साह, राजु साह, प्रदीप गुप्ता, दीपक कुश्वाह, आकाश गुप्ता, साहिल, अजय साह, करन साह, सन्तोष खेतान र रोशन खेतानको नेतृत्वमा सम्पन्न भएको जनाइएको छ।